Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

गाउँमा पहिलो पटक जीप पुग्दा हेर्नेको घुईंचो, चालक सम्मानित

पाल्पा । माथागढी गाउँपालिका–२ को बोक्सादीमा पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । शनिबार गाउँमा पहिलो पटक जीप पुगेपछि उत्साह र खुशियालीका साथ जीप हेर्नेको ठूलो भीड थियो । पन्ध्र वर्षअघि कसेनीसम्म मात्र सडक सञ्जालले जोडिएको भए पनि साबिकको वडा ९ दमार र बोक्सादीका स्थानीयवासीले सडक सुविधाको अनुभूति गर्न पाएका थिएनन् । सडक सञ्जालले जोडिएको हेर्ने सपना बोकेका स्थानीयवासीको सपना भने अब पूरा भएको छ । गाउँमा गाडी गुडेको हेर्ने सपना बोकेका बोक्सादीवासीको सपना अहिले घर आँगनमा पहिलो पटक जीप पुगेपछि पूरा भएको दिमाया सारु बताउछन् । “गाउँमा सडक आउँला भन्ने आशा थिएन तर अहिले सडक खुलेसँगै घरआँगनमै सवारी साधन गुड्न थाल्यो”, सारुले भनिन् । शनिबार गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराई र वडा नं २ का अध्यक्ष जनक रिजेलको नेतृत्वमा गाउँमा पहिलो पटक जीप ल्याउने चालक तिलक रिजेललाई स्थानीयवासीले स्वागतसहित सम्मान गरेका छन् । गाउँपालिकाको रु दश लाख सहयोग र दुई लाख बराबरको श्रमदानबाट निर्माण भएको सडक गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले उद्घाटन गरे। गाउँमा स्थानीय सरकार आएपछि साँच्चिकै जनअपेक्षा अनुरुपमा काम गर्ने जनप्रतिनिधि पाएको मीना सारु बताउछन् । नियमित सवारीका साधनहरु सञ्चालन हुने भएसँगै उनीहरुले अब भने सुगमको महसुश गरेका छन् । दैनिक रुपमा सवारीसाधन सञ्चालनमा ल्याएसँगै अब त्यहाँ स्थानीय बजारमा उत्पादन भएका खाद्यवस्तुहरु बजारसम्म पु¥याउन सहज भएको छ । गाउँमा उत्पादन हुने खाद्यवस्तुहरु बजारसम्म पु¥याउने यातायातको सुविधा नहँुदा समस्या भोग्दै आएका स्थानीयवासी दैनिक रुपमा गाडी सञ्चालनमा आउने भएपछि त्यहाँका कृषक एवं व्यवसायी हर्षित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies