Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

काग्रेसकाे धम्कीमा एमालेकाे आपत्ति

\"\"काठमाडौँ । निर्वाचनको जनादेशलाई बेवास्ता गर्दै कांग्रेसले सत्ता हस्तान्तरण गर्न नचाहेको निष्कर्ष एमालेले निकालेको छ । सत्ता लम्ब्याइरहन उसले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको विवाद सिर्जना गरेको र निर्वाचन आयोगसमेतलाई परिणाम घोषणा नगर्न धम्काइरहेको उसको ठहर छ । निर्वाचनपछि पहिलो पटक शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले जनादेशको ख्याल गरेर छिटो नयाँ सरकार गठन गर्ने वातावरण बनाउन सरकार र आयोगको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय सभा गठन बहुमतीय प्रक्रियाबाटै हुनुपर्ने र अन्य विकल्पमा जान नसक्ने निष्कर्षसमेत बैठकले निकालेको छ । विगतमा दलहरूबीचको छलफलभन्दा फरक ढंगले अध्यादेश जारी गर्ने सरकारको प्रयासप्रति उसले आपत्ति जनाएको अाजकाे कान्तिपुरमा खवर छ । एकल संक्रमणीय प्रणालीबाट निर्वाचन गर्ने प्रावधान राख्ने कुरा एमालेलाई मान्य नहुने बैठकको निष्कर्ष छ । ‘राष्ट्रिय सभाको गठन संविधानको व्यवस्था र यससम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलहरूबीच भएको पूर्वसमझदारीअनुरूप नै हुनुपर्छ,’ बैठकको निर्णयमा भनिएको छ । संसद् भएकै बेलामा संसदीय समितिमा बहुमतबाट निर्वाचन गर्ने सहमति भएको थियो । तर उक्त प्रावधानसहितको विधेयक पारित नभई संसदको कार्यकाल सकिएको थियो । त्यसपछि सरकारले संसदीय समितिमा भएको समझदारीभन्दा विपरीत एकल संक्रमणीय प्रणालीको प्रावधान राखेर राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि विवाद भएको हो । यही विवादको निरूपण नहुँदा निर्वाचन परिणाम घोषणा गर्ने काम अल्झेको छ भने नयाँ सरकार गठन प्रक्रियामा समेत प्रश्न उठिरहेको छ । एमाले बैठकले राष्ट्रिय सभा गठनसम्बन्धी विषयले नयाँ सरकार गठन प्रक्रिया नरोकिने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अप्ठेरो नरहेको उल्लेख गर्दै छिटो नयाँ सरकार गठनको वातावरण बनाउन एमालेले आग्रह गरेको छ । ‘ताजा जनादेशअनुरूप नयाँ सरकार गठनका लागि छिटोभन्दा छिटो उपयुक्त वातावरण निर्माण गर्न निर्वाचन आयोग र प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएका छौं,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने । उनका अनुसार निर्वाचन परिणाम घोषणा गरे आयोगविरुद्ध अदालतमा जाने धारणा कांग्रेसका केही नेताहरूबाट आएकोबारे पनि बैठकको ध्यानाकर्षण भएको छ । संवैधानिक जिम्मेवारीअनुसारको काम गर्न आयोगलाई अवरोध हुने खालका अभिव्यक्ति आपत्तिजनक भएको एमालेको भनाइ छ । पार्टी एकता छिट्टै एमाले बैठकले आफ्नो पार्टी र माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया छिटो टुंगो लगाउने निर्णय गरेको छ । अध्यक्ष केपी ओलीले एकता प्रक्रिया छिट्टै टुंग्याउने गरी माओवादी नेतृत्वसँग छलफल भइरहेको बैठकमा ब्रिफिड गरेका थिए । दुई दलका अध्यक्षबीच दिनहुँजस्तो छलफल भइरहेकाले एकता संयोजन समितिको बैठकबाट ठोस खाका आउने सचिव प्रदीप ज्ञवालीले जनाए । उनका अनुसार सम्भवत: शनिबार बस्ने संयोजन समिति बैठकबाट एकता प्रक्रिया र खाकाबारे ठोस छलफल सुरु हुनेछ । ‘दुई पार्टीबीच सम्मानजनक एकता हुन्छ, त्यसका के–के विधि हुन्छन् भन्नेबारे अध्यक्षहरूको तहमा छलफल भइरहेको छ,’ ज्ञवालीले भने, ‘यही विकल्पमा जाने भन्ने निश्चित भइसकेको छैन ।’ ओली र दाहालबीच बिहीबार राति लामो छलफल भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending