Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

ह्वात्तै बढे आँखा पाक्ने रोगका बिरामी, अस्पतालको यस्तो आग्रह

\"\"तुलसीपुर। राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आउने गरेका अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिए । मौसम परिवर्तनसँगै आँखा पाक्ने, आँखा रातो हुने, चिलाउने र बिझाउनेलगायतका समस्या लिएर आँखाका बिरामी अस्पतालमा आउने गरेका छन् । गौतमले भनेयो “केही दिनयता आँखा पाक्ने बिरामीको संख्या बढेको छ, जसमा दुई प्रकारको संक्रमण देखिएको छ ।” ब्याक्ट्रेरियल संक्रमणमा आँखा रातो हुने, चिप्रा लाग्ने र चिलाउने लक्षण देखिन्छ । यो छिटो निको हुन्छ । भाइरल संक्रमणमा आँखा रातो हुने बिझाउने, घाममा हेर्न अफ्ठ्यारो हुने लक्षण देखिने र यो सञ्चो हुन केही दिन लाग्ने उनले बताए । विशेष गरी ब्याट्रेरियल संक्रमणले आँखामा त्यति धेरै असर गर्दैन । तर, भाइरल संक्रमणले आँखाको नानी नै असर पार्ने र दृष्टि गुम्न सक्ने खतरा भएकाले त्यस्तो लक्षण देख्नासाथ तुरुन्तै नजिकको आँखा उपचार केन्द्र पुगेर उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् । आँखाजस्तो संवेदनशील अंगको स्वास्थ्यमा लापर्वाही नगर्न अस्पतालले सबैसँग आग्रह गरेको छ । “आँखाको समस्या देखिनासाथ अस्पतालमा आउने आँखाका बिरामीलाई आग्रह गर्दछौँ,” नेत्र विशेषज्ञ डा सुरेश रसाइलीले भने । उनले आँखा पाक्ने रोगबाट बच्न रोगीले प्रयोग गरेको औषधि, रुमाल, टेबल प्रयोग नगर्ने, दैनिक चार÷पाँच पटक चिसोपानीले आँखा सफा गर्ने, फोहर पानीले आँखा तथा मुख नधुने हो भने आँखा पाक्ने रोगबाट केही हदसम्म बच्न सकिने बताए । हाल आएर केही बिरामीले आफूखुशी औषधि प्रयोग गर्ने र देवी देउता लागेको भन्दै घरमा झारफुक गर्ने चलन भएकाले त्यस्तो विधि नअपनाउन चिकित्सकले सुझाव दिएका छन् । समस्या देखिने बित्तिकै अस्पताल तथा उपचार केन्द्रमा आउन बिरामीलाई अस्पतालले आग्रह गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies