Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

संसदमा दलित कम, दलहरुले किन गरे उपेक्षा ?

\"\"काठमाडौँ । प्रमुख दलहरूले समावेशी राजनीतिक प्रणालीलाई बेवास्ता गरेका कारण अब बन्ने संसद्मा मधेसी दलित सांसदको संख्या अत्यन्त कम हुने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एकजना पनि मधेसी दलित उम्मेदवार उठाइएनन्, दलहरूले समानुपातिक सूचीमा पनि तिनलाई राख्न कन्जुस्याइँ गरे । अाजकाे कान्तिपुरमा खवर छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार देशभर दलितको जनसंख्या १३.१२ प्रतिशत छ । तीमध्ये पहाडी मूलका दलित ८.१२, मधेसी मूलका दलित ४.४१ र अन्य दलित ०.५९ प्रतिशत छन् । कुल दलित जनसंख्यामध्ये मधेसी दलितले ३५ प्रतिशत हिस्सा ओगट्छ । संविधानको धारा ४० (७) मा दलितका लागि उपलब्ध हुने अवसर, सेवा, सुविधामा दलितभित्रका महिलालगायत सबै दलितले समानुपातिक सुविधा पाउनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तीन जना पहाडी दलित मात्रै निर्वाचित भएका छन्– रूपन्देही–३ बाट एमालेका छविलाल विश्वकर्मा, कास्की–१ बाट एमालेकै जगत विश्वकर्मा र बाँके–१ बाट माओवादी केन्द्रका महेश्वर गहतराज । निर्वाचित तीनै जना पहाडी दलित हुन् । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ को दफा १३ को ३ (क) मा समानुपातिकतर्फ दलितलाई १३.८ प्रतिशत सिट आरक्षित गरिएको छ । जनसंख्याअनुसार मधेसी र पहाडी दलित भनेर स्पष्ट नछुट्याइँदा दलित जनसंख्याको ठूलो हिस्सा ओगटेका मधेसका दलितको संसद्मा उपस्थिति अत्यन्तै न्यून हुने देखिएको छ । तीन सय ३४ सदस्यीय संसदमा समानुपातिकतर्फ एक सय १० सिट छ । त्यसअनुसार संसद्मा १५ जना दलित अनिवार्य छ । प्रमुख दलहरूले समानुपातिकतर्फ मधेसी दलितको न्यून संख्या समावेश गरेकाले संसद्मा मधेसी दलितको उपस्थिति कमजोर हुने भएको हो । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा ८ पहाडी दलित महिला, ६ पहाडी दलित पुरुष र एक मधेसी दलित पुरुषको नाम छ । त्यस्तै एमालेले ७ पहाडी दलित महिला, ४ पहाडी दलित पुरुष, १ मधेसी दलित महिला र ३ मधेसी दलित पुरुषको नाम बुझाएको छ । माओवादी केन्द्रले ७ पहाडी दलित महिला, ७ पहाडी दलित पुरुष र १ मधेसी दलित महिलाको नाम समावेश गरेको छ । समानुपातिकतर्फ तीन ठूला दलले पाएको मतअनुसार एमालेले ४१ सिटमध्ये ६ दलित पठाउनुपर्ने हुन्छ । कांग्रेसले पाएको ४० सिटमध्ये ६ दलित र माओवादी केन्द्रले पाएको १७ सिटमध्ये २ दलित पठाउनुपर्ने हुन्छ । तीन ठूला दलले बाध्यात्मक रूपमा न्यूनतम दलितको सहभागिता गराउँदा समानुपातिकतर्फबाट १४ दलितको संसद्मा प्रतिनिधित्व हुनेछ । त्यसमा मधेसी दलित संख्या न्यून हुनेछ, किनकि तीन ठूला दलले दुई महिला र चार पुरुष गरी ६ मधेसी दलितको नाम मात्रै समानुपातिक सूचीमा राखेका छन् । प्रत्यक्षतर्फ ११ सिट वा त्यसभन्दा कम जित्ने दलले समानुपातिकतर्फ मनोनयन गर्दा महिलाको संख्या ३३ प्रतिशत मात्रै पुर्‍याए हुने व्यवस्था छ । यो व्यवस्थाका कारण राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई समानुपातिकतर्फ दलितलाई लैजानैपर्ने बाध्यात्मक अवस्था हुनेछैन । यही व्यवस्थाकै कारण दोस्रो संविधानसभामा मधेस केन्द्रित दलहरूले एक जना पनि दलितलाई संविधानसभामा स्थान दिएका थिएनन् । प्रत्यक्षतर्फ निर्वाचित ३ र समानुपातिकतर्फबाट तीन मुख्य दलबाट आउने कम्तीका १४ र सात प्रदेशबाट आउने कम्तीका एक/एक दलितसहित संसद्मा २४ दलितको सहभागिता हुने सम्भावना देखिन्छ । त्यो भनेको संसद्मा दलितको सहभागिता करिब सात प्रतिशत मात्र हो, जबकि राष्ट्रिय जनगणना २०६८ अनुसार जनसंख्यामा दलितको हिस्सेदारी १३.१२ प्रतिशत छ । संसद्मा पुगेका थोरै दलितमध्ये पनि अधिकांश पहाडी दलित हुने सम्भावना देखिन्छ, जबकि मधेसको जनसंख्यामा मधेसी दलितको हिस्सा १७.३ प्रतिशत छ । पहिलो संविधानसभामा दलित सभासदको उपस्थिति ८.३३ प्रतिशत अर्थात् ५० जना थियो । तर दोस्रो संविधानसभामा त्यो संख्या घटेर झन्डै सात प्रतिशत अर्थात् चालीस जना दलित सभासद थिए । अब बन्ने संसद्मा मधेसी दलितको कमजोर उपस्थिति हुने सम्भावना बढेकाले गत बुधबार मधेसी दलित अभियन्ता भोला पासवान, बच्चु सरबरिया, युक्तिलाल मरिक, घनश्याम रजक, पच्चु माझी मुसहर र रक्षाराम हरिजनले निर्वाचन आयोगमा मधेसी दलितको प्रतिनिधित्व कमजोर हुने भन्दै ज्ञापनपत्र बुझाएका थिए । पासवानको बुझाइमा मधेस केन्द्रित दल र मुख्य तीन दलले नेपाली समाजको समावेशी संरचनालाई बेवास्ता गरेकाले यो स्थिति आएको हो । दलित महिलाको संख्या बढ्ने ३३ प्रतिशत महिला र १३.८ प्रतिशत दलितलाई संसद्मा उपस्थित गराउनैपर्ने बाध्यात्मक कानुनी व्यवस्थाका कारण दलित महिलाको संख्या संसद्मा बढ्ने देखिन्छ । दलित महिला छानेमा दलिततर्फ पनि जोड्न सकिने र महिलातर्फको प्रतिनिधित्व पनि पुग्ने भएकाले यस्तो सम्भावना बढेको हो । यसबाट पनि मधेसी दलित महिलाको संख्या भने बढ्ने छैन । किनकि, तीन मुख्य दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा दुई मात्रै मधेसी दलित महिलाको नाम छ । प्रमुख तीन ठूला दलमध्ये एमाले र माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ पाँच महिलाले मात्रै चुनाव जितेका छन् । संसद्मा ३३ प्रतिशत महिलाको संख्या पुर्‍याउन समानुपातिक सूचीबाट धेरै महिला समेट्नुपर्ने हुन्छ । राष्ट्रिय सभामा महिलाको संख्या बढेको खण्डमा भने दलहरूले एक तिहाइ नघट्ने गरी महिला संख्या कटौती गर्न सक्छन् । प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकतर्फ ४१ सिट पाएको छ । एमालेबाट दुई महिला उम्मेदवारले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जितेकाले समानुपातिक सूचीबाट ३८ महिला छान्नुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार उसले ६ दलित अनिवार्य रूपमा संसद्मा पठाउनुपर्ने हुन्छ । समानुपातिक सूचीमा ८ दलित महिलाको नाम राखेको एमालेले महिला र दलित दुवैको कोटा एकैजनाबाट पुर्‍याउन दलित महिला छान्ने छ । प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ४० सिट पाएको छ । कांग्रेसबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक जना पनि महिला निर्वाचित नभएकाले उसले २१ महिलालाई समानुपातिक सूचीबाट राख्दै ६ दलित अनिवार्य रूपमा छान्नुपर्ने हुन्छ । समानुपातिक सूचीमा ८ दलित महिलाको सूची राखेकाले कांग्रेसले पनि समावेशी कोटा पुर्‍याउन महिला दलितलाई छनोट गर्ने सम्भावना बढी छ । माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट जितेको छ भने समानुपातिकतर्फ १७ सिट पाएको छ । उसले संसद्मा १७ महिला पठाउनुपर्ने हुन्छ । माओवादीका तर्फबाट प्रतिनिधिसभा प्रत्यक्षमा तीन महिला उम्मेदवार निर्वाचित भएका छन् । माओवादीले समानुपातिक सूचीबाट १४ महिला उम्मेदवार छान्नुपर्ने हुन्छ । दुई दलित उम्मेदवार पनि समानुपातिक सूचीबाटै छान्नुपर्ने हुन्छ । माओवादीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक सूचीमा ८ दलित महिला छन् । माओवादीले पनि महिला र दलित कोटा पुर्‍याउनका लागि दलित महिला छनोट गर्ने सम्भावना छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending