Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

ठूलो भ्रष्टाचार ठहरमा यादव जेल चलान

\"\"भारत । सीबीआईको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १६ जनालाई ‘चारा घोटाला काण्ड’ मा दोषी ठहर गरेको छ ।दुई दशक पहिलेको भ्रष्टाचार मुद्दामा शनिबार दोषी प्रमाणित भएसँगै उनीहरू अदालत परिसरबाटै पक्राउ परेका हुन् । अाजकाे कान्तिपुरमा खवर छ । अधिकारीले उनीहरूलाई झारखण्डको राँचीस्थित विर्सा मुन्डा कारागार चलान गरिएको जनाएका छन् । चारा घोटालाका विभिन्न ६ मुद्दामध्ये यो दोस्रो फैसला हो । उक्त घोटालामा ९ सय करोड हिनामिना भएको सीबीआई अधिकारीले दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ । सीबीआई अदालतका न्यायाधीश शिवपाल सिंहले यादवसहित १६ राजनीतिज्ञ र कर्मचारीले सन् १९९१ देखि १९९४ सम्म ८९ लाख २७ हजार रुपैयाँ हिनामिना गरेको प्रमाणित भएको जनाए । न्यायाधीशका अनुसार पक्राउ परेकालाई दिइने सजाय अदालतले आगामी जनवरी ३ मा सुनाउने छ । अदालतले उक्त मुद्दामा पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रासहित ६ जनालाई भने सफाइ दिएको छ । यसअघि लालु सन् २०१३ को सेप्टेम्बर ३० मा पहिलो मुद्दामा दोषी ठहर भएका थिए । उनलाई सर्वोच्च अदालतले संसदका लागि अयोग्य ठहर गर्दै चुनाव लड्न रोक लगाएको थियो । उक्त भ्रष्टाचारमा अधिकारीहरूले ३४ जनाविरुद्ध मुद्दा दायर गरेका थिए । तीमध्ये ११ जनाको अदालतको सुनुवाइका क्रममा मृत्यु भएको थियो । पक्राउ परेलगत्तै प्रतिक्रिया दिँदै यादवले आफ्ना कार्यकर्तालाई शान्त रहन अपिल गरेका थिए । यादव सन् १९९० देखि लगातार सात वर्ष बिहारका मुख्यमन्त्री बनेका थिए । राष्ट्रिय जनता दलका अध्यक्ष यादवले १९९७ मा चारा भ्रष्टाचार काण्डका कारण राजीनामा दिएका थिए । उनी २००४ देखि पाँच वर्ष यूपीए गठबन्धन सरकारमा केन्द्रीय रेलमन्त्रीसमेत भएका थिए । के हो ‘चारा घोटाला’ ? ‘चारा घोटाला’ बिहारकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड मानिन्छ । पशुलाई दिइने दानाको नाममा ९ सय करोड रुपैयाँ बिहार सरकारको कोषबाट फर्जी रूपमा निकालिएको काण्डलाई नै चारा घोटाला भनिन्छ । पशुपालन विभागका अधिकारी र ठेकेदारहरूले राजनीतिक मिलेमतोमा उक्त रकम निकालेका थिए । यो भ्रष्टाचार काण्डमा सरकारी अर्थ विभाग र पशुपालन विभागका सयौं कर्मचारी रातारात पक्राउ गरिएको थियो भने ठेकेदार र आपूर्तिकर्ताहरूलाई पनि हिरासतमा लिइएको थियो । सामान्य रूपमा छानबिन सुरु भएकोमा पछि पूर्वमुख्यमन्त्री यादवसहित तानिएका थिए । सच्याइएकोस् यादवमाथि सजाय जनवरी ३ मा सुनाइने हुनुपर्नेमा यसअघि प्रकाशित समाचारमा अन्यथा पर्न गएकाले सच्याइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending