सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्याउने योजना कार्यान्वयन गर्न लागिएको प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
राहदानी ९पासपोर्ट० सेवाग्राहीको घरमै पुग्ने सेवा दिनेगरी योजना निर्माणको काम भइरहेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले बताए। हुलाक निर्देशनालयसँग कसरी सेवा प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको कार्कीले जानकारी दिए।
अबको केही दिनमा सेवा सुचारु गर्नेगरी काम अघि बढाउने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयले हुलाकमार्फत घर–घरमै राहदानी पुर्याउने व्यवस्था लागु गर्नेगरी समन्वय भइरहेको जनाइएको छ ।
नेपाल सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्ययोजना अन्तर्गत नागरिकलाई सहज रूपमा राज्यको सेवा घरमै उपलब्ध गराउने उद्देश्यले यो सेवा कार्यान्वय गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो । सेवा विस्तारका विषयमा बिहीबार जिल्ला हुलाक कार्यालयसँग छलफल गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
अबको केही दिनमा सेवा सुरु गर्नेगरी योजना निर्माणको काम भइरहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत क्रृषिराम उपाध्यायले बताए। बिहीबार मात्र हुलाक कार्यालयसँग छलफल गरिएको उनले जानकारी दिए। प्रत्येक पालिकामा रहेका इलाका हुलाक कार्यालयमार्फत सेवा सुचारु गर्नेगरी योजना बनाइएको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि सेवा सहजताका लागि छलफल सुरु गरेको छ । जिल्लामा कसरी सेवालाई प्रभावकारी बनाउने भन्ने विषयमा हुलाक कार्यालय जुम्लासँग छलफल भइरहेको प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताए । पालिका–पालिकामा इलाका हुलाक कार्यालयबाट काम थाल्ने गरी योजना निर्माण भइरहेको उनले जानकारी दिए।
सेवा सुरु भए राहदानी लिन सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ । सरकारले सुरु गरेको समय, खर्च र झन्झट कम भई राज्यको सेवा दैलोमै पुगेको अनुभूति दिनेगरी सेवा सूचारु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
सरकारले आगामी १०० दिनभित्र पासपोर्ट, नागरिकता प्रतिलिपि र सवारी चालक अनुमति पत्र (लाइसेन्स) जस्ता अत्यावश्यक सरकारी कागजातहरू घरमै पुर्याउने व्यवस्था गर्ने लक्ष्य लिएको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्य सूचीको बुँदा नम्बर २७ मा उक्त योजना समावेश गरिएको हो ।
कार्यसूची अनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गरिने छ । सोही माध्यमबाट पासपोर्ट, नागरिकता, लाइसेन्स लगायतका कागजात नागरिकको घरसम्म पुर्याइने छ । सरकारले सेवा प्रवाहलाई सरल, छिटो र बिचौलियामुक्त बनाउन सबै प्रक्रिया डिजिटल र एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने योजना अघि सारेको छ ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने सेवाहरूमा बिचौलियाको प्रवेश रोक्ने लक्ष्य राखिएको छ । यस योजना अन्तर्गत नागरिकताको प्रतिलिपि र राहदानी सेवा अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था तत्काल लागु गरिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: