काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा नहुँदा कृषि, जलविद्युत् र पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित भएका छन् भने आगामी प्रि–मनसुन अझ कष्टकर हुने संकेत देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदर ५९.८ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष १६ मंसिरदेखि १३ माघसम्म जम्मा ३.६ मिलिमिटर मात्रै पानी परेको छ । डिसेम्बर महिनामा त देशभर शून्य वर्षा रेकर्ड भएको छ ।
मौसमविदहरूका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदा सुदूरपश्चिम र गण्डकीका केही भूभागबाहेक अन्यत्र पानी र हिउँ पर्न सकेन । ‘हिउँदे प्रणाली कमजोर हुँदा जमिनको ओस सुक्दै गएको छ, यसले चैत–वैशाखलाई झन् जोखिमपूर्ण बनाउनेछ,’ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देल भन्छन् ।
विगत केही वर्षयता हिउँद झन् सुक्खा बन्दै गएको देखिन्छ । सन् २०२५ को हिउँद सबैभन्दा सुक्खा मानिएको छ, जहाँ जम्मा १२.३ मिलिमिटर वर्षा मात्रै भएको थियो । पछिल्ला पाँच वर्षमध्ये २०२० र २०२२ बाहेक सबै हिउँद औसतभन्दा निकै सुक्खा छन् ।
सुक्खासँगै ताता दिन र ताता रात पनि बढेका छन् । न्यूनतम र अधिकतम तापक्रम दुवै औसतभन्दा माथि रहँदा हिउँदे झरीको परम्परागत ढाँचा नै फेरिएको मौसमविदहरूको निष्कर्ष छ ।
हिउँदे पानी नपर्दा हिउँदे बाली सुक्ने, खोलानालामा बहाव घट्ने, जलविद्युत् उत्पादन घट्ने र वन डढेलोको जोखिम बढ्ने खतरा बढेको छ । विज्ञहरू जलवायु अनुकूलनका उपाय अविलम्ब अपनाउनुपर्नेमा जोड दिन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: