रुपन्देही ।नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो सामग्रीका विषयमा रुपन्देहीका एक चिकित्सकसँग स्पष्टीकरण मागेको छ। काउन्सिलले डा. सुधिरप्रसाद साहलाई पत्र पठाउँदै विशेषगरी टिकटक मार्फत अपलोड गरिएका सामग्रीबारे जवाफ मागेको हो।
काउन्सिलका अनुसार डा. साहले अप्रिल २०२५ देखि अप्रिल २०२६ सम्म विभिन्न भिडियो सामग्री सार्वजनिक गरेका थिए। ती सामग्रीको अनुगमन तथा अध्ययनका क्रममा नेपाल मेडिकल काउन्सिल आचारसंहिता तथा व्यावसायिक आचरण निर्देशिका २०१७ उल्लङ्घन भएको प्रारम्भिक निष्कर्ष निकालिएको पत्रमा उल्लेख छ।
पत्रमा आचारसंहिताको दफा ३ (C 4) सहित अन्य सम्बन्धित व्यवस्थाहरू उल्लङ्घन भएको जनाउँदै पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नआए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सन्तोषकुमार देवद्वारा हस्ताक्षरित पत्रमा आचारसंहिता र सम्बन्धित निर्देशिका काउन्सिलको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको पनि उल्लेख गरिएको छ।
डा. साह सिद्धार्थनगर सिटी अस्पतालमा कार्यरत चिकित्सक हुन्। उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी भिडियो सामग्री नियमित रूपमा सार्वजनिक गर्दै आएका छन्। यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनको सार्वजनिक सम्पर्क नम्बर बन्द रहेको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - २२:०२
काठमाडौं । इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबिच शुक्रबार १० दिनका ल...
बैशाख ४ गते, २०८३ - २१:५३
बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत ...
बैशाख ४ गते, २०८३ - २१:४५
नयाँ सरकारलाई पनि पुरानै चुनौती
बैशाख ४ गते, २०८३ - २०:४४
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल सरकार र कानुन मन्त्रालयलाई सम्बोधन गर्द...
बैशाख ४ गते, २०८३ - २०:३६
रुपन्देही ।नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो सामग्रीका विषयमा रुपन्देहीका एक चिकित्सकसँग स्पष्टीकरण मागेको छ। काउन्सिलल...
बैशाख ४ गते, २०८३ - २०:३०
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतमा दुवै पक्षको बहस सकिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज ...
बैशाख ४ गते, २०८३ - २०:२२
दाङ । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार दिउँसो करिव २ बजेको समयमा भालुवाङस्थित हेलो होटल...
बैशाख ४ गते, २०८३ - २०:२१
हेटौँडा । सामाजिक सञ्जाल टिकटकमा सक्रिय एक समूहले नक्कली सुनका गहना र काठमाडौँस्थित सुन पसलको नक्कली बिल प्रयोग गरी विभिन्न जिल्लाका सुन पसलहरूमा ठगी ...
बैशाख ४ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामाबारे जानकारी गराए...
बैशाख ४ गते, २०८३ - २०:०८
आन्तरिक टसलले शक्ति सन्तुलनको परीक्षा


प्रतिकृया लेख्नुहोस्: