Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा

\"\"गौशाला। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् । उनीहरुले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै आफूहरु नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा आन्दोलनमा उत्रेको जनाएका छन् । आन्दोलनकारी वडाध्यक्षले प्रमुख रामशंकर मिश्रले आफूहरुको वडाभित्र एउटा चिमसमेत लगाउने अधिकार रहन नदिएको र वडाभित्र विभिन्न कार्यक्रम गर्दा आफूहरुसँग कुनै पनि सोधपुछ वा समन्वयसमेत नगरेको आरोप लगाएका छन् । उनीहरुले सरुवा भइसकेका र २४ घण्टामा तोकिएको ठाउँमा हाजिर हुने आदेशसमेत आइसकेका इञ्जिनियर माधवेन्द्र चौधरीलाई प्रमुख मिश्रले जालझेल गरी झुठो बहुमतबाट जनप्रतिनिधिको निर्णय गरेर रोकिराखेको र उनीमार्फत नगरपालिकामा करोडौँको भष्ट्राचार गराइरहेको आरोप लगाएका छन् । जम्मा १२ वटा वडा रहेको जलेश्वर नगरपालिकाको सातजना वडाध्यक्ष आन्दोलनमै रहेको बेला प्रमुख मिश्रले पाँचजना वडाध्यक्ष र मनोनीत सदस्यको संख्यालाई बहुमतको संख्या बताउँदै विभिन्न योजनामा करोडौं रुपैयाँ हिनामिना गरिरहेको आन्दोलनकारी वडाध्यक्षले आरोप लगाएका छन् । उनीहरुले सरुवा भइसकेका इञ्जिनियर चौधरीले जलेश्वर नगरपालिका–२ स्थित आफ्नो घरमै नपाको सम्पूर्ण आवश्यक फाइल लगेर कामकाज गरिरहेको र आफूहरुले के, कुन काम कहाँ भइरहेको छ त्यसको लागतलगायतका कुरा सोध्दा तपाईको सरोकार नरहेकोजस्ता जवाफ दिने गरेको तथा नगरपालिकामा आफूहरुको विरोधमा गुण्डा परिचालन गरेर मेयर तथा इञ्जिनियरले मनोमानी ढंगले नगरपालिकाका करौडौं रुपैयाँ भ्रष्टाचार गर्न लागेको आरोप लगाएका छन् । आन्दोलनकारी वडाध्यक्षले इञ्जिनियर चौधरीलाई तुरुन्त नेपाल सरकारले सरुवा गरेको ठाउँमा नपठाए र मेयरले आफ्नो भ्रष्टाचारी गतिविधि तुरुन्त नरोकेमा सातजना वडायक्षले आउँदो आइतबारदेखि नगरपालिकामा क्रमशः अनसन, रिले अनसन र आमरण अनशनमा बस्ने चेतावनी पनि दिएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending