Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

यौन सम्पर्कका लागि आफ्नै २ वर्षीय छोरीलाई १२ सय डलरमा बेच्न खोजेपछि…

अमेरिका । पत्याउन नसकिने घटना । सोच्न पनि नसकिने । तर यो संसार विचित्रको छ । कहिलेकाहिँ मनले विश्वास नै गर्न नसकिने घटना सुन्नुपर्छ, पढ्नुपर्छ । सराह पिटर्स, २४ वर्षीय महिला । अमेरिकाको हाउस्टनबाट ४० माईल उत्तरमा पर्ने कोन्रोईमा बस्दै आएकी, अहिले ४० वर्षको जेल सजाय काट्न पुगेकी छिन् । उनको अपराध सामान्य छैन । उनले आफ्नै दुई वर्षीय छोरी एकजना व्यक्तिलाई अनलाइनमार्फत बेच्न खोजिन । अमेरिकी डलर १२ सय लिएर दुई वर्षीय छोरीलाई यौन सम्पर्कका लागि बेच्न खोजेको अभियोगमा उनी जेल चालान भएको एबिसी १३ न्यूजले जनाएको छ । “गत फेबु्रअरीमा छोरी बेच्ने सम्झौता नै भइसकेको रहेछ ।” अधिकारीलाई उद्दृत गर्दै समाचारमाध्यमले उल्लेख गरेको छ । मोन्टोगोमेरी जिल्ला काउण्टीका अधिवक्ता ब्रेट लिगनले जारी गरेको समाचार विज्ञप्ती अनुसार, ती पुरुषले महिलालाई १२ सय डलर दिने वाचा गरेको थिए । यसको प्रतिफलमा युवतीले आफ्नो दुई वर्षीय छोरीसँग यौन सम्पर्क राख्न दिन सहमत भएकी थिइन । तर दुई वर्षीय अवोध बालिका यौनहिंसामा पर्नबाट भने संयोगले जोगिइन । भइदियो के भने उनले जुन मानिससँग छोरी बेच्न खोजेका थिए, ती व्यक्ति भने जेरी सेराट भन्ने जासुस थिए । सेराट उक्त क्षेत्रमा कानुनको पालना गर्नका लागि बनाईको टास्क फोर्सका सदस्य थिए । महिलालाई ग्रेहोन्ड बसपार्कमा पक्राउ गरिएको थियो । सेराटसँगको प्रारम्भिक कुराकानीमा ती महिलाले दुई वर्षीय छोरीसँग मस्ती गर्न खोज्ने कोही पुरुष मान्छे भए खोजिदिनु भनेर भनेकी थिइन । यतिमात्रै होइन, उनले आफ्नै छोरीका नांगा तस्वीर समेत सेराटलाई पठाएकी थिइन । उनले सरकारी जासुससँग कुराकानी भइरहेको पत्तै पाइनन्. । यदि सेराटको साटो कोही अरु व्यक्तिसँग उनले सम्झौता गरेको भए उनकी दुई वर्षी छोरीको अवस्था के हुन्थ्यो होला, कल्पना पनि गर्न सकिन्न । गत फेबु्रअरीमा पक्राउ परेकी महिलालाई अहिले ४० वर्षको जेल सजाय भएको हो । उनीमाथि बालबालिकालाई वेश्यावृत्तिमा धकेल्न खोजेको संगीन आरोपमा सजाय भएको हो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending