Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

तीन वटा स्तन भएकी महिलाको यस्तो छ कथा

विद्यालयमा पढ्ने क्रममा एउटा प्रश्न सबै जसो विद्यार्थीहरूलाई सोधिने गरिन्छ- ‘तिम्रो सोख के हो?’ र यसमा विभिन्न प्रकारका उत्तरहरू आउने गर्दछन् । कसैले आफ्नो सोख चिनिसकेका हुन्छन् भने कतिपय चाहिं यस्तो प्रश्नसामु पर्दा झस्किने पनि गर्दछन्। तर २४ वर्षीय जस्मिन ट्राइडेभिल भने रियालिटी टिभी स्तर बन्ने सोख पालेर बसिन् र टिभीमै देखापर्नका लागि उनले प्रकृतिलाई नै चुनौती दिइन् र २१ वर्षको उमेरमा कस्मेटिक सर्जरीका माध्यमबाट तेस्रो स्तन निर्माण गर्न लगाइन्। उनले टिभीमै देखापर्न भनेर २० हजार डलर खर्च गरेर अतिरिक्त स्तन बनाउन लगाएकी थिइन्। \"\"ट्राइडेभिलका अनुसार उनले कमसे कम ५० डाक्टरहरूले उनको कस्मेटिक सर्जरी गर्न मानेका थिएनन् । उनले सर्जन खोज्दा खोज्दै २ वर्ष बिताइन्। एक जना सर्जनले नाम नखुलाउने सर्तमा उनको सर्जरी गर्न सहमति जनाए। यसका लागि उनको पेटबाट मासु निकालेर दुवै स्तनको बीचोबीच प्रत्यारोपित गरिएको थियो। जब ती सर्जनले तेस्रो स्तनमा निप्पल समेत राख्न भ्याए उनको खुसीको सीमा नै थिएन। उनी भन्छिन्- “तीन स्तन भएकी महिलाको रूपमा चिनिन पाएकोमा खुसी छु।” उनीसँग आफ्नै क्यामेरा टोली छ र उनी आफ्नो संघर्षको भिडियो बनाइराख्छिन् । सुरुमा उनको तीन स्तन राख्ने निर्णयले धेरैलाई निराश बनाएको। तर उनी विचलित भइनन् र उनले म्युजिक भिडियोहरू बनाएर सामाजिक संजालमा राख्न थालिन्। उनको यस्तो आग्रहलाई अस्वीकार गर्ने कतिपय डाक्टरहरूले उनको यस कृत्यलाई ‘प्रकृति विरुद्ध’ भनेर आलोचना गरेका थिए। कतिपयले यसलाई ‘मानवीय गरिमा’ विरुद्ध समेत भने। पेसाले मसाज थेरापिस्ट रहेकी उनले आफैँ विशेष खालको बिकिनी समेत बनाएकी छिन्। उनकी आमा र दिदीले नचाहिने काम गएको भन्दै उनीसँग सम्बन्ध तोडिसकेका छन् तर उनलाई भने यस कुरामा कुनै पछुतो छैन। उनी गर्व गर्दै भन्छिन्’ “हो, उनीहरूले यो मन पराएनन्।” उनले आफ्नो रुप १९९० मा प्रदर्शित हलिउड चलचित्र ‘टोटल रिकल’मा देखाइएकी तीन वटा स्तन भएकी वेश्या जस्तो बनाएकी छिन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending