Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

सुष्मा स्वराज भ्रमण–जसले चार दशकअघिको शीतल निवासमा बिहे सम्झायो

\"\"काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार शीतलनिवासमा २५ मिनेट भेटवार्ता भयो । स्वराज नेतृत्वको टोली मध्याह्न १२ बजे शीतलनिवास पुगेको थियो । त्यस क्रममा चार दशकअघि शीतलनिवासमै भएको भारतीय जोडीको विवाह चर्चाले वार्तामा रौनक थप्यो ।
अाजको कान्तिपुरमा खबर छ-परिचयकै क्रममा स्वराजले टोलीमा सहभागी भारतीय विदेशसचिव विजयकेशव गोखलेका बाबुआमाको विवाह शीतलनिवासमै भएको प्रसंग उठाइन् । ‘महामहिमज्यू, हाम्रा परराष्ट्र सचिवका पितामाताको विवाह पनि यही भवनमा भएको थियो,’ गोखलेसँग परिचय गराउँदै स्वराजले यसो भन्दा राष्ट्रपति भण्डारी प्रसन्न मुद्रामा देखिइन् । गोखलेका हजुरबुबा नेपालका लागि राजदूत छँदा उनले छोराको विवाह शीतलनिवासमा गराएका थिए । ‘मातापिताको विवाह भएको घर । मलाई कति चाँडो शीतलनिवास पुगौं जस्तो भएको थियो,’ भावविहल हुँदै गोखलेले भने । ‘मलाई झन् खुसी लाग्यो । यहाँ हुँदा तपाईंका मातापिताको विवाह नभएको भए ?,’ राष्ट्रपतिले पनि रमाइलो ढंगलेप्रत्युत्तर दिइन् ।
भण्डारीले स्वागत गरेपछि स्वराजले आफू यसपटक कुनै एजेन्डाबिनै आएको बताएकी थिइन् । ‘छिमेकमा आउँदा र मित्र भेटघाट गर्दा सधैं एजेन्डा हुनुपर्छ भन्ने छैन । औपचारिकता नै हुनुपर्छ भन्ने नि छैन,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै टोलीका एक सहभागीले भने ।
विदेशमन्त्री स्वराजसँगै सचिव गोखले, भारतीय राजदूत मञ्जिवसिंह पुरीसहितका अधिकारी शीतलनिवास पुगेका थिए । स्वराजले नेपालसँग भारतको पुरानो र ऐतिहासिक सम्बन्ध रहेको औंल्याउँदै त्यसलाई सधैंबलियो बनाउनुपर्ने बताएकी थिइन् । राष्ट्रपति भण्डारीले पनि दुई देशबीचको सम्बन्ध युगौंदेखिको भन्दै ‘हजारौं जिब्रो भएका शेषनागले समेत वर्णन गर्न नसक्ने’ खालको गहिरो र गाढा रहेको टिप्पणी गरिन् ।
भेटमा स्वराजले ठूलो राजनीतिक परिवर्तनपछि जारी संविधानप्रति भारत खुसी रहेको जनाउँदै त्यसलाई कार्यान्वयन गर्ने क्रममा हालै सम्पन्न चुनावले नेपाललाई समृद्धितिर लाने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । ‘राष्ट्रपतिज्यूले अब बन्ने सरकारले पनि दुई देशबीच सम्बन्ध बलियो बनाउनेतर्फ कदम चाल्ने आफ्नो विश्वास रहेको धारणा राख्नुभयो,’ उनले भने ।
स्वराजले राष्ट्रपति भण्डारीको पछिल्लो भारत भ्रमण पूर्ण सफल भएको प्रतिक्रिया दिएकी थिइन् । भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसहितका नेतालाई सम्झेकी थिइन् । उनले स्वराजसँग मुखर्जीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दै पूर्ण स्वस्थ भएपछि उनी नेपाल भ्रमणमा आउने अपेक्षा व्यक्त गरिन् ।
भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका हुन नसकेका जानकी र मुक्तिनाथ मन्दिर भ्रमणबारे पनि चर्चा भयो । ‘ती तीर्थस्थलसहित घुम्ने गरी मोदीजीको नेपाल भ्रमण हुनुपर्छ,’ राष्ट्रपतिले भनिन् । शीतलनिवासको ‘सगरमाथा बैठक’ कक्षमा भेटघाटपछि बिदाइका क्रममा स्वराजले राष्ट्रपति भण्डारीलाई अंकमाल गरेकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending