Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

लामिछानेमाथिको मुद्दा फिर्ता : सर्वोच्चको स्थापित नजिर र कानुनकै अपहेलना ?

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय सर्वोच्च अदालतले वर्षौंदेखि प्रतिपादन गर्दै आएको नजिर र प्रचलित कानुनी व्यवस्थाविपरीत देखिएको छ।

महान्यायाधिवक्ता कार्यालयले कास्की, रुपन्देही, काठमाडौँ र पर्सा जिल्ला अदालतमा विचाराधीन रहेका सहकारी ठगीसँग सम्बन्धित मुद्दामा जोडिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ। ती मुद्दामा अदालतबाट प्रारम्भिक आदेशसमेत भइसकेको अवस्थामा यस्तो निर्णय लिनु कानुनी सीमाभन्दा बाहिर गएको कानुनविद्हरूको टिप्पणी छ।

पूर्व नायव महान्यायाधिवक्ताका अनुसार, महान्यायाधिवक्तालाई सीधै अभियोग फिर्ता लिने अधिकार कानुनले दिएको छैन। अदालतमा दायर भइसकेको र सुनुवाइको प्रक्रियामा रहेका गम्भीर प्रकृतिका मुद्दा फिर्ता गर्नु केवल कानुनी प्रक्रिया उल्लङ्घन मात्र होइन, न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेपसमेत हो।

उनका अनुसार यो निर्णयको मूल उद्देश्य रवि लामिछानेलाई आगामी दिनमा सार्वजनिक पद धारण गर्न कानुनी अवरोध नआओस् भन्ने सुनिश्चितता गर्नु र सहकारी ठगीसम्बन्धी मुद्दामा पीडितसँग मिलापत्र गरेर मुद्दा टुंग्याउने बाटो खोल्नु देखिन्छ।

कानुनअनुसार सम्पत्ति शुद्धीकरणको अभियोग लागेका व्यक्ति निर्वाचित भए पनि पदमा रहेसम्म निलम्बनमा पर्नुपर्ने हुन्छ। तर अभियोग नै हटाइएपछि लामिछाने सांसद बनेमा निलम्बनको जोखिम समाप्त हुने र सक्रिय राजनीतिक भूमिकामा रहन सक्ने अवस्था सिर्जना भएको छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग रहेसम्म मिलापत्र गर्न नपाइने कानुनी बन्देज पनि अब हटाइएको छ।

सर्वोच्चका स्थापित नजिर के भन्छन् ?

नेपालको न्यायिक इतिहासमा सरकारले चाहँदैमा मुद्दा फिर्ता गर्न नमिल्ने स्पष्ट नजिरहरू छन्। २०५१ सालमा सिन्धुली जिल्ला अदालतका तत्कालीन न्यायाधीश ईश्वर खतिवडाले दुई जनाको हत्या भएको मुद्दा ‘राजनीतिक’ भन्दै फिर्ता लिन खोज्दा सरकारी आग्रह अस्वीकार गरेका थिए। उक्त आदेशले “सरकारको निर्णयभन्दा माथि अदालतको विवेक हुन्छ” भन्ने ऐतिहासिक नजिर स्थापना गरेको थियो।

त्यस्तै, पूर्वआईजीपी डीबी लामाको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले व्यक्तिगत रूपमा मुद्दा छानेर फिर्ता लिन नमिल्ने स्पष्ट व्याख्या गरेको थियो। आंशिक सजाय माफी भए पनि मुद्दा अन्त्य नहुने सर्वोच्चको ठहर थियो।

२०६५ पुस २९ गते तत्कालीन न्यायाधीशद्वय मीनबहादुर रायमाझी र कल्याण श्रेष्ठको संयुक्त इजलासले पनि विनाआधार र कारण मुद्दा फिर्ता माग्न नपाइने नजिर स्थापित गरेको थियो। उक्त फैसलामा अदालत “न्यायको संरक्षक” हुनुपर्ने स्पष्ट उल्लेख छ।

फौजदारी कार्यविधि संहिताको दफा ११६ को उल्लङ्घन

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ११६ ले सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, मानव बेचबिखन, लागुऔषध कारोबार जस्ता गम्भीर अपराधमा मुद्दा फिर्ता लिन नपाइने स्पष्ट व्यवस्था गरेको छ। यस्ता मुद्दा फिर्ता गर्न मन्त्रिपरिषद्को निर्णय र अदालतको अनुमति अनिवार्य हुन्छ।

तर लामिछानेको हकमा न मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरिएको छ, न अदालतबाट अनुमति लिइएको देखिन्छ। यसले कानुनी प्रक्रिया पूर्ण रूपमा उपेक्षा गरिएको संकेत गर्छ।

दफा ३६ को आडमा अभियोग संशोधन ?

महान्यायाधिवक्ता कार्यालयले अभियोगपत्र ‘सच्याउने’ निर्णय गर्दा फौजदारी कार्यविधि संहिताको दफा ३६ को उल्लेख गरे पनि ‘थप प्रमाण फेला परेको’ आधार खुलाइएको छैन। दफा ३६ ले कसुर घटाउने वा हटाउने होइन, थप प्रमाण भेटिएमा अभियोग संशोधन गर्न मात्र व्यवस्था गरेको कानुनविद्हरूको तर्क छ। यदि अदालतले यसलाई स्वीकार गर्‍यो भने पीडितहरू उच्च अदालत वा सर्वोच्चमा रिट लिएर जाने बाटो खुला रहने कानुनी जानकारहरू बताउँछन्।

यसरी, रवि लामिछानेमाथिको मुद्दा फिर्ता केवल एक व्यक्तिको सवाल नभई न्यायिक नजिर, कानुनी शासन र राजनीतिक हस्तक्षेपको गम्भीर परीक्षाका रूपमा उभिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

एमाले–देउवा पक्ष चुनावी तालमेलतर्फ, गगनलाई ‘सेटिङ’मा आधिकारिकता दिएको आरोप

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको नेपाली कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाउ...

प्रचण्डसँग एमालेका खेममान खड्का चुनावी मैदानमा लड्ने

रुकुमपूर्व  । नेकपा एमालेले रुकुमपूर्वमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  लड्न केन्द्रीय सदस्य खेम...

लामिछानेमाथिको मुद्दा फिर्ता : सर्वोच्चको स्थापित नजिर र कानुनकै अपहेलना ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने मह...

प्रेम आले कैलाली ५ मा नेकपाको उम्मेदवार बन्ने

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट डोटीबा...

जनयुद्धका सुप्रिमोसँग आमाबुबाको सपना बोकेर चुनावी मैदानमा शहीद पुत्र सन्दीप

दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...

सामाजिक सञ्जालमा एमाले रक्षात्मक, ओलीले दिए दिनमा १० पोस्ट, १० सन्देश पठाउन आदेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...

सुदूरपश्चिममा रास्वपाको आकांक्षीको भीड, १६ सिटका लागि ४६ दाबेदारमा कसले पाउला टिकट ?

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending