नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आग्रह गरेको छन् ।
नुवाकोटको विदुर नगरपालिका–४, बट्टारमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भए पनि यसको नाममा भ्रामक सामग्री फैलाउनु न्यायोचित नहुने स्पष्ट पारे। उनले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन र पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्नेमा जोड दिए।
“सरकार सबै समस्याको समाधान कानुनी कारबाहीबाट मात्र खोज्ने पक्षमा छैन,” मन्त्री तिमिल्सिनाले भने, “सञ्चार क्षेत्र स्वयं अनुशासित र जिम्मेवार बन्नु आजको आवश्यकता हो ।” उनले सञ्चारमाध्यमले प्रवाह गर्ने हरेक समाचारले समाजमा पार्ने प्रभावका बारेमा गम्भीर विश्लेषण हुनुपर्ने उल्लेख गर्दै भ्रामक सूचनाले समाजलाई अपूरणीय क्षति पुर्याउन सक्नेप्रति सचेत गराए।
सरकारी विज्ञापन र सूचना प्रकाशनमा पारदर्शिता कायम गर्न सरकारले नयाँ नीति कार्यान्वयनमा ल्याएको जानकारी दिदै मन्त्री तिमिल्सिनाले सरकारी सूचनाहरू सरकारी सञ्चार माध्यममार्फत प्रवाह गर्ने व्यवस्था पारदर्शिताकै एक कडी भएको बताए। सञ्चार क्षेत्रमा रहेका अनियमितता हटाउन सरकार दृढतापूर्वक अघि बढेको उनको भनाइ थियो ।
श्रमजीवी पत्रकारहरूको हकहित र संरक्षणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले तथ्यमा आधारित र समाधानमुखी पत्रकारिताले मात्रै समाजको सही चित्रण गर्ने बताए। उनले भने, “सरकार अफवाहमा होइन, नीति र नतिजामा विश्वास गर्छ । नागरिक र सञ्चार जगतले सत्यमा आधारित भएर खबरदारी गरेमा मात्र सरकार थप जवाफदेही बन्न सक्छ ।”
नयाँ सरकार गठन भएको छोटो समयमै सुशासन, सेवा प्रवाहमा सुधार र विकासलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको दाबी गर्दै मन्त्री तिमिल्सिनाले विगतका कमजोरी सुधार्दै परिणाममुखि नतिजा निकाल्ने लक्ष्य लिइएको बताए। प्रविधिको अधिकतम प्रयोगमार्फत सार्वजनिक सेवालाई सहज बनाउने र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने दिशामा सरकार क्रियाशील रहेको उनले उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: