Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

यहि हो ७० लाखमा बनेको आधा पिलर ! ठेकेदार फरार

\"\"ललितपुर । १५ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्कविहीन छन्। चार वर्षअघि ठेकेदार श्यामबहादुर तामाङले त्रिशूली कन्स्ट्रक्सनमार्फत तत्कालीन जिल्ला विकास समिति र स्विस एजेन्सीस“ग वाग्मती गाउँपालिकास्थित ठोस्ने खोलाको पुल निर्माणका लागि सम्झौता गरेका थिए। तिनै ठेकेदार अहिले काम अलपत्र पारेर सम्पर्कविहीन भएको जिल्ला प्राविधिक कार्यालय ललितपुरले जानकारी दिएको छ। अाजको अन्नपूर्णमा खबर छ-वाग्मती गाउँपालिकामा पर्ने (छपेली–भट्टेडाँडा–इकुडोल) सडकअन्तर्गत टुंगुन कोरिडोरमा पर्ने भट्टेडाँडा र इकुडोललाई जोड्ने पुल निर्माण १५ महिनामा सम्पन्न गर्ने सम्झौता थियो। तर काम अघि बढ्न नसकेको प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर रामेश्वर मरहठ्ठाले बताए। स्थानीयले भने दुवै पक्ष दोषी रहेको भन्दै आक्रोश पोखेका छन्। ठेकेदारले काममा ढिलासुस्ती गर्नु भनेको जिल्ला प्राविधिक कार्यालयको कमजोरी भएको कांग्रेसको तत्कालीन जिल्ला सचिव रविन शर्माको भनाइ छ। पुल निर्माणको जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भए पनि मुलुक छाडेर कतै नगएको र उसलाई समात्न सकिने उनले बताए। ‘पिलर सम्पन्न नगरी जिल्ला प्राविधिक कार्यालयले किन यति धेरै पैसा दियो ? ’, उनले प्रश्न गरे। खोलामा पुल नहुँदा बर्खामा बाटो बन्द हुने स्थानीयवासीको भनाइ छ। ‘यसै समस्यालाई दृष्टिगत गरी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयसम्म पुगेर पुलको योजना पारेको थिएँ। तर ठेकेदारका कारण जनताले सास्ती पाए। काम गर्छु भनेपछि पूरा गर्नुपर्छ’, शर्माले भने।
पुल निर्माण सम्पन्न गर्न पन्ध्रमहिने अवधि पाए पनि चार वर्ष बितिसकेको छ। तर ठेकेदारको अत्तोपत्तो छैन।
पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिको कार्यालय तथा स्विस नियोगको सहकार्यमा त्रिशूली कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताबमोजिम एक करोड ३९ लाख ९० हजार १८ रुपैयाँमा ठोस्ने खोलामा पक्की पुल बन्ने भनिएको थियो। त्रिशूली कन्स्ट्रक्सनले पुल निर्माणका लागि २०७२ साल असार २९ गते पहिलो किस्ताबापत ४७ लाख नौ हजार तीन सय ९१ रुपैयाँ भुक्तानी लिइसकेको छ। दोस्रो किस्तामा २३ लाख ३२ हजार दुई सय ४६ रुपैयाँ नेपाल बैंक ललितपुर शाखाबाट लिएको देखिएको छ। निर्माण सम्पन्न गर्न पन्ध्रमहिने अवधि पाए पनि चार वर्ष बितिसकेको छ। तर पुल निर्माणको जिम्मा लिएका ठेकेदार श्यामबहादुर तामाङ ७० लाख ४१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन छन्। काम लथालिंग छाडेर गए पनि पुनः टेन्डर हाल्ने प्रक्रिया झन्झटिलो भएकाले सकेसम्म उसैलाई फकाएर काम गर्न लगाउने प्रयास गरिने जिल्ला प्राविधिक कार्यालयका लेखा प्रमुख दलबहादुर खड्काले बताए। जिल्ला प्राविधिक कार्यालयका प्रमुख मरहठ्ठाकी आमाको मृत्यु भएकाले उनी अहिले बिदामा छन्। तर केही समयअघि उनले ती ठेकेदारलाई सूचना प्रकाशित गरी सम्पर्कमा आउन आग्रह गर्ने तथा नआएको खण्डमा अरू नै प्रक्रिया अगाडि बढाउने बताएका थिए। पछिल्लो समय सार्वजनिक सरोकारका योजना जिम्मा लिएर कामै नगरी ठेकेदार सम्पर्कबाहिर बस्ने क्रम बढ्दै गएको छ। ठेकेदारको लपरबाहीका कारण करोडौँ रुपैयाँका योजना नबन्दा जनताले सास्ती बेहोर्नुपरेको छ। विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार स्क्वायरको राधाकृष्ण मन्दिरको जिम्मा लिएका ठेकेदार पनि सम्पर्कविहीन छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending