पश्चिम नवलपरासी। नेपाल-भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछी सीमावर्ती क्षेत्रका सर्वसाधारण मारमा परेका छन् ।
भन्सार विभागले राजस्व चुहावट नियन्त्रण र आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले भन्सार ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।
यसअन्तर्गत, अब भारतबाट नेपाल प्रवेश गर्ने जोकोहीले एक सय रुपियाँभन्दा बढी मूल्यको कुनै पनि सामान ल्याउँदा भन्सार घोषणा गरी शुल्क तिर्नुपर्ने हुन्छ ।
यो नियमले दैनिक आवश्यकताका सामान्य घरायसी सामग्री खरिद गर्ने सर्वसाधारणलाई समेत भन्सार कार्यालयको झन्झटिलो प्रक्रियामा धकेलिदिएको छ ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं।१ का सांसद बिक्रम खनालले सीमावर्ती क्षेत्रमा रहेका जनताको भावना र वास्तविकतालाई सरकारले बुझ्नुपर्ने बताएको छन् ।
दुई देशका नागरिकबीच रहेको सामाजिक र सांस्कृतिक रोटीबेटीको सम्बन्धलाई मध्यनजर गर्दै उनले सो सीमालाई बढाउनुपर्नेमा जोड दिएको छन् ।
सांसद खनालले भने, “नेपाल र भारतबीच लामो समयदेखि रोटीबेटीको सम्बन्ध रहँदै आएको छ । हालको बढ्दो महँगी र वस्तुको मूल्यवृद्धि हेर्दा एक सय रुपैयाँको सीमा अत्यन्तै न्यून र अव्यावहारिक देखिन्छ । तसर्थ सो रकमलाई समयसापेक्ष रूपमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ।”
यो विषयले अहिले राष्ट्रिय राजनीतिमा पनि प्रवेश पाएको छ । मधेस र लुम्बिनी प्रदेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी सीमावर्ती क्षेत्रमा सर्वसाधारणलाई भइरहेको सास्ती अन्त्य गर्न र घरायसी सामग्रीमा सहजीकरण गर्न माग गरेका छन्।
अर्कोतर्फ, भन्सार प्रशासनले भने यो कुनै नयाँ निर्णय नभई कानुनी व्यवस्थाको कार्यान्वयन मात्र भएको प्रस्ट पारेको छ । भन्सार विभागमा कार्यरत भन्सार अधिकृत प्रेम सुवेदीले कर्मचारीहरूले राज्यले तोकेको नियमलाई नै कडाइका साथ पालना गराइरहेको बताए।
अधिकृत सुवेदीले भने, “राज्य र भन्सार विभागले बनाएको ऐन तथा नियमानुसार नै कडाइ गरेका हौँ। राजस्व चुहावट नियन्त्रण र वैधानिक व्यापारलाई प्रोत्साहन गर्नु हाम्रो कानुनी जिम्मेवारी हो, सोही दायित्व हामीले पूरा गरिरहेका छौँ।”
यो नियमले दैनिक उपभोग्य वस्तुको किनमेलमा समेत सास्ती भोग्नुपरेको भन्दै तराई(मधेशका जिल्लाहरूमा विरोधका स्वरहरू चर्किन थालेका छन्।
यसैगरी, पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं।२ का अर्का सांसद नरेन्द्र कुमार गुप्ताले नीति कार्यान्वयन गर्दा सर्वसाधारणलाई पर्न गएको मर्काप्रति चिन्ता व्यक्त गरेको छन्। उनले राज्यले व्यापारिक प्रयोजन र घरायसी उपयोगलाई एकै डालोमा राख्न नहुने धारणा राखेको छन्।
सांसद गुप्ताले भने, “सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको दैनिकी र व्यापारिक आयातलाई एउटै नियमले बाँध्नु हुँदैन । राज्यले व्यापारिक प्रयोजनका लागि कडाइ गर्नु स्वाभाविक हो, तर सर्वसाधारणले दैनिक उपभोगका लागि ल्याउने थोरै सामानमा भने केही सहजता प्रदान गर्नुपर्ने देखिन्छ।”
सीमावर्ती नाकाहरूमा भइरहेको यो कडाइले एकातिर राज्यको राजस्व नीतिलाई बलियो बनाउने प्रयास गरिरहेको छ भने अर्कोतिर स्थानीय बासिन्दाहरूको दैनिक जीवनलाई कठिन बनाएको छ।
सांसदले उठाएको नीति पुनरावलोकनुको मागलाई प्रशासनले कसरी सम्बोधन गर्ला, यो अहिले आम चासोको विषय बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १४:०५
काठमाडौं । यातायात व्यवस्था विभाग ले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित याताया...
बैशाख ८ गते, २०८३ - १३:५४
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार सिंहदरबार मा सञ्च...
बैशाख ८ गते, २०८३ - १३:४७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सू...
बैशाख ८ गते, २०८३ - १३:३६
काठमाडौँ। नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्च...
बैशाख ८ गते, २०८३ - १३:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी कार्यदिशा, राष्ट्रिय प्राथमिकता र बजेट व्यवस्थापनका विषयमा अर्थ मन्त्रालयसहित राज्यका प्रमुख नीत...
बैशाख ८ गते, २०८३ - १३:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी कार्यदिशा, राष्ट्रिय प्राथमिकता र बजेट व्यवस्थापनका विषयमा अर्थ मन्त्रालयसहित राज्यका प्रमुख नीत...
बैशाख ८ गते, २०८३ - १३:०५
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन गर्न समिति गठन गरिएको छ। मधेश प्रदेश प्रहरी कार्य...
बैशाख ८ गते, २०८३ - १२:५८
काठमाडौं । अडियो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरा लाई निलम्बन गर्ने प्रक्रिया अ...
बैशाख ८ गते, २०८३ - १२:४५
काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोल को निधन भएको छ। ९२ वर्षीय गंगोलको मंगलबार बिहान क...
बैशाख ८ गते, २०८३ - १२:३६
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौँ उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म मादक पदार्थ ...


प्रतिकृया लेख्नुहोस्: