Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

के पेरिसमा खुल्दैछ सेक्स डल वेश्यालय ?

\"\"काउन्सिल अफ पेरिसले सेक्स डलसँग सम्बन्धित एक कारोबारको विरुद्धमा आएको एउटा प्रस्ताव खारेज गरिदिएको छ । उक्त कारोबारलाई महिलाका लागि अपमानजनक बताइएको छ । वास्तवमा पेरिसमा एउटा यस्तो कारोबार अहिले विवादको घेरामा परेको छ, जसमा एउटा सिलिकन सेक्स डलसँग एक घण्टा बिताउनका लागि ८९ युरो तिर्नुपर्दछ । कम्युनिष्ट पार्षद तथा महिला समूहले यस विषयमा आपत्ति जनाएका थिए । उक्त सेक्स डलको कारोबारलाई बन्द गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्नका लागि उनीहरुले काउन्सिल अफ पेरिसलाई अध्ययन गर्न आग्रह गरेका थिए । यसरी सेक्स डलको वेश्यालय तयार पार्नु महिलाहरुलाई अपमानित गर्नु भएको उनीहरुको भनाइ छ । फ्रान्समा वेश्यालय चलाउनु गैरकानूनी छ । तर पुलिसले काउन्सिल बैठक अघि नै सेक्स डल वेश्यालय भनिएको ठाउँको खानतलासी गरेको थियो र त्यस ठाउँमा कानून उल्लंघन गर्ने खालको कुनै पनि कार्य नभएको जनाएको थियो । काउन्सिलले पनि सेक्स डल वेश्यालय सम्बन्धि कुनै नियम विपरितको कार्य नभएको भन्दै त्यस विषयमा अनुसन्धान आवश्यक नभएको निर्णय गर्यो । कम्युनिष्ट पार्षदहरुले चाहिँ मानिससँग मिल्दोजुल्दो रहेको यस्ता सेक्स डल फ्रान्समा वेश्यालय पुनः सञ्चालनमा ल्याउने नयाँ खोज भएको बताएका छन् । उनीहरुले ती सेक्सडेललाई महिला र पुरुषबीचको सम्बन्धलाई अमानवीयकरणको चरम सीमाको रुपमा व्याख्या गरेका छन् । साथै यस्तो वेश्यावृत्तिको नेटवर्कद्धारा महिलामाथिको शोषण मानव तस्करीसँग जोडिएको अपराधलाई महत्वहीन बनाएको आरोप पनि लगाएका छन् । उक्त सेक्सडलको कारोबारलाई पेरिसमा गोप्य राख्ने कोसिस गरिएको छ र गुमनाम ठाउँमा राखिएको छ । खास पहिचान लुकाउने गरी उक्त ठाउँको नाम गेम्स सेन्टर राखिएको छ । उक्त कारोबारका मालिक जोशाम लस्कीले पर्सिएन अखबारलाई बताए अनुसार त्यहाँ आने धेरैजसो मानिसमा पुरुष हुने गरेका छन् तर कतिपय प्रेमजोडी पनि त्यहाँ आउँदछन् । त्यहाँ तिनवटा कोठा रहेका छन् र एउटा कोठामा डेढ मिटर साइजको हजारौँ मूल्य पर्ने सिलिकन सेक्स डल राखिएको छ । ग्राहकले अनलाइनमार्फत भुक्तानी गरेर उक्त सेक्स डल वेश्यालयमा पुग्ने गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending