Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने दाबी गरेका छन्।

रुकुम पूर्व–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री हुँदा सुरु गरिएको भ्रष्टाचारविरुद्धको अभियान र सामाजिक न्यायको संघर्ष अधुरो रहेको स्वीकार गरे। ती अभियानलाई पूर्णता दिन फेरि जनताको विश्वास आवश्यक रहेको उनको भनाइ थियो।

उनले विकासको नयाँ मोडेल प्रस्तुत गर्न नसकिए शहीद, क्रान्तिकारी र आन्दोलनका सपना अधुरै रहने खतरा रहेको भन्दै समुदायमा आधारित समाजवाद निर्माण गर्नु आजको मुख्य कार्यभार भएको बताए।

प्रचण्डले उम्मेदवारीका लागि विभिन्न जिल्ला र क्षेत्रबाट सिफारिस आए पनि देशको समग्र राजनीतिक अवस्था, पार्टीको आवश्यकता र आन्दोलनको मागका आधारमा पूर्वी रुकुम रोजेको स्पष्ट पारे।

‘पूर्वी रुकुम केवल एउटा निर्वाचन क्षेत्र होइन, यो नेपाली क्रान्ति र जनयुद्धकालको केन्द्रीय आधार इलाका हो,’ उनले भने, ‘त्यहाँका नेता–कार्यकर्ता र जनताको भावना बुझेर नै मैले यहीँबाट चुनाव लड्ने निर्णय गरेको हुँ।’

निर्वाचन नहुने हल्ला फैलाउनेहरूलाई लक्षित गर्दै प्रचण्डले अब देश चुनावी दिशामा अघि बढिसकेको बताए। समानुपातिकतर्फ नयाँ शक्तिको चर्चा भए पनि प्रत्यक्षतर्फ आफ्नो पार्टी बलियो अवस्थामा रहेको उनको दाबी छ।

‘प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा नेपाली कम्युनिस्ट पार्टी एक नम्बर पार्टी बन्ने सम्भावना बलियो छ,’ उनले भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...

उपत्यकामा जोखिमपूर्ण सार्वजनिक सवारीविरुद्ध विशेष कारबाही

काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’: रुस

काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...

भदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: