Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

शुक्रबारदेखि एमाले-माओवादी एकीकरण प्रक्रिया

\"\"काठमाडौं । साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकमा पार्टी एकीकरणको अजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुनेछ ।

अाजकाे नागरिकमा खबर छ-‘केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्दैछ, त्यसले एकीकरण प्रक्रियाबारे छलफल गर्ने तथा अजेन्डा तयार पार्ने काम गर्नेछ,’ माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, ‘त्यस बैठकमा जानुअघिको अजेन्डा तयार गर्न माओवादीले बैठक सम्पन्न गरिसकेको छ, अब एमालेले आन्तरिक बैठक सक्नेबित्तिकै संयुक्त बैठक बस्नेछ ।’ उनका अनुसार सो बैठकमा पेस गर्ने औपचारिक अजेन्डा र विषय तयार नपारिसकेकाले बैठक बस्न ढिलाइ भएको छ । माओवादीको गत ३ गतेको बैठकले एकीकरण प्रक्रियालाई प्राथमिकता दिने निर्णयसहित पदीय बाँडफाँटमा सम्मानजनक अवस्था दिलाउने म्यान्डेटसहित पार्टी नेतृत्वलाई जिम्मेवारी दिइसकेकोे छ । एमाले नेता सुबासचन्द्र नेम्बाङका अनुसार बिहीबार बस्ने स्थायी समिति बैठकमा माओवादीसँगको एकीकरण प्रक्रिया कसरी अगाडि लैजाने भन्नेबारे छलफल हुनेछ । ‘स्थायी समिति बैठकमा छलफलपछि एकता संयोजन समितिमा पार्टीका अजेन्डा लैजानेछौं,’ नेम्बाङले नागरिकसँग भने, ‘एकीकरणको तयारी बैठकका रुपमा आगामी स्थायी समिति बैठकलाई लिएका छौं ।’ उनका अनुसार उक्त बैठकले पार्टी एकीकरणलाई प्राथमिकतामा राखेर निर्वाचन परिणामको समीक्षा पनि गर्नेछ ।

केन्द्रीय संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत छन भने माओवादीवाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता श्रेष्ठ, रामबहादुर थापालगायतका नेता सम्मिलित छन् । दुवै दलले आआफ्ना अजेन्डा शुक्रबारको बैठकमा पेस गर्दैछन् । यसैबीच काठमाडौंबाट प्रतिनिधिसभा र प्रदेशसभामा विजयी उम्मेदवारलाई बधाई दिने कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकीकरणमा आशंका नगर्न आग्रह गरेका छन । ‘पार्टी एकता हुन्छ कि हुन्न भनेर धेरैले सोचिरहनुभएको होला, ढुक्क रहनुहोस्, पार्टी एकता हुन्छ,’ ओलीले भने, ‘सरकार पनि बनाउँदै जान्छौं, एकीकरण पनि गर्दै जान्छौं, अब यो प्रक्रिया रोकिन्न ।’ एकीकरणको उद्देश्यसहित गठबन्धन बनाएर निर्वाचनमा गएका कारण जनताले भरोसाका साथ उल्लेख्य मत दिएको बताउँदै उनले जनमतको सम्मान पार्टी एकीकरणबाट गरिने स्पष्ट पारे । ‘दुवै पार्टीलाई एकीकरण र समृद्धिका लागि जनताले मत दिएका छन्, जनताको यो आकांक्षा पूरा गरेनौं भने, उनीहरुको विश्वासमा धोका दियौं भने यस्तो मौका कयौं वर्षसम्म आउँदैन,’ ओलीले भने, ‘यो जनमतलाई दुवै पार्टीले सम्मान गर्नेछन्, एकीकरण निकट भविष्यमा नै हुनेछ, आआफ्नो ठाउँबाट तपाईंहरु लाग्नुहोस् ।’

ओलीले एमाले र माओवादी एकअर्कामा विलय भई तेस्रो प्रकारको पार्टी बन्ने बताए । ‘एकीकरणपछि माओवादीले एमाले निल्छ, एमालेले माओवादी निल्छ अनि त्यसपछि तेस्रो प्रकारको पार्टी बन्छ,’ ओलीले भने, ‘त्यसपछि पहिलाको जस्तो एमाले र माओवादी खोजेर पाउनुहुन्न, नयाँ प्रकारको पार्टी बन्छ ।’ दुई पार्टीबीचको एकीकरण प्रक्रिया भाँड्न केही शक्ति लागेको आरोप लगाउँदै ओलीले एकीकरण अरुका निम्ति अचानकजस्तो  देखिएपनि दुई पार्टीका निम्ति भने सुनियोजित भएको दाबी गरे । ‘एकीकरण प्रक्रिया भाँड्ने उद्देश्यसहित केहीकेही गैंडाको जस्तो जिब्रो लिई माया गरेको जस्तो स्वाङ पारेर कतैकतै चाट्न खोजेको जस्तो देखिन्छ,’ ओलीले भने, ‘तर गैंडाको जिब्रोले चाट्दा घाउमात्र हुँदैन, छालासमेत लान्छ भन्नेमा हामी हेक्का राख्छौं । गैंडाका जस्ता तिनका ज्रिबा निक्लिरहेको देखिरा’छौं, होसियार रहौं ।’ एकीकरणले राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा परिवर्तन ल्याउने उनले बताए ।

नयाँ सरकार गठनपछि अध्यादेश एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेस गरेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश असंवैधानिक भएको आरोप लगाउँदै नयाँ सरकारले नयाँ अध्यादेश ल्याउने बताएका छन् । निर्वाचन आयोगसँग सहमति लिएर समितिमा व्यापक छलफल भइसकेको विधेयक लत्याउँदै सरकारले संसद्को आयु सकिएपछि अध्यादेश ल्याएको उनले बताए । ‘निर्वाचन आयोगसँग छलफल गरेर समितिमा पनि छलफल गरिसकेर संशोधनसमेत हालिसकेको अवस्था थियो, त्यसलाई रोकेर अध्यादेशबाट लैजाने काम भयो,’ ओलीले भने, ‘कसैलाई पनि नसोधी एकलौटी सच्याएर ल्याउनुभयो, हामीलाई थाहा छैन ।’ उक्त अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई बाध्यकारी नहुने उनको दाबी थियो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको तर्कको पनि ओलीले प्रतिवाद गरे । बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी सरकारको नेतृत्व हस्तान्तरण गर्न संवैधानिक र कानुनी जटिलता रहेको बताएका थिए । ओलीले भने, ‘धारा ७६ (क) मा सरकारबारे प्रस्ट लेखिएको छ, यसमा कुनै अड्चन छैन, संवैधानिक र कानुनी जटिलता त तिनका घरका होलान् । सरकारका प्रवक्ताले तिघ्रा ठटाएर र बडी सो गरेर गरिएको पत्रकार सम्मेलनको अर्थ छैन ।’ तेस्रो पार्टीले शासन चलाउँछ भन्ने बस्नेतको अभिव्यक्तिप्रति ओलीले आक्रोश व्यक्त गरे । मन्त्रीले दिएका अभिव्यक्ति अशोभनीय भएको उनको भनाइ थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending