Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

गगन थापालाई संसदीय दलको नेता बनाउन कांग्रेस नेताहरुकाे माग

\"\"काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ । कांग्रेसका युवानेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ । केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बैठकमा नेताहरू गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराललगायत थिए । अाजकाे कान्तिपुरमा खबर छ-नेता भण्डारीले पार्टीमा आमूल सुधारका लागि विचारसहितको कार्यक्रम लिएर युवाहरू अघि बढ्ने उद्देश्यसहित छलफल थालिएको बताए । ‘आजबाट कुनै गुट/उपगुटमा नलागी पार्टीको आमूल सुधारका लागि एक हुने अभियान थालेका छौं,’ भण्डारीले भने, ‘वामपन्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने पार्टी बनाउने हो भने अहिलेको नेतृत्वमाथि युवाहरूले हस्तक्षेप गर्नुपर्छ भन्ने नै हाम्रो मुख्य जोड हो ।’ युवा नेताहरूको बैठकले अहिलेको पुस्ताबाट पार्टी सञ्चालन हुन नसक्ने निष्कर्ष पनि निकालेको छ । युवा नेताहरूले परिवर्तनको चाप पछ्याउन सक्ने नेतृत्व पार्टीलाई आवश्यक रहेको भन्दै पहिलो पुस्तालाई विश्राम दिनुपर्ने बताएका थिए । पार्टीको नीति र नेतृत्वबारे छलफल गर्न पनि विशेष महाधिवेशन बोलाउनुपर्ने निष्कर्षमा उनीहरू पुगेका छन् । युवा नेता धनराज गुरुङले विशेष महाधिवेशन माग गर्ने विषयमा आइतबार बस्ने बैठकले तय गर्ने बताए । ‘चुनावमा पार्टी कसरी पराजय भयो भन्नेबारे मात्रै छलफल गरेका छौं, आइतबारको बैठकमा दस्ताबेजसहित नीति, कार्यक्रम र महाधिवेशन बोलाउनेबारे निर्णय लिन्छौं,’ उनले भने । भण्डारीले पार्टीभित्र गुट र उपगुटलाई तिलाञ्जली दिँदै पार्टी सुधारको महाअभियान युवाले सुरु गर्ने बताए । त्यसका लागि नेतृत्व परिवर्तनबाटै सुधार हुनुपर्ने उनीहरूको जोड छ । केन्द्रीय सदस्य प्रदीप पौडेलले उम्मेदवार चयन र वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्ने रणनीतिक कार्यक्रम नहुँदा कांग्रेसले चुनावमा लज्जास्पद हार व्यहोर्नुपरेको निष्कर्ष बैठकमा आएको बताए । बैठकमासबैजसो नेताले नेतृत्वकै कमीकमजोरीका कारण पार्टीले हार व्यहोर्नुपरेको धारणा राखेका थिए । ‘यो हार वामपन्थी गठबन्धनका कारण मात्रै होइन, शीर्ष नेतृत्वले प्रभावकारी रणनीति नबनाउँदा र टिकट वितरणमा मनपर्दी गर्दाको परिणाम पनि हो,’ पौडेलले भने, ‘कसले जित्छ होइन, कसलाई टिकट दिँदा मेरो गुट बलियो हुन्छ भन्ने आधारमा उम्मेदवार बनाइयो । पार्टी नेतृत्वले कुनै रणनीतिक योजना पनि दिन सकेन ।’ बैठकमा सहभागी रामहरि खतिवडाका अनुसार पार्टी पराजय हुनुमा नेतृत्वमा रहेका सबैको कमजोरी देखिएको ठम्याइसहित यसमा छलफल गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरिएको बताए । केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरूले विशेष महाधिवेशनको माग गर्ने तयारीसमेत गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending