काठमाडौं । २२ कम्युनिस्ट तथा समाजवादी घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रको स्वाधीनता, सुशासन र संविधान संशोधनका एजेन्डासहित आफ्नो राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपाल द्वारा जारी संयुक्त अपिलमा मुलुकमा बाह्य हस्तक्षेपकारी गतिविधि बढिरहेको दाबी गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमान जोगाउन सबै देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्ने उल्लेख गरिएको छ।
संविधान संशोधन, तर प्रक्रिया भित्रै
पार्टीले संविधानलाई खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। अपिलमा भनिएको छ— संविधान अपरिवर्तनीय दस्तावेज होइन; कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक परिमार्जन गर्न सकिन्छ। तर, संशोधन संविधानले तोकेको प्रक्रियाअनुसार नै हुनुपर्ने पार्टीको अडान छ।
संविधान कार्यान्वयनको गम्भीर समीक्षा गर्दै शासकीय स्वरूपलगायतका विषयमा पुनरावलोकन गर्नुपर्ने धारणा पार्टीले अघि सारेको छ।
निर्वाचन प्रणाली परिवर्तनको प्रस्ताव
हालको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, जटिल र अस्थिर सरकार जन्माउने खालको रहेको टिप्पणी गर्दै नेकपाले यसलाई सरल, कम खर्चिलो र स्थायित्व सुनिश्चित गर्ने ढाँचामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छ। एकल बहुमत नआउँदा गठबन्धन सरकार अस्थिर हुने र विकास निर्माण प्रभावित हुने निष्कर्ष पार्टीले निकालेको छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
नेकपाले सुशासन, पूर्ण पारदर्शिता र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। सङ्घीयताको मर्मअनुसार जनताको घरदैलोमै प्रभावकारी सेवा पुर्याउने बाचा पनि गरिएको छ।
उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी अहिलेसम्म सार्वजनिक पद सम्हालेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने, दोषी ठहरिएका भ्रष्टाचारीमाथि कडा कारबाही गर्ने तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने अठोट पार्टीले व्यक्त गरेको छ।
नेकपाले आफ्नो राजनीतिक अभियान सुशासन, स्वाधीनता र संरचनात्मक सुधारका मुद्दामा केन्द्रित रहने जनाएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - २१:०६
काठमाडौं । २२ कम्युनिस्ट तथा समाजवादी घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रको स्वाधीनता, सुशासन र संविधान संशोधनका एजेन्डासहित आफ्नो ...
फाल्गुन १४ गते, २०८२ - २०:५८
जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । धनुषाको औरही गाउँपालिका वडा नं ६ स्थित खेतमा दुवै हात पछाडि गम्छाले बाँधिएको र ...
फाल्गुन १४ गते, २०८२ - २०:५३
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन्। आयोगले...
फाल्गुन १४ गते, २०८२ - २०:४९
काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्ना केन्द्रीय सदस्य तथा विराटनगरबाट प्रकाशित हुने ‘हाम्रो मत’ दैनिकका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि भएको आक्रम...
फाल्गुन १४ गते, २०८२ - २०:४०
एजेन्सि । जापानी प्रहरीले ओसाका सहरमा सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्ष उमेर हाराहारीका एक वृद्ध व्यक्तिलाई बिहीबार पक्राउ गरेको छ ओस...
फाल्गुन १४ गते, २०८२ - २०:३१
काठमाडाै । डलर साटिदिने भनी प्रलोभन देखाइ डलर देखाउने र डलरकै आकारमा काटिएको कागजको बिटा दिइ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा...
फाल्गुन १४ गते, २०८२ - २०:२२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एजेन्डा र जनसमर्थनको बलमा आगामी निर्वाचनमा जाने स्पष्ट पा...
फाल्गुन १४ गते, २०८२ - १९:४२
पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–...
फाल्गुन १४ गते, २०८२ - १९:३३
दाङ । दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ । घोराही...
फाल्गुन १४ गते, २०८२ - १९:२३
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने न...



प्रतिकृया लेख्नुहोस्: