Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

खबरडबली संवाददाता

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष सूर्यकुमार भट्टराई (मनोज भट्टराई) लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भट्टराई धरानमा ‘भाइरल वडाअध्यक्ष’ का रूपमा परिचित छन् । वडाअध्यक्ष रहँदा उनले मेयर हर्क साम्पाङको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका थिए । कार्यपालिका बैठकमै तथ्य र दस्तावेजसहित आलोचना गर्ने शैलीका कारण उनी सामाजिक सञ्जालमा चर्चित बनेका हुन् ।

मेयर साम्पाङको निर्णय प्रक्रिया, प्रशासनिक शैली र प्राथमिकतामाथि खुलेर प्रश्न गर्ने भट्टराईलाई साम्पाङका कटु आलोचकका रूपमा हेरिन्छ । यही कारण धरानको स्थानीय राजनीतिमा उनी फरक धारको प्रतिनिधि मानिन्छन् ।

भट्टराई तत्कालीन नेकपा (माओवादी केन्द्र) धरान नगर कमिटीका अध्यक्षसमेत रहिसकेका छन् । संगठनात्मक अनुभव र स्थानीय तहमा बनेको पहिचानलाई आधार बनाएर नेकपाले उनलाई सुनसरी–१ बाट उम्मेदवार बनाएको हो ।

उता, धरानका वर्तमान मेयर हर्क साम्पाङले पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । साम्पाङले ‘श्रम संस्कृति पार्टी’ गठन गरी चुनावी राजनीतिमा होमिएका छन् । यसअघि उनी स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयरमा निर्वाचित भएका थिए ।

धरानको स्थानीय राजनीतिमा लामो समयदेखि देखिँदै आएको साम्पाङ र भट्टराईबीचको वैचारिक तथा शैलीगत टकराव अब प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष भिडन्तमा रूपान्तरण हुने देखिएको छ । स्थानीय मुद्दा, विकास मोडेल र नेतृत्व शैलीलाई लिएर हुने यो चुनावी प्रतिस्पर्धालाई सुनसरी–१ को सबैभन्दा चासोपूर्ण राजनीतिक मुकाबिलाका रूपमा हेरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: