Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

नारायणकाजीले प्रचण्ड र अोलीलार्इ सोधे-एकता कहाँ पुग्यो कम्रेड ?

\"\"काठमाडौं । एमाले-माओवादी एकता अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेपछि एकता संयोजन समितिमै यस विषयमा प्रश्न उठेको छ । दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा, नेतृत्वलगायत विषयमा छलफल गरी निचोड निकाल्न जिम्मेवारी दिए पनि अध्यक्षबीचको छलफल अल्झिएपछि समिति सदस्यले नै एकता प्रक्रियामा प्रश्न उठाएका हुन् । अाजको अन्नपूर्णमा खबर छ-एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको समिति बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीचको छलफलपछि एकता प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्न गरेका थिए । ‘एकता प्रक्रिया कहाँ पुगेको हो, अब कसरी अगाडि बढ्ने हो ? ’ श्रेष्ठले बैठकमा प्रश्न राखेका थिए । श्रेष्ठको त्यस्तो प्रश्नमा ओली-दाहालले एकता कसरी छिटो टुंग्याउने भन्ने स्पिरिटमा छलफल भइरहेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ओली उपचारका लागि बैंकक जानुअगाडि देखि नै दुई अध्यक्षबीच पटक-पटक एक्लाएक्लै वार्ता भएका थिए । माघ १२ र १४ गते पनि दुई अध्यक्षबीच लामो संवाद भएको थियो । त्यस्तो भेटवार्तामा दुई अध्यक्षबीच वैचारिक राजनीतिक पक्ष र एकीकृत पार्टीको नेतृत्वका विषयमा मोटामोटी सहमति जुटाउने, त्यसलाई दस्तावेजीकरण गर्न कार्यदल गठन गर्ने र सरकार गठनअगाडि नै एकता गर्ने समझदारी पार्टी एकता संयोजन समितिमा भएको थियो । तर दुई अध्यक्षबीचको छलफल निष्र्कषमा पुग्नै ढिलासुस्ती भइरहेको छ । अझै पनि दुई अध्यक्षबीच एक-दुई चरण छलफल हुने र एकता प्रक्रियालाई अगाडि बढाउने विषयमा कुरा भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा, नेतृत्वलगायत विषयमा छलफल गरी निचोड निकाल्न जिम्मेवारी दिए पनि अध्यक्षबीचको छलफल अल्झिएपछि समिति सदस्यले नै एकता प्रक्रियामा प्रश्न उठाएका हुन् ।
माओवादी केन्द्रका नेता श्रेष्ठले पनि संयोजन समितिका सदस्यबीच अनौपचारिक छलफल गर्ने र अध्यक्षहरूको छलफललाई पनि अगाडि बढाइने बताए । ‘सकारात्मक ढंगले दुई नेताबीच छलफल चलिरहेको छ । अझै एक-दुईपटक दुई अध्यक्षबीच छलफल गर्ने, एकता संयोजन समितिकै सदस्यबीचमा पनि अनौपचारिक छलफल गर्ने, त्यसपछि समिति बैठक बसी कार्यदल बनाएर अघि बढ्ने गरी प्रक्रिया अगाडि जान्छ,’ उनले भने । बैठकले प्रदेश सरकार गठनका लागि आपसी समझदारीसाथ सिट बाँडफाँट टुंगो लगाउन बनाएको कार्यदलको प्रतिवेदन संयोजन समिति बैठकले अनुमोदन गरेको छ । एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता रामबहादुर थापा नेतृत्वको कार्यदलले मुख्यमन्त्री, सभामुखलगायत विषय माघ १४ मा टुंगो लगाएको थियो । कार्यदलले बनाएको प्रतिवेदन संयोजन समिति बैठकले अनुमोदन गरेको एमाले नेता पाण्डेले बताए । दुई पार्टीबीच प्रदेश १, ३, ४ र ५ मा एमाले र प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्री लिने, प्रदेश १, ३, ६ र ७ मा एमालेले र प्रदेश ४ र ५ मा माओवादीले सभामुख लिने तथा प्रदेश ४ र ५ मा एमालेले र प्रदेश १, ३, ६ र ७ मा माओवादीले उपसभामुख लिने गरी सिट भागबन्डा भएको थियो । त्यस्तै कार्यदलले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउने र सरकारमा एमालेले ७० र माओवादीले ३० प्रतिशत हिस्सा लिएर सरकार गठन गर्ने समझदारी जुटाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending