Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

तेइस कानुन राजपत्रमा प्रकाशित

\"\"कञ्चनपुर । कृष्णपुर नगरपालिकाले आज २३ कानून राजपत्रमा प्रकाशन गरेको छ । राजपत्रमा पाँच ऐन, तीन नियमावली, १४ कार्यविधि र निर्देशिका तथा एक आचारसंहिता छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १०२ को उपधारा १ ले दिएको अधिकार प्रयोग गरी नगरसभाबाट निर्माण गरिएका ऐन, उपधारा २ बमोजिमको अधिकार प्रयोग गरी नगर कार्यपालिकाको बैठकबाट निर्माण गरी पारित गरिएका निर्देशिका, कार्यविधि र आचारसंहिता, सोही धाराको उपधारा ३ मा व्यवस्था भएबमोजिम ऐन, कार्यविधि, निर्देशिका र आचारसंहिता कानुनका रुपमा लागु गर्नका लागि स्थानीय राजपत्र प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था भएको नगर प्रमुख कर्णबहादुर हमालले बताए । राजपत्रको भाग–१ मा प्रकाशन भएका ऐनमा कृष्णपुर नगरपालिकाको आर्थिक ऐन २०७४, स्थानीय तहको विनियोजित ऐन २०७४, आर्थिक कार्यविधि ऐन २०७४, प्रशासकीय कार्यविधि ऐन २०७४ र सहकारी ऐन २०७४ छन् । भाग–२ मा नगर कार्यपालिका कार्यसम्पादन नियमावली २०७४, नगर कार्यपालिका कार्य विभाजन नियमावली २०७४ र नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली, २०७४ छन् । राजपत्रको भाग–३ मा स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, नगर कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, आधारभूत तहको परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि २०७४, मर्मतसम्भार कार्यविधि २०७४, ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्यविधि २०७४, उपभोक्ता समितिको गठन, सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४, छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७४ प्रकाशन गरिएका छन् । मदिरा बिक्रीवितरण, व्यवस्थापन तथा नियमन निर्देशिका २०७४, कार्यपालिकाअन्तर्गत समिति उपसमिति गठनसम्बन्धी कार्यविधि २०७४, टिपर तथा ट्रयाक्टर सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४, टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४, घ वर्गको निर्माण व्यवसायको इजाजतसम्बन्धी कार्यविधि २०७४, ब्याक हो लोडर सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४ राजपत्रमा प्रकाशन गरिएका छन् । राजपत्रको भाग–४ मा नगरपालिका पदाधिकारीहरुको आचारसंहिता २०७४ प्रकाशन गरिएको छ । नगरपालिकाको नियमित काम व्यवस्थित गर्न आवश्यक पर्ने नीतिनियम, निर्देशिका तथा कार्यविधि निर्माणका चरणमा छन् । कानुनहरु पनि छिट्टै तयार गरी छलफल गरेर पारित गरिने र राजपत्रमा प्रकाशन गर्दै लगिने नगर प्रमुख हमालले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy