Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

काठमाडौं ९ मा यस्तो छ चुनावी प्रतिस्पर्धा

\"\"काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रतिनिधिसभा र प्रदेशसभाका चुनावमा लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनको कडा प्रतिस्प्रर्धा देखिएको छ । उक्त क्षेत्रको अधिकांश स्थानमा दुबै गठबन्धनबाट दिनहँु हुने राजनीतिक गतिविधि तथा त्यहाँ सहभागी हुने स्थानीयवासीको संख्यालाई आधार बनाउने हो भने कुन दलले चुनावी बाजी मार्ने भन्नेमा अहिले नै यकिन गर्न कठिन छ । राजधानीको यस निर्वाचन क्षेत्रमा दुई नेवार समुदायका उम्मेदवारबीचको प्रतिस्पर्धालाई उपत्यकाका अन्य निर्वाचन क्षेत्रमा समेत निकै चासोपूर्वक हेरिएको छ । नेवार समुदायको बढी घनत्व रहेको यस क्षेत्रमा दुबै नेवार उम्मेदवारमा कसले बढी मत लिनसक्छ, उसले नै विजय हासिल गर्नसक्ने भएकाले जातीय मत तान्न उहाँहरुबीच प्रतिस्पर्धा चलेको छ । काठमाडौँ महानगरपालिका केही भाग तथा चन्द्रगिरी र नागार्जुन नगरपालिका पनि केही वडा समेत जोडिएको यस क्षेत्रमा प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँगे्रसका ध्यानगोविन्द रञ्जित र वामगठबन्धनबाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ मुख्य प्रतिस्पर्धी छन् । उक्त चुनाव क्षेत्रमा महानगरपालिकाका वडा क्रमशः १२, १४, २१ र २२, चन्द्रगिरी नगरपालिकाका क्रमशः १, १२, १३, १४ र १५ वडा र नागार्जुन नगरपालिका ६, ७, ८, ९ र १० वडा परेको छ । त्यसमा एकजना प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेशबाट दुई सदस्य निर्वाचित हुनेछन् । स्थानीय तहमा नेपाली काँग्रेसले सात वडा र एमालेले सात वडामा अध्यक्ष पद जितेका छन् । त्यस आधारमा प्रतिस्पर्धा कडा देखिएको छ । जनसंख्याका आधारमा काँग्रेस भन्दा एमाले केही मतले अगाडि देखिएको र माओवादी केन्द्रको सहयोगमा निर्माण भएको वामगठबन्धन अझै बलियो देखिएका छन् । स्थानीय तहमा बामपन्थीले लिएको अग्रताका आधारमा उनीहरु उत्साहित देखिएका हुन् । इतिहासका विभिन्न कालखण्डमा नेताद्धय रञ्जित र श्रेष्ठले जनतालाई विश्वासमा लिएर एक अर्कालाई चुनावमा पराजित गरेको अनुभव छ । विसं २०४८ मा सो क्षेत्र तत्कालीन क्षेत्र न ५ मा परेका बेला जनताको बहुदलीय जनवादका प्रणेता नेता मदन भण्डारीले चुनाव जितेको उक्त स्थानमा उपनिर्वाचन हुँदा एमाले नेता श्रेष्ठले जितेका थिए । विसं २०५१ मा भएको आम चुनावमा श्रेष्ठले काँग्रेसका रञ्जितलाई र २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा रञ्जितले श्रेष्ठलाई पराजित गरेका थिए । प्रतिनिधिसभाका उम्मेदवारद्वय रञ्जित र श्रेष्ठ दुबैले जनताको दुःख सुखलाई नजिकबाट अनुभव गरी सद्भाव साटन पाएकाले सेवाको अवसर आफूलाई दिने जिकिर गरेका छन् । मंसिर २१ गते हुने प्रदेशसभाका उम्मेदवारमा वाम गठबन्धनबाट प्रदेश (१) मा नेकपा एमालेका डा अजयक्रान्ति शाक्य र प्रदेश (२) मा नेकपा माओवादी केन्द्रका केशवप्रसाद पोखरेल छन्। त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट दुबै प्रदेशमा नेपाली काँग्रेसका (१) का उम्मेदवार इन्द्रमान तुलाधर र (२) का धर्मराज गौतम छन् । स्थानीय तहमा महानगरका चारै वडामा एमालेले ठूलो मतअन्तरले काँग्रेसलाई जितेका कारण वाम गठबन्धनले सजिलै जित्नसक्ने प्रदेश (१) मा नेकपा एमालेका डा शाक्यले बताए । प्रदेश (२) मा नेकपा माओवादी केन्द्रका पोखरेलले स्थानीय विकास तथा पूर्वाधार निर्माणका साथै सीतापाइला रामकोट भीमढुंगा हुँदै धार्के सडक खण्ड पूरा गर्न वामगठबन्धनले प्राथमिकतामा राखेकाले पनि जित निश्चित रहेको बताए । त्यस क्षेत्रको स्थानीय विकास कार्यमा स्थानीय सहभागिता बढाउने योजना र दृष्टिकोण काँग्रेससँग रहेकाले जित्ने आधार रहेको प्रदेश (१) का उम्मेदवार तुलाधरले बताए । प्रदेश २ का उम्मेदवार गौतमले मुलुकमा लोकतन्त्रको रक्षाका लागि काँग्रेसले गरेको त्याग र नेतृत्वका कारण निर्वाचनमा आफूलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश १ बाट ३५ हजार २४५ र प्रदेश २ बाट ३२ हजार ३४८ गरी ६७ हजार ५९३ मतदाता छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE