Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

प्रदेश सरकारका अधिकारहरू के के हुन् ?

\"\"काठमाडाैं । सातै प्रदेशमा प्रदेशसभाको बैठक बस्ने क्रममा बुधबार प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठक हेटौंडामा बसेको छ । संविधानअनुसार अब प्रदेशसभाले दुई साताभित्रै सातै प्रदेशमा प्रदेश सरकार गठन गर्ने छन् । गठनलगत्तै प्रदेश सरकारले प्रदेशमा आवश्यक मन्त्रालय, विभाग र सरकारी कार्यालयको अन्तिम टुंगो लगाउने छन् । आजको अन्नपूर्णमा खबर छ-अहिले केन्द्रीय सरकारले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालयको व्यवस्था गरे पनि प्रदेश सरकारले त्यसमा तत्काल थपघट गर्न सक्ने सरकारद्वारा गठित अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहालले जानकारी दिए । उनका अनुसार प्रदेशमा आवश्यक कृषि, पर्यटन, स्वास्थ्य, उर्जा, पर्यटन, शिक्षा, सिँचाइलगायत कार्यालय प्रदेश सरकार आफैंले स्थापना गर्नेछ । प्रदेशका विभिन्न मन्त्रालय मातहत रहने गरी प्रदेश सरकारले आवश्यकताको सिद्धान्तमा आधारित रही विभिन्न विभागसमेत आफैं स्थापना गर्न सक्नेछ । समिति अध्यक्ष दाहालले प्रदेश लोकसेवा आयोग गठन नहुन्जेल प्रदेश सरकारले प्रदेशमा कर्मचारी भर्ना गर्न नपाउने बताए । संविधानको धारा ३०२ अनुसार तत्काल कार्यरत निजामती कर्मचारी समायोजन गरी प्रदेशमा पठाउनु पर्ने व्यवस्था छ । त्यसरी प्रदेशमा कर्मचारी पठाएपछि रिक्त हुने र थपिएका अन्य दरबन्दीका लागि मात्र प्रदेश लोकसेवामार्फत कर्मचारी भर्ना गर्न सकिने उनले बताए । संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा कानुन बमोजिम लोकसेवा आयोगको व्यवस्था गरिएको छ । संघीय सरकारले कानुनअनुसार तयार पारेको आधार र मापदण्डमा रही आयोगले कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था रहेको उनले जानकारी दिए । समिति अध्यक्ष दाहालका अनुसार अब प्रदेशले केन्द्रीय सरकारसँग वित्तिय समन्वय र प्रशासनिक समन्वय गर्दै अघि बढ्नु पर्छ भने केन्द्रीय सरकारले पनि प्रदेश सरकारलाई सहयोग गर्नुपर्छ । ‘हाम्रो संघीयता कोअपरेटिभ मोडेलको हो त्यसैले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहयोगको भावना हुनै पर्छ’, उनले भने । संविधानको धारा २३२ मा पनि संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनु पर्ने उल्लेख छ । संविधानको धारा १८७ ले प्रदेशसभालाई विशेषाधिकार दिएको छ । यसअनुसार प्रदेशसभामा पूर्ण वाक् स्वतन्त्रता रहने र प्रदेशसभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतका आधारमा कुनै पनि सदस्यलाई पक्रने, थुन्ने वा निजउपर कुनै अदालतमा कारबाही चलाउन सकिने छैन । प्रदेशसभाका सभामुख, उपसभामुख तथा सदस्यको पारि श्रमिक र सुविधा प्रदेश कानुनबमोजिम हुने उल्लेख छ । स्थानीय तहमा जान अनिच्छा जनाएका कर्मचारी प्रदेश सरकारमा जान पनि अनिच्छुक देखिएका छन् । प्रदेशमा आवश्यक सरकारी कार्यालयहरू स्थापना भइ नसकेका, साधनस्रोतको अभाव र प्रदेश कार्यालयमा तत्काल कार्यस्थल अभाव रहेको भन्दै कर्मचारी प्रदेशमा जान अनिच्छुक देखिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सामान्यले झण्डै ४ सय हाराहारीमा कर्मचारी प्रदेशमा खटाए पनि आधाभन्दा धेरै कार्यस्थल नपुगेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending