Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछ: सभामुख अर्याल

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाउने तयारी भइरहेको बताएको छन् ।

शुक्रवार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताएको हो ।

सभामुख अर्यालले आफूले संसद्का सबै गतिविधिलाई प्रत्यक्ष रुपमा प्रसारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको पनि उल्लेख गरे 

उनले सञ्चारकर्मीलाई आफूले संसद्‌मा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पारे । संसद्‌मा कुनैपनि विधेयकको ड्राफ्‌ट गर्दा समेत सबै सरोकारवालासँग पटक पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने सभामुख अर्यालको प्रतिवद्धता थियो ।

सभामुख अर्यालले भने, “नयाँ नजिरहरू स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले । किनकी अबको समाजलाई त्यो आवश्यक छ ।अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ । तर तपाईंले भनेको कुरामा म गम्भिर छु । मलाई यसबारेमा जानकारी छ ।त्यसकारण हामी कुनैपनि कुरालाई लाइभ गरेर सबै कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर आएको मान्छेहरु हो । त्यसकारण हामी कुनैपनि कुरा लुकाउनुपर्छ, छिपाउनु पर्छ भन्ने पक्षमा छैन । म त विधेयक ड्राफ्ट गर्दा हन्ड्रेड पर्सेन्ट विधेयक ड्राफ्ट गर्नु भन्दा अघि स्टेकहोल्डरसँग बसौँ, पटक पटक बसौँ । म यसै पटकको बजेटको अधिवेशनलाई नै हामीले अलिकति फरक के गर्न सकिन्छ रु भनेर त्यसमा काम गरिराखेको छु । यस्ता कुरामा हामी सचेत छौँ ।”

सभामुख अर्यालले कानून निर्माणको कामलाई आफूले छिटो छरितो ढङ्गले सम्पादन हुनेगरि संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताए।

अवरोध सिर्जना गरेको गुनासो 

भेटका क्रममा पत्रकारहरूले संसद भवन प्रवेश गर्दा गेट फरक भएका कारण भोग्नुपरेको प्राविधिक झन्झट र फोटो खिच्ने क्रममा हुने सुरक्षा कडाइले समाचार सङ्कलनमा अवरोध सिर्जना गरेको गुनासो राखेका थिए । 

उनीहरूले अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावनाअनुरूप संसद् परिसरभित्र पत्रकारहरूका लागि सहज र मर्यादित कार्यवातावरण सुनिश्चित गर्न जोड दिएका थिए ।

पत्रकारहरूको गुनासो सम्बोधन गर्दै सभामुख अर्यालले हालको संसद् भवन अस्थायी संरचनामा रहेकाले केही व्यावहारिक कठिनाइ उत्पन्न भएको बताए। 

उनले नयाँ र स्थायी संसद् भवन निर्माण सम्पन्न भएपछि भौतिक संरचनाका कारण देखिएका यस्ता सबै समस्याहरू पूर्ण रूपमा समाधान हुने बताए। 

स्थायी भवन नबनुन्जेलसम्मका लागि हालको समस्या समाधान गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सभामुख अर्यालले बताउनु भयो, ‘संसद् र प्रेसको सम्बन्ध लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य छ । त्यसैले, तत्कालका लागि प्रवेशद्वार र फोटो खिच्ने प्रक्रियालाई कसरी व्यवस्थित र सरल बनाउन सकिन्छ भन्नेबारे संसद् सचिवालयका पदाधिकारी र सुरक्षा निकायसँग आवश्यक समन्वय गरिनेछ ।’

सभामुख अर्यालले संसदीय गतिविधिहरूको पारदर्शी र प्रभावकारी रिपोर्टिङका लागि पत्रकारहरूको पहुँचलाई सहज बनाउन र आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending