Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

रोल्पामा जनयुद्ध संग्रहालय बन्दै

\"\"काठमाडाैं । माओवादी द्वन्द्वकालीन गतिविधि झल्काउन पश्चिमी रोल्पाको गैरीगाउँमा ‘जनयुद्ध संग्रहालय’ निर्माण हुने भएको छ । तत्कालीन माओवादी लडाकु शिविर राखिएको गैरीगाउँस्थित तिलामा संग्रहालय निर्माण गर्न लागिएको हो  । सरकारले तिलामा ‘जनयुद्ध संग्रहालय’ बनाउन अघि सारेको योजना अन्तर्गत सर्भेक्षणको काम भएको छ । तत्कालीन माओवादी र सरकारबीच शान्ति प्रक्रिया सुरु भएपछि रोल्पाका दहवन, गैरीगाउँ र मसिनालगायत मुलुकभर २८ वटा शिविरमा माओवादी लडाकु राखेर सेना समायोजन गरिएको थियो । रोल्पाको नुवागाउँस्थित दहवनमा पाँचौं डिभिजनको मुख्य कार्यालय र तिलामा सहायक शिविर राखिएको थियो । ‘तत्कालीन समयको स्मरण गराउन तथा शान्ति स्थापना भएको जानकारी दिन संग्रहालय निर्माण गर्न लागिएको हो  ।’ संग्रहालय निर्माणको पहल गरेका जिल्ला समन्वय समिति रोल्पाका संयोजक राजबहादुर बुढामगरले भने, ‘विगतको अवस्थाबारे भावीपुस्तालाई जानकारी दिन ‘जनयुद्ध संग्रहालय’ उपयोगी हुनेछ ।’ अाजको कान्तिपुरमा खबर छ-संग्रहालयमा रोल्पाबाट सुरु भएको सशस्त्र द्वन्द्व, त्यसले पारेको प्रभाव र शान्ति प्रक्रिया र त्यसपछिको अवस्थाबारे जानकारी दिन सकिने संरचना निर्माण गरिनेछन् । शान्ति प्रक्रियामार्फत माओवादी मूलधारको राजनीतिमा प्रवेश गरेपछि भएका परिवर्तन र तत्कालीन अवस्थामा सशस्त्रसंघर्ष हुनुका कारणबारे अभिलेखीकरणका लागि संग्रहालय निर्माण गर्न लागिएको हो । २० रोपनी सरकारी वन क्षेत्रभित्र उक्त संग्रहालय बनाउन लागिएको हो । जिससमार्फत करिब साढे १२ करोड लगानीमा निर्माण गरिने संग्रहालयका लागि पहिलो चरणमा एक करोड बजेट विनियोजन भएको संयोजक बुढामगरले बताए । ‘शान्ति प्रक्रियालगत्तै यो काम गर्नुपर्ने थियो । ढिलै भए पनि राम्रो काम थालनी भएको छ ।’ दहवनस्थित तत्कालीन पाँचौं डिभिजनमा कार्यवाहक कमान्डरको समेत भूमिका निर्वाह गरेका बुढामगरले भने । तिलामा ‘जनयुद्ध संग्रहालय’ बनाउन सर्भे गरेका पुरातत्त्वविद् श्रीहरि थापाले पहाडी क्षेत्रमा यो संग्रहालय नयाँ अवधारणा भएको बताए । थापाका अनुसार पुरातत्त्व विभागको पहलमा संग्रहालय अवलोकन गर्ने स्थान, होटल र हेलिप्याड निर्माण गर्ने अवधारणा छ । संग्रहालय निर्माणपछि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending