Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

प्रतिनिधिसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

खबरडबली संवाददाता

काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिले माग गरेका छन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मंगलबार आयोजना गरेको निजी क्षेत्रका छाता संस्थाहरूसँगको अन्तरक्रियामा सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिता पालना भएमात्र स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपामा निर्वाचन हुने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निर्वाचन आचारसंहिताको पूर्णपालना गराउन अनुगमनमा कडाइ गर्नुपर्ने र आचारसंहिता उल्लङ्घन भएको पाइएमा तत्काल कारबाहीको व्यवस्था गर्नुपर्ने सुझाव दिए । 

उद्योग क्षेत्रलाई व्यवस्थित निष्पक्ष र लगानीमैत्री बनाउन स्पष्ट सीमा र पारदर्शी लेखा प्रणाली आवश्यक भएको उनको विचार थियो । निर्वाचन आचारसंहिता पालना र मतदाता शिक्षाको लागि उद्योग क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको पनि अध्यक्ष अग्रवालले जानकारी गराए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व आवश्यक भएको बताए ।निर्वाचन सम्पन्न गराएर स्थिर सरकार बनाउन आवश्यक रहेको उनको धारणा थियो । निर्वाचनमा उम्मेदवारहरूले खर्च विवरण लिँदा पारदर्शी रूपमा बैंकबाटै कारोबार गर्ने व्यवस्था राम्रो भएकाले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन पनि उनले माग गरे ।

उद्योग वाणिज्य महासङ्घको केन्द्र र सबै शाखाहरूबाट पनि निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा प्रचारप्रसार गरेर निर्वाचन सम्पन्न गराउन आयोगलाई सहयोग गर्ने प्रतिबद्धता वरिष्ठ उपाध्यक्ष श्रेष्ठको थियो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै मतदाता शिक्षामा आयोगले अझ ध्यान दिनुपर्ने सुझाव दिए।

त्यसका लागि आयोगलाई आवश्यक सहयोग गर्न आफूहरू पनि तयार रहेको उनले बताउए । बदलिँदो परिस्थितिमा निर्वाचन हुन्छ हुँदैन भन्ने अन्योलबीच निर्वाचन हुन्छ भन्ने वातावरण आयोगले बनाएकोमा उहाँले खुसी व्यक्त गरे । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले निर्वाचनको समयमा हवाई तथा स्थलमार्गबाट नेपाल भित्रने पर्यटकलाई होटल तथा गन्तव्यसम्म पुग्नका लागि सहज वातावरण बनाउने गरी सहयोग गर्न आयोगलाई आग्रह गरे ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि अन्तरराष्ट्रिय जगत्मा नै नेपालमा शान्ति पूर्ण रूपमा निर्वाचन हुन सक्दैन भन्ने भ्रम रहेको भन्दै उहाँले त्यस्तो किसिमका भ्रमलाई गलत सावित गर्नको लागि पनि निर्वाचनको समयमा आउने पर्यटकको उचित व्यवस्थापन आवश्यक रहेको र त्यसतर्फ आयोगले पनि आवश्यक सहयोग गर्न आग्रह गरे । निर्वाचनको समयमा आवश्यक सहयोग र समन्वय गर्न आफूहरू तयार रहेको पनि उनले जानकारी गराए ।

रेष्टुराँ तथा बार एसोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका विषयमा आयोगलाई आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले निर्वाचनको समयमा नेपाल आउने पर्यटकलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले सहजीकरण गर्नुपर्ने बताए ।

निर्वाचनसम्बन्धी सकारात्मक सूचना विश्व बजारमा पुर्‍याउन पर्यटन व्यवस्थापन आवश्यक भएको उनले सुनाए। निर्वाचन आचारसंहिता पालनामा संस्थाको फेसबुक एवं वेबसाइटमार्फत सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग भएको र समुदायलाई असर हुनेगरी ध्वनि प्रदूषण भएको विषयप्रति आयोगको ध्यानाकर्षण गराए । साथै निर्वाचन आचारसंहिता पालनालगायत निर्वाचनसँग सम्बन्धित विषयमा सम्पूर्ण जिल्ला कार्यालय र वेबसाइटमार्फत सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।

नेपाल उद्योग परिसङ्घका महानिर्देशक घनश्याम भुसालले सातै प्रदेश र जिल्लामा निर्वाचन आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महिला उद्यमी महासङ्घका मल्लिका श्रेष्ठले मतपत्रको नमूना निकाल्न राजनीतिक दललाई दिँदा राजनीतिक दलहरूले आफ्नो निर्वाचन चिह्नमा छाप लगाएको मतपत्र मतदातासमक्ष देखाउने गरेको जसको कारण केही मतदाता अन्योलमा समेत पर्ने गरेकाले आयोगले नै मतपत्रको नमूना निकाल्नुपर्ने सुझाव दिइन्।

निर्वाचनको समयमा महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रयोग गर्न आग्रह गरिन् । उनले महिलाहरूको लागि निर्वाचनसम्बन्धी चेतनामूलक कार्यक्रम आवश्यक रहेको पनि बताइन् । सो अवसरमा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचनको तयारी र हालसम्म भए गरेका कामका बारेमा प्रस्तुति गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...

चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, २५ मोबाइल बरामद

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...

सुक्खा हिउँद, डढेलो र बाली संकटको संकेत

काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...

भोटबैंक बनेका शुक्लाफाँटा पीडित : लालपुर्जा कहिले पाउँछन् नागरिकता झैँ नागरिक अधिकार ?

कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...

भोट माग्ने दौडमा बाचा लुकाउने राजनीति, चुनाव आउन ३७ दिन बाँकी हुँदा घोषणापत्र अझै अन्योलमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लेटफर्ममार्फ...

प्रतिनिधिसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूल...

गणपति डिलक्स बसको उत्खनन स्थगित

तनहुँ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशुली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ। बसको केह...

धर्मगुरु आत्मनन्दको आशीर्वाद लिन लारुम्बा पुगे बालेन्द्र

विराटनगर । कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियानको औपचारिक सुरुवा...

चुनावको पर्दा पछाडि चलिरहेको भोटको राजनीति

निर्वाचनको औपचारिक गठबन्धन नभएपनि भित्रभित्रै ‘भोट साटासाट’ सुरु

सप्तरीमा २४ घण्टाभित्र सार्वजनिक स्थलबाट चुनाव चिन्हका तोरण, झण्डा र पोस्टर हटाइने

राजविराज । सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी टाँगिएका चुनाव चिन्ह उल्लेखित तोरण, झण्डा, पोस्टरलगायत प्रचार सामग्री २४ घण्टाभित्र हटाउने सहमति ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending