गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको चुनावलाई ‘महाभारत’सँग तुलना गर्दै कौरव र पाण्डव को हुन् भन्ने छुट्याउन मतदातालाई आग्रह गरेका छन्।
गोरखाको पालुङ्टारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूहरू जनताबाट पाएको विश्वास जोगाउन अत्यन्तै सचेत रहेको बताए।
“यो महाभारत हो, यहाँ को कौरव हुन्, को पाण्डव हुन् तपाईंहरूले छुट्याउनुहोस्,” उनले भने, “हामी को हौँ भन्ने कुरा हामीले होइन, तपाईंहरूले भन्नुहुने हो। तर यसपटक परिवर्तनको जबर्जस्ती घण्टी बजाउनुपर्छ।”
अर्को प्रसंगमा उनले आफूले प्रधानमन्त्री पद त्यागेर जेल जीवन रोजेको दाबी गरे। “प्रधानमन्त्री त मलाई यिनले किस्तीमा राखेर दिएका थिए। तर किस्तीमा आएको प्रधानमन्त्री छोडेर कैदी हुन रोजेको मान्छे हुँ म,” उनले भने, “सम्झौता गर्ने अवसर थियो होला, तर जनतालाई धोका दिन्नँ, बरु ज्यान दिन तयार छु।”
आफूलाई कहिलेकाहीँ आफ्नै निर्णयबारे डर लाग्ने बताउँदै उनले जनताको आशा र भरोसा कमजोर पारिने हो कि, धोका दिइने हो कि भन्ने चिन्ता हुने गरेको पनि उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १०:४५
चितवन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत जारी निर्वाचनमा बिहीबार बिहान ९:३० बजेसम्म २,५०० प्रतिनिधिले मतदान गरेका छन...
आषाढ़ ११ गते, २०८३ - १०:३२
महोत्तरी। मधेश प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्मा संलग्न रहेको थमन विक हत्या प्रकरणसम्बन्धी मुद्दाको उच्च अदालत जनकपुरमा तोकिएको ४९औँ पेशी पनि स्...
आषाढ़ १० गते, २०८३ - १७:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...
आषाढ़ १० गते, २०८३ - १७:३८
काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...
आषाढ़ १० गते, २०८३ - १७:१२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...
आषाढ़ १० गते, २०८३ - १६:५४
विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...
आषाढ़ १० गते, २०८३ - १६:३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...
आषाढ़ १० गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...



प्रतिकृया लेख्नुहोस्: