Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

भोटबैंक बनेका शुक्लाफाँटा पीडित : लालपुर्जा कहिले पाउँछन् नागरिकता झैँ नागरिक अधिकार ?

खबरडबली संवाददाता

कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीवन बिताइरहेका छन्। चुनाव आउँछ, नेता आउँछन्, आश्वासन बाँडिन्छ  । तर लालपुर्जा कहिल्यै आउँदैन।

जयबहादुर रोकायाजस्ता पीडितका लागि राज्य एउटा नक्सामा मात्रै देखिने संरचना बनेको छ । बुढेसकालमा ९० वर्षीया आमासँग ढक्काको छाप्रामा बस्दै गर्दा उनका छोराछोरी भारत र विदेशमा मजदुरी गरिरहेका छन् । घर छैन, जग्गा छैन, राज्यसँग कागज मात्रै छन् ।

२०५८ सालमा संकटकालको आडमा सेनाले बल प्रयोग गरेर कञ्चनपुरका बस्तीहरू उठाउँदा विस्थापित भएका २ हजार ४७३ परिवार अझै “आन्तरिक शरणार्थी” कै जीवन बाँचिरहेका छन् । राज्यले बनाएको ३४ वटा आयोग, खर्च भएको करिब एक अर्ब रुपैयाँ, तर समाधान शून्य।

आज उनीहरू कञ्चनपुरको भगतपुर क्षेत्रमा ३०० भन्दा बढी टहरामा बसिरहेका छन् । जाडोमा शीत, गर्मीमा लामखुट्टे, वर्षामा पानी, रोगमा उपचार छैन, बुढेसकालमा सहारा छैन ।  छोराछोरी भारत, खाडी र सहरतिर । शिविरमा बाँकी छन्  बुढाबुढी, असहाय र प्रतीक्षाको जीवन।

हामी नागरिक हौँ कि केवल मतदाता ?

आरक्षपीडितहरूको प्रश्न सरल छ  राज्यले भोट माग्छ, तर अधिकार दिँदैन। नागरिकता छ, मतदाता परिचयपत्र छ, तर जग्गा छैन। मतदान गर्न योग्य नागरिक, तर बस्न अयोग्य नागरिक।

शुक्लाफाँटा पीडितहरू आज भोटबैंक बनेका छन् चुनावमा सबै दल आउँछन्, आन्दोलनमा सबै आश्वासन दिन्छन्, सरकार बनेपछि सबै हराउँछन्।

“भुटानी शरणार्थीभन्दा कमजोर अवस्था”

पीडित जयबहादुर रोकायाको प्रश्न झनै कठोर छ । “भुटानी शरणार्थीले शिक्षा र स्वास्थ्य पाए, हामी आफ्नै देशमा केही पनि पाएनौँ।” अब प्रश्न बदलिएको छ पहिले प्रश्न थियो  लालपुर्जा कहिले ? अब प्रश्न बनेको छ  यो देशमा जन्मिएका नागरिकले आफ्नो देशमै घर बनाउने अधिकार किन पाउँदैनन् ? सरकारको आँखामा हामी नागरिक हौँ कि केवल चुनावी गणना ?

भोटको राजनीति, अधिकारको उपेक्षा

कञ्चनपुर–१, २ र ३ मा फैलिएका हजारौँ आरक्षपीडित मतदाताहरू अब राजनीतिक रूपमा सचेत हुँदैछन् । उनीहरू भन्छन्  “अब भाषण होइन, समाधान चाहिन्छ। अब आश्वासन होइन, लालपुर्जा चाहिन्छ।”

शुक्लाफाँटा पीडितहरूको पीडा अब मानवीय संकट मात्र होइन, यो राज्यको नैतिक असफलता हो। २६ वर्षसम्म पनि एउटा परिवारलाई बस्ने जग्गा दिन नसक्ने राज्यले लोकतन्त्र, समावेशिता र नागरिक अधिकारको कुरा गर्नु कत्तिको नैतिक ?

अब प्रश्न स्पष्ट छ  भोट त पाइरहेकै छन् नेताहरू, तर शुक्लाफाँटा पीडितले लालपुर्जा कहिले पाउँछन् ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: