काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा नहुँदा कृषि, जलविद्युत् र पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित भएका छन् भने आगामी प्रि–मनसुन अझ कष्टकर हुने संकेत देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदर ५९.८ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष १६ मंसिरदेखि १३ माघसम्म जम्मा ३.६ मिलिमिटर मात्रै पानी परेको छ । डिसेम्बर महिनामा त देशभर शून्य वर्षा रेकर्ड भएको छ ।
मौसमविदहरूका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदा सुदूरपश्चिम र गण्डकीका केही भूभागबाहेक अन्यत्र पानी र हिउँ पर्न सकेन । ‘हिउँदे प्रणाली कमजोर हुँदा जमिनको ओस सुक्दै गएको छ, यसले चैत–वैशाखलाई झन् जोखिमपूर्ण बनाउनेछ,’ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देल भन्छन् ।
विगत केही वर्षयता हिउँद झन् सुक्खा बन्दै गएको देखिन्छ । सन् २०२५ को हिउँद सबैभन्दा सुक्खा मानिएको छ, जहाँ जम्मा १२.३ मिलिमिटर वर्षा मात्रै भएको थियो । पछिल्ला पाँच वर्षमध्ये २०२० र २०२२ बाहेक सबै हिउँद औसतभन्दा निकै सुक्खा छन् ।
सुक्खासँगै ताता दिन र ताता रात पनि बढेका छन् । न्यूनतम र अधिकतम तापक्रम दुवै औसतभन्दा माथि रहँदा हिउँदे झरीको परम्परागत ढाँचा नै फेरिएको मौसमविदहरूको निष्कर्ष छ ।
हिउँदे पानी नपर्दा हिउँदे बाली सुक्ने, खोलानालामा बहाव घट्ने, जलविद्युत् उत्पादन घट्ने र वन डढेलोको जोखिम बढ्ने खतरा बढेको छ । विज्ञहरू जलवायु अनुकूलनका उपाय अविलम्ब अपनाउनुपर्नेमा जोड दिन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...
माघ १४ गते, २०८२ - २०:३२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लेटफर्ममार्फ...
माघ १४ गते, २०८२ - २०:१२
काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूल...
माघ १४ गते, २०८२ - २०:०९
तनहुँ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशुली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ। बसको केह...
माघ १४ गते, २०८२ - १९:५४
विराटनगर । कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियानको औपचारिक सुरुवा...
माघ १४ गते, २०८२ - १९:५०
निर्वाचनको औपचारिक गठबन्धन नभएपनि भित्रभित्रै ‘भोट साटासाट’ सुरु
माघ १४ गते, २०८२ - १९:३७
राजविराज । सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी टाँगिएका चुनाव चिन्ह उल्लेखित तोरण, झण्डा, पोस्टरलगायत प्रचार सामग्री २४ घण्टाभित्र हटाउने सहमति ...




प्रतिकृया लेख्नुहोस्: