Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

निजी क्षेत्रलाई सजिलो हुने कानुन बनाउँछौँः मुख्यमन्त्री शाही

\"\"काठमाडाैं । कर्णाली प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीका लागि उद्योगी–व्यवसायीलाई आह्वान गरेका छन् । लगानीलाई प्रोत्साहन गर्न सुरक्षाको वातावरण बनाउनुका साथै राम्रो सेवासुविधा दिने उनले बताए । ‘लगानी गर्नुस्, अन्य प्रदेशको भन्दा राम्रो सेवासुविधा दिन्छौँ । लगानी नडुब्ने वातावरण बनाउँछौँ, सुरक्षाको ग्यारेन्टी गर्छौं,’ नेपाल उद्योग वाणिज्य महासंघ, नयाँ पत्रिका दैनिक र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रादेशिक आर्थिक बहस कार्यक्रममा मुख्यमन्त्री शाहीले भने । उद्योगधन्दा सञ्चालन गर्न आउने निजी लगानीकर्तालाई फाइदा हुने वातावरण मिलाउने प्रतिबद्धता उनले जनाए । आजको नयाँपत्रिका दैनिकमा खबर छ–‘प्रदेश सरकारले लिनेभन्दा पनि उद्योगी–व्यवसायीले कमाएर लैजाने वातावरण बनाउनेछ,’ उनले भने । कर्णाली प्रदेशको विकासका लागि लगानीकर्ताको सूचीमा देशभित्रका उद्योगी–व्यवसायीलाई प्राथमिकतामा राखेको बताउँदै उद्योग, कलकारखाना, लगानी र उत्पादित वस्तुको सुरक्षा प्रदेशका जनताले गर्ने वातावरण बनाउने मुख्यमन्त्री शाहीको भनाइ छ । प्रदेश सरकारले निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक कानुन तथा नीति बनाउने बताए । निजी क्षेत्रसँग छलफल गरेर नीति र कानुन बनाउने बताउँदै उनले भने, ‘कस्तो खालको कानुन बनाउँदा निजी क्षेत्रलाई सजिलो हुन्छ रु खाका बनाएर दिनुस्, उद्योगी–व्यवसायीलाई सहज हुने कानुन निर्माण गर्छौं ।’ भौगोलिक अवस्थाले कठिनाइ रहेको उल्लेख गर्दै उनले प्रकृतिसुहाउँदो उद्योग सञ्चालन गर्न आग्रह गरे । सिमेन्ट, ढुंगा प्रशोधन, जडीबुटी प्रशोधन, पर्यटन, ग्यास, कोइला, चुन, फलाम उत्खनन, हाइड्रोपावरजस्ता उद्योग सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending