Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

समानुपातिक नतिजा फागुन ५ गते: नयाँ प्रधानमन्त्री दोस्रो साता

\"\"काठमाडौं । निर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभा निर्वाचनको नजिता भोलिपल्टै सार्वजनिक गरी प्रतिनिधिसभा समानुपातिकको नजिता ‘छोटो विधि’ अपनाएर राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । राष्ट्रियसभा चुनाव नभई प्रतिनिधिसभा समानुपातिकतर्फको नजिता सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले ६० दिनदेखि नजिता रोकेर राखेको छ। आयोगले प्रतिनिधिसभा नजिता ढिलोमा फागुन ५ भित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए। समानुपातिकको नजिता रोकिएका कारण प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन । अाजको अन्नपूर्णमा खबर छ-आयोगले २४ गते हुने राष्ट्रियसभा नजिता भोलिपल्टै सार्वजनिक गर्ने तयारी गरेको छ। आयुक्त ईश्वरी पौडेलका अनुसार २६ गते आयोगले समानुपातिकतर्फ एकतिहाई महिलाको संख्या पु¥याएर आउन दलहरूलाई पत्राचार गर्नेछ। विगतमा दलहरूलाई सात दिनको समय दिइने भए पनि आयोगले आफ्नो कार्यविधि संशोधन गरी अब तीन दिन मात्र दलहरूलाई दिने भएको छ। २९ गतेभित्र दलहरूले आयोगले भनेअनुसार परिणाम बुझाए आयोगले राष्ट्रपतिलाई नजिता बुझाउने प्रक्रिया सुरु गर्नेछ भने कारणवश कुनै दलको तलमाथि भए थप दुई दिनको समय दिएर सच्याउन समय दिइने आयुक्त पौडेलले जानकारी दिए। यसअघिको कार्यतालिका तीन दिन थप समय दिने उल्लेख भएकोमा आयोगले एक दिन घटाएको हो। ‘आयोगले ढिलोमा फागुन ५ गते निर्वाचनको सम्पूर्ण नजिता राष्ट्रपतिज्यूलाई बुझाउने कार्यतालिका बनेको छ,’ आयुक्त पौडेलले भने। आयोगले नजिता रोकेको भन्दै सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमाले असन्तुष्ट छ। ‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय’ दबाबमा परेर आयोगले नतिजा रोकी सरकार गठनमा अवरोध गरेको एमालेको आरोप छ। आयोगले केही दिनअघि सर्वदलीय बैठकमा ‘बाधा अडकाउ’ फुकाएर नजिता सार्वजनिक गर्ने बाटो खोलिदिन प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्तावको वाम गठबन्धनकै नेताहरूले आलोचना गरेका थिए। आयोगले समानुपातिकको नजिता सार्वजनिक गरेपछि सरकार गठनको बाटो खुल्नेछ। संविधानको धारा ७६ ले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। कुनै एक दलको बहुमत नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। ‘निर्वाचन आयोगले नजिता सार्वजनिक गर्ने बित्तिकै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ’, पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्बाङले भने, ‘कुनै एक दलको मात्र बहुमत नभएकाले दुई दल (वाम गठबन्धन) को बहुमत प्राप्त नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ।’ एमाले र माअाेवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने निश्चित देखिन्छ। ‘फागुन दोस्रो साताभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ,’ नेम्बाङले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending