Khabar Dabali १६ असार २०७९ बिहीबार | 30th June, 2022 Thu

धुवाँमुक्त अभियान नौ महिना पुरा, परिवर्तन शुन्य

Krishi bikash bank
रोल्पा। जिल्लामा सञ्चालित ‘घरभित्रको धुँवामुक्त अभियान’ गतिहीन बनेको छ । सन् २०१७ भित्र सम्पन्न गर्नुपर्ने घरभित्रको धुवाँमुक्त अभियानले समयसीमा नाघेको नौ महिना भइसक्दा पनि तीव्रता लिन सकेको छैन । जिल्लामा करीब ४३ हजार घरधुरी रहेकामा असार मसान्तसम्म करीब १६ हजार घरधुरीले मात्र सुधारिएको चुलो जडान गरेका छन् । अझै २७ हजार परिवार सुधारिएको चुलोबाट वञ्चित छन् । तत्कालीन जिल्ला विकास समितिले जिल्ला परिषद्बाट सन् २०१७ भित्र रोल्पालाई घरभित्रको धुँवामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो । सो अभियानले गति लिन नसकेपछि सर्वसाधारणले गुनासो गर्न थालेका छन् । हालसम्म लुङ्ग्री र रुन्टीवढी गाउँपालिकाको एक÷एक वडा, रोल्पा नगरपालिकाको एउटा वडा र त्रिवेणी गाउँपालिकाको दुई वडालाई मात्र घरभित्रको धुवाँमुक्त घोषणा गरिएको छ । विगतमा विभिन्न दातृ निकायले सहयोग गरेका कारण अभियानले तीव्रता पाएको गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष कर्ण बाँठामगरले बताए । स्थानीय तहले सो अभियानलाई निरन्तरता दिन नसकेको उनले आरोप लगाए । जिल्लामा सुधारिएको चुलो प्रवद्र्धकको सङ्ख्या तीन सयभन्दा बढी रहेको छ । सुधारिएको चुलो जडान गरेबापत उनीहरुले रु एक हजारदेखि रु दुई हजारसम्म पारिश्रमिक पाउने गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page