Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

इयू प्रतिवेदनबारे प्रधानमन्त्री ओलीले खोले मख, के भने ?

[caption id=\"attachment_177624\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । आइतवार बिहान नौ बजेदेखि नै दरबारमार्गस्थित होटल अन्नपूर्णको कुमारी हल मानिसले भरिभराउ भइसकेको थियो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अनुगमनको अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रमका प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली । केही दिनअघि युरोपियन युनियन (ईयू) ले नेपालको निर्वाचनबारेमा हस्तक्षेपको शैलीमा निर्वाचन प्रतिवेदन सार्वजनिक गर्दै विवादास्पद सुझाव दिएपछि प्रम ओली आक्रोशित भएका थिए ।आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठ अध्यक्ष रहेको नियोकको ६४ पृष्ठ लामो निर्वाचन अनुगमन प्रतिवदेन सार्वजनिक गरिने निर्धारित साढे ९ बजेको कार्यक्रम प्रम ओलीको ढिलो आगमनले २ घण्टा पछाडि धकेलिएको थियो । सन्दर्भ मिलेको निर्वाचन अनुमगन प्रतिवेदन कार्यक्रम कार्यक्रममा ईयूबारे ओलीले कडा भनाई राख्ने अनुमानसहित सञ्चारकर्मी पनि ब्यग्र प्रतिक्षामा थिए । कुटनीतिक निकायका केही अधिकारीहरुसमेत उपस्थित कार्यक्रम प्रधानमन्त्री ओली दुई घण्टा ढिलो आएसँगै सुरु भयो । सुरुमा अध्यक्ष श्रेष्ठ, महासचिव गोपालकृष्ण सिवाकोटीसहितले आफ्ना भनाई राखे । त्यसपछि कार्यक्रमको प्रमुख अतिथि र मुख्य वक्ताका रुपमा रहेका प्रम ओलीको बोल्ने पालो थियो । करिब आधा घण्टासम्म भाषण दिने क्रममा ओलीले करिब ५ मिनेट युरोपियन युनियनको कदममाथि कडा रुपमा प्रस्तुत हुँदै बोले । सुरुमा अन्य बेलाजस्तै साधरण लवजमा आफ्नो मन्तब्य दिँदै गएका ओलीले मध्यतिर पुगेपछि युरोपियन युनियनलाई कडा चेतावनी दिँदै आफ्ना भनाइ राखे । प्रधानमन्त्री ओलीले नेपालका करिब ५० लाख युवा विदेश हुँदा पनि ८० प्रतिशत मत खस्नु कुनै चानचुने कुरा नभएको भन्दै ईयु्तिर प्रहार गरे । ुसंसारका कमै मुलुकमा नेपालमा जस्तो उत्साहजनक जनसहभागिता हुन्छ । ४०–५० लाख मतदाता विदेशमा हुँदा पनि निर्वाचनमा ८० प्रतिशत सहभागिता हुनु भनेको चानचुने कुरा होइनु, ओलीले कडा स्वरमा भने,‘नेपाली मतदाता सचेत छन् । ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रति निष्ठा देखाँउदै मतदान गरे । केही मत बदर भयो । तर मतदानमा सहभागी हुनु भनेको आमजनताले लोकतन्त्रप्रति गरेको अगाध सम्मान हो । नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले शंका नगर्न प्रधानमन्त्री ओलीले इयूसहितका संस्था र पश्चिमा देशहरुलाई सम्झाए । ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’प्रधानमन्त्री ओलीले भने,‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १(२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्छन् ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending