Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । आज विराटनगरमा  बसेको बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा  अगाडि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न उक्त बैठकले निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त सीमा गस्तीलाई सशक्त बनाउनाका साथै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू, तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोटको कारोबार, हतियार र नगद तस्करी नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्दोलनको आगोबाट उठेको ‘दिपशिखा’: भक्तपुर–२ मा वैचारिक निरन्तरताको उम्मेदवारी

भक्तपुरको राजनीतिक धरातल सधैं सामान्य रहँदैन। यहाँ विचार बहस हुन्छ, धार स्पष्ट हुन्छ र मतदाता केवल अनुहार होइन, इतिहास र दृष्टिकोण पनि तौलिन्छ। यही धर...

फागुन २१ पछि कस्तो बन्ला संसद्‌ ? बहुमत टाढा, गठबन्धन अपरिहार्य

काठमाडाैं । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा अब चर्चा केवल मतपरिणामको मात्र छैन, त्यसपछि बन्ने सत्ता समीकरण र सम्भावित राजनीतिक परिदृश्यको पनि छ...

रसुवामा एमालेको आधार हल्लियोः पूर्वअध्यक्ष ढकालसहित करिब सय कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं । रसुवामा नेकपा एमालेभित्र गहिरो धक्का लागेको छ। एमालेका रसुवा जिल्ला पूर्वअध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य जनार्दन ढकालले पार्टी परित्याग ग...

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

काठमाडौं । नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । आज विराटनगरमा  बसेको बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभा...

रास्वपा त्यागेका डा. प्रणय राणा भित्रीए कांग्रेसमा

काठमाडौं । हालैमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राष्ट्रिय सभा गृहमा प्रतिज्ञा पत...

मुगुमा मतपत्र पुग्न अन्यौल

मुगु । कर्णालीका केही जिल्लामा मतपत्र पुगेता पनि हिमाली जिल्ला मुगुमा मतपत्र पुग्न अन्यौल देखिएको छ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका ...

निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

सर्लाही​ । मलंगवा नगरपालिका–४ ढाँका गाउँस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र फेला परेको पेस्तोल चलाउने क्रममा पड्किँदा एक बालक घाइते भएका छन्। जिल्...

तरकारी गाडीमा १५३ केजी गाँजा बरामद, चालक १२ किमि पछि पक्राउ

ललितपुर । तरकारी बोक्ने गाडीलाई आवरण बनाएर ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले १५३ केजी गाँजा बरामद गरेको छ। धादिङबाट खाली तरकारी क...

​ सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ । साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।  गाउँपालिकाको स...

रुकुम पूर्वबाट प्रचण्डको राष्ट्रिय प्रभावको दाबीः म जहाँ उठे पनि जित्छु’

काठमाडौं ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू देशका जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने पनि विजयी हुने दाबी गरेका छन्। रुकुम पूर्वमा आयोजित चुनावी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE