काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको नेपाली कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाउँदै शेरबहादुर देउवा पक्षप्रति एमालेको स्पष्ट समर्थन रहेको बताएका छन् ।
पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले निर्वाचन आयोगले अत्यन्तै हतारो र विवादास्पद तरिकाले निर्णय गरेको दाबी गरे । उनले एक घण्टाको अन्तरालमै निर्णय हुनु स्वाभाविक नभएको उल्लेख गर्दै देउवा पक्षले उठाएको प्रश्न जायज रहेको बताए ।
‘सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले निर्णय गरेको छ । त्यो बेठिक छ भन्ने शेरबहादुर देउवाजीहरूले भन्नुभएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ,’ बस्नेतले भने ।
उनले कांग्रेसको पछिल्लो विभाजन प्रयासलाई लोकतन्त्रमाथिको गम्भीर प्रहारको संज्ञा दिँदै यसले देशको राजनीतिक स्थिरता कमजोर बनाउने चेतावनी दिए । उनका अनुसार कांग्रेस र एमालेजस्ता ठूला दल कमजोर पारेर वैकल्पिक शक्तिलाई अस्वाभाविक रूपमा उचाल्ने अन्तर्राष्ट्रिय खेल भइरहेको छ ।
बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीमाथि समेत गम्भीर आरोप लगाउँदै भने, ‘कांग्रेस र एमालेलाई कमजोर बनाउने र रवि लामिछानेजस्ता पात्रलाई बलियो बनाउने अन्तर्राष्ट्रिय डिजाइनमा प्रधानमन्त्री स्वयं संलग्न देखिनुभएको छ ।’
उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक शक्ति एकजुट हुनुको विकल्प नरहेको उल्लेख गर्दै एमाले र देउवा नेतृत्वको कांग्रेसबीच आगामी निर्वाचनमा सहकार्य र तालमेलको सम्भावना बलियो बन्दै गएको संकेत गरे ।
‘लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न र अस्थिरताको खेल रोक्न एमाले र देउवा नेतृत्वको कांग्रेस चुनावी मैदानमा एकै ठाउँ उभिन सक्छन्,’ बस्नेतले भने, ‘यो केवल दलगत हित होइन, देशको आवश्यकता हो ।’
एमाले नेतृत्वले पनि कांग्रेसभित्रको आन्तरिक विवादलाई नजिकबाट नियालिरहेको र देउवा पक्षसँग रणनीतिक सहकार्यबारे छलफल भइरहेको संकेत उनको भनाइबाट झल्किएको छ । आगामी निर्वाचन नजिकिँदै जाँदा एमाले–देउवा पक्षबीचको सम्भावित गठबन्धनले राष्ट्रिय राजनीतिमा नयाँ समीकरण कोर्ने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: