Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

सयमा २९ नेपाली गरिब: गाउँमा ३३ र सहरमा ७ प्रतिशत गरिब, कुन उमेरका कति गरिब ?

\"\"काठमाडाैं । बहुआयामिक गरिबी सूचकांक (एमपिआई) अनुसार सयमध्ये २९ नेपाली गरिब छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड गरिबी तथा मानव विकास पहल (ओपिएचआई)सँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको नेपाल एमपिआई प्रतिवेदनले यस्तो देखाएको हो । सन् २०१४ को तथ्यांकका आधारमा गरिएको अध्ययनअनुसार नेपालमा २८.६% जनता गरिबीमा बाँचिरहेका छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ-यसअघि नेपालले सन् २००६ र २०११ मा समेत बहुआयामिक गरिबीको मापन गरेको थियो । अघिल्ला मापनहरूको तुलनामा गरिबी उल्लेखनीय ढंगले घटेको छ । सन् २००६ मा बहुआयामिक गरिबीको दर ५९ दशमलव ३९ प्रतिशत रहेकोमा सन् २०११ मा ३९ दशमलव १३ प्रतिशतमा झरेको थियो । सन् २००६ देखि २०१४ को बीचमा नेपाल आधाभन्दा बढी (३० दशमलव ७३ प्रतिशत बिन्दु)ले गरिबी घटाउन सफल भएको हो । आयमा आधारित गरिबीको दर भने नेपालमा २१ दशमलव ६ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको प्रतिवेदन 
० दशमलव १२७ एमपिआई नेपालको एमपिआई ० दशमलव १२७ रहेको प्रतिवेदनले देखाएको छ । यसको अर्थ नेपालका १२ दशमलव ७ प्रतिशत मानिसले सबै कसिमको वञ्चितीकरणमा परेको अनुभव गर्नुपरेको अर्थ लाग्छ । यसलाई चरम गरिबीका रूपमा पनि व्याख्या गर्न सकिन्छ । त्यस्तै, नेपालमा गरिबीको औसत सघनता ४४ दशमलव २ प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । यसको अर्थ हरेक गरिब व्यक्तिले औसतमा एमपिआईका सबै सूचकांकको ४४ प्रतिशतबाट वञ्चित हुनुपरेको छ । बालबालिका सबैभन्दा बढी गरिब ९ वर्षमुनिका बालबालिकामा गरिबीको दर अत्यन्तै धेरै रहेको प्रतिवेदनले देखाएको छ । ९ वर्षमुनिका बालबालिकाको एमपिआई ० दशमलव १९४ छ । यसको अर्थ १९ दशमलव ४ प्रतिशत बालबालिकाले १० वटै सूचकका आधारमा वञ्चितीकरणमा परेको अनुभव गर्छन् वा उनीहरू चरम गरिबीको अवस्थामा छन् । त्यस्तै, ५७ वर्षभन्दा माथिका मानिसमध्ये १२ प्रतिशतले चरम गरिबीको अनुभव गर्नुपरिरहेको प्रतिवेदनमा उल्लेख छ । १८ देखि २४ वर्षका युवाहरू एमपिआईमा सबैभन्दा माथि छन् । उनीहरूको एमपिआई ० दशमलव ०९० छ । एमपिआई के हो ?  बहुआयामिक गरिबीको मापन स्वास्थ्य, शिक्षा र जीवनस्तरसँग सम्बन्धित विभिन्न १० वटा सूचकका आधारमा गरिन्छ । त्यसमध्ये दुईवटा स्थास्थ्यसँग सम्बन्धित सूचकांक छन्– पोषण र बाल मृत्युदर । त्यस्तै, स्कुल गएको औसत वर्ष तथा विद्यालयमा हाजिर भएको दर गरी दुईवटा शिक्षासँग सम्बन्धित सूचकांक यो गरिबी मापन गर्न तय गरिएको छ । त्यस्तै, जीवनस्तरसँग सम्बन्धित ६ सूचकांक छन्– खाना पकाउने इन्धन, सुधारिएको सरसफाइ, सुधारिएको खानेपानी, विद्युत्, घरको भित्ता तथा छानो र सम्पत्तिको स्वामित्व । शिक्षा, स्वास्थ्य र जीवनस्तरसँग सम्बन्धित सूचकांकलाई समान रूपमा एक–एक तिहाइ भार दिइएको छ । यी सूचकका आधारमा अध्ययनमा समेटिएका प्रत्येक व्यक्ति कुन पक्षमा कति वञ्चितीकरणमा परेको छ भनेर हेरिन्छ । तीनवटै पक्षलाई कुल सयमा गणना गरी कुन विषयमा कति वञ्चितीकरणमा परेको हो, त्यो निकालिन्छ । उदाहरणका लागि राम शिक्षामा वञ्चितीकरणमा परेको छैन । तर, स्वास्थ्य र जीवनस्तरसम्बन्धी सबै सूचकमा वञ्चितीकरणमा परेको छ भने ऊ ६६ प्रतिशत वञ्चितीकरणमा परेको हुन्छ । नेपालमा यसरी सबै पक्षमा ३३ दशमलव ३३ प्रतिशत वञ्चितीकरणमा परेकालाई बहुआयामिक गरिब भन्ने गरिबीको रेखा तय गरिएको छ । त्यस्तै, गरिबीको दर (हेडकाउन्ट) र गरिबीको सघनतालाई गुणन गरेर बहुआयामिक गरिबी सूचकांक निकालिन्छ । त्यसलाई प्रतिशतमा व्यक्त गर्दा गति आउँछ, त्यति प्रतिशत मानिस १० वटै सूचकमा वञ्चितीकरणमा परेको भन्ने अर्थ लाग्छ।  मानव विकास सूचकांक आय, स्वास्थ्य र शिक्षासम्बन्धी सूचकको औसत निकालेर गणना गरिन्छ । तर, एमपिआईले हरेक व्यक्तिको वञ्चितीकरण हेरेर गरिबीको दर हेर्ने गर्छ । त्यसैले यो कति गरिब छन् भन्दा पनि मानिसहरू किन र कसरी गरिब छन् भनेर हेर्ने एमपिआईकी प्रवर्तनमध्येकी एक सविना अल्कायरले बताइन् । गाउँका ३३ प्रतिशत र सहरका ७ प्रतिशत जनता गरिब एमपिआई प्रतिवेदनका अनुसार गाउँमा ३३ दशमलव २ प्रतिशत बहुआयामिक गरिब छन् । त्यस्तै, गरिबीको सघनता गाउँमा ४४ दशमलव ३ प्रतिशत छ भने एमपिआई ० दशमलव १४७ रहेको छ । सहरमा भने गरिबीको दर ७ प्रतिशत छ भने गरिबीको सघनता ४१ दशमलव ८ प्रतिशत छ । एमपिआई भने शून्य दशमलव ०३१ छ । सन् २०१४ मा सहरमा २१ दशमलव ५ प्रतिशत र गाउँमा ७८ दशमलव ५ प्रतिशत जनसंख्या भएको आधारमा यो तथ्यांक निकालिएको हो । प्रदेश नं. ६ मा आधाभन्दा धेरै गरिब प्रदेश नं. ६ मा सबैभन्दा धेरै गरिबीको दर रहेको प्रतिवेदनमा उल्लेख छ । सो प्रदेशमा आधाभन्दा धेरै अर्थात् ५१.२ प्रतिशत जनसंख्या गरिब छ । त्यस्तै, चरम गरिबी पनि त्यहाँ धेरै छ । प्रतिवेदनका अनुसार प्रदेश नम्बर ६ मा २३ प्रतिशत चरम गरिबी छ । त्यस्तै, प्रदेश नं. २ मा ४७.९ प्रतिशत गरिबीको दर छ भने चरम गरिबी २१.७ प्रतिशत छ । त्यसपछि सबैभन्दा धेरै गरिबी हुनेमा क्रमशः प्रदेश ७ (३३.६%), प्रदेश ५ (२९.९%) छन् । राष्ट्रिय औसतभन्दा कम गरिबी क्रमशः प्रदेश १ (१९.७%), प्रदेश ४ (१४.२%) र प्रदेश ३ (१२.२%) मा छ । प्रदेश ३ मा सबैभन्दा कम गरिब रहेको प्रतिवेदनमा उल्लेख छ । तर, मुलुकका कुल गरिबमध्ये सबैभन्दा धेरै गरिबको बसोवास प्रदेश नं. २ मा रहेको प्रतिवेदनमा उल्लेख छ । देशका कुल गरिबमध्ये ३५ प्रतिशत प्रदेश नं. २ मा बसोवास गर्छन् । त्यस्तै, ५ नम्बर प्रदेशमा २० प्रतिशत गरिबको बसोवास छ भने सबैभन्दा कम ५ प्रतिशत गरिब प्रदेश ४ मा बसोवास गर्छन् । सुमनराज अर्याल  महानिर्देशक  केन्द्रीय तथ्यांक विभाग नेपालमा पहिलोपटक गरिबीलाई बहुआयामिक विषयवस्तुका आधारमा मापन गरेर यो तथ्यांक निकालिएको हो । यस तथ्यांकलाई संघीय वनावटको ढाँचामा प्रस्तुत गरिएको छ । एउटै अध्ययनभित्र धेरै प्रकारका क्षेत्र समेटिएकाले यसका आँकडा मननयोग्य छन् । अबको चुनौती यस्ता अध्ययन र तथ्यांकको निरन्तरता हो । आवधिक रूपमा हुने यस्ता अध्ययनबाट राज्यले आफ्नो लगानीको प्रतिफलको मापनका साथै कमजोरी पहिल्याउने अवसर पनि प्राप्त गर्छ । त्यसकारण राज्यले यसतर्फ पहल गर्नुपर्छ । सविना अल्कायर निर्देशक अक्सफोर्ड गरिबी तथा मानव विकास पहल दिगो विकास लक्ष्यले सन् २०१५ देखि २०३० सम्ममा बहुआयामिक गरिबी आधा घटाउने लक्ष्य राखेको छ । सन् २००६ देखि २०१४ को ८ वर्षकै बीचमा नेपालले आधाभन्दा धेरैले गरिबी घटाएको छ । यो निकै महत्वपूर्ण उपलब्धि हो । त्यसैले गरिबी कसरी घटाउने भन्ने विषयमा अन्य मुलुकले नेपालबाट सिक्नेछन् । जनप्रतिनिधिलाई काम लाग्ने तथ्यांक डा. स्वर्णिम वाग्ले  उपाध्यक्ष, योजना आयोग गरिबीको अवस्थाबारे यसअघिका प्रतिवेदनको तुलनामा यो नयाँ विधिमा आधारित छ । हामीले यसरी तथ्यांक संकलन गर्ने विधिलाई आगामी दिनमा केन्द्रीय तथ्यांक विभागमार्फत निरन्तरता दिने योजना बनाएका छौँ । हामी संघीयता कार्यान्वयनको चरणमा छौंँ । प्रदेशमा पनि निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि आइसकेको सन्दर्भमा स्रोत–साधनको चाप पर्ने अवस्था छ । ती जनप्रतिनिधिलाई कहाँबाट काम सुरु गर्ने भन्ने सन्दर्भमा यो तथ्यांक महत्वपूर्ण हुन्छ । यस्ता तथ्य–तथ्यांकले प्रदेश र स्थानीय तहमा स्रोत संकलन र वितरणलाई प्रभावकारी बनाउन ठूलो भूमिका खेल्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending