Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीलाई राजेन्द्रको चुनौती

\"\"काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रदेश ३ को मुख्यमन्त्रीमा अर्का नेता राजेन्द्र पाण्डेले कडा चुनौती दिएका छन् । एमाले भित्रको चर्को गुटगत राजनीतिका कारण अष्टलक्ष्मीलाई एक्लो मुख्यमन्त्री बन्न चुनौतीको पहाड नै छिचोल्नुपर्ने अवस्था आएको हो । अाजको अन्नपूर्णमा खबर छ-मुख्यमन्त्रीकी दाबेदार अष्टलक्ष्मीसँगै राजेन्द्रप्रसाद पाण्डेले सशक्त दाबेदारी प्रस्तुती गरेपछि प्रतिस्पर्धा कडा हुँदै गएको हो । पार्टीको ‘सिनियर’ नेताका रुपमा रहेकी शाक्यको प्रतिस्पर्धीका रुपमा पार्टी उपाध्यक्षमा पराजित राजेन्द्र पाण्डे देखिएका छन् । मुख्यमन्त्रीको दौडमा नेताहरु पशुपति चौलागाईँ, अरुण नेपाल, सानुकुमार श्रेष्ठ र केशव स्थापित लगायत पनि देखिएका छन् । मुख्यमन्त्री हुन गुट परिवर्तन गुट परिवर्तन गरेर पाण्डेले आफ्नो पल्ला भारी गरिरहेका छन् । माधव नेपाल गुटबाट उपाध्यक्षमा उठेर पराजित भएका पाण्डे अध्यक्ष केपी ओली गुटमा आएर प्रदेश ३ को संसदीय दलको नेता हुने कसरतमा लागेका छन् । प्रदेश ३ मा ओली गुटको पल्लाभारी छ । डोरमणी पौडेल, रामेश्वर फुयाल, सानुकुमार श्रेष्ठ, केशव स्थापित, चन्द्रबहादुर लामा, बसुन्धरा हुमागाई र सरेश नेपाल लगायत ३० जना बढी ओली पक्षधर हुन् । अर्कातिर अरुण नेपाल, पशुपति चौलागाईँ र लक्ष्मण लम्साल नेपाल पक्षधर हुन् । कुल ११० सिट रहेका प्रदेश सभामा एमालेले स्पष्ट बहुमतसहित ५८ सिट जितेको छ । पार्टीको संसदीय दलको नेताका लागि अष्टलक्ष्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश ३ मा अध्यक्ष ओलीको आर्शिवाद पाउने व्यक्ति नै संसदीय दलको नेता हुने निश्चित छ । तर ओलीले प्रदेश ५ का शंकर पोखरेल बाहेक अन्यलाई आश्वासन नदिएको बताए चुनावबाटै नेता छान्ने छनक दिइसकेका छन् । सबैभन्दा योग्य र सिनियर दाबेदार पाण्डेले पार्टी निर्माणदेखि नै लागेकाले मुख्यमन्त्रीको लागि सबैभन्दा योग्य आफु भएको बताए । ‘म ५० जना पनि संगठित नहुँदाको सदस्य हुँ, सिनियरको हिसाबमा म नै अगाडि छु । पद मात्रै मेरो पोलिब्यूरो हो’, उनले भने । पाण्डेले ४ पटक प्रतिनिधि सभाको सांसद, सचेतक, मुख्य सचेतक हुँदै मन्त्रीसम्म भएको बायोडाटा सुनाए । स्थानीय निकाय विभागको प्रमुख भएर १० वर्षसम्म राम्रो अनुभव लिएको दाबी पाण्डेले गरेका छन् । उनले दाबी गर्नेमध्ये नेतामा सबैभन्दा योग्य र अनुभवी आफैँ भएको बताए । ‘मुख्यमन्त्रीका धेरै जिम्मेवारी छन्, केन्द्रका धेरै काम प्रदेशले गर्नु पर्नेछ, त्यहाँ जाने महिला, जनजाति, ठाउँ विशेष भनेर होइन, योग्य छ की छैन, अनुभव र क्षमता कति छ, त्यसको आधारमा जिम्मेवारी दिनुपर्छ\', उनले भने । गुट फेरेको छैन उनले मुख्यमन्त्री हुनकै लागि गुट परिवर्तन गरेको भन्ने कुरा प्रति असहमति जनाए । ‘मुख्यमन्त्री हुन गुट परिवर्तन गर्‍यो भन्ने कुरा फजुल हो’, उनले एमाले गुट नै नभएको दाबी गर्दै भने । पार्टी अध्यक्ष ओली र नयाँ बन्ने नेपाल कम्युनिष्ट पार्टी मात्रै आफुलाई थाहा भएको उनले बताए । पाण्डेले आफुले संसदीय दलको निर्वाचन भएमा जितेर देखाउने पनि जिकिर गरे। संसदीय दलको नेता चयनमा निर्वाचनमै जानुपर्ने उनको भनाइ छ । उता सभामुखमा भने डोरमणी पौडेलको नाम करिब निश्चित छ । प्रदेश नम्बर ३ मा सबै प्रदेश भन्दा पहिले प्रदेश सभाको बैठक बसिसकेको छ । बैठकले माघ २७ गते सभामुख चयनको कार्यसूची बनाएको छ । सबै प्रदेशमा फागुन ३ गते भित्र मुख्यमन्त्री चयन भइसक्ने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending