Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

खबरडबली संवाददाता

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र दैनिकीमा अल्झिएका यहाँका मतदाता राजनीतिप्रति वितृष्ण भएका छन्। कतिपयलाई त निर्वाचनको मितिसमेत थाहा छैन।

नगराइन नगरपालिका–बहुअर्वाका धनीराम भन्छन्, ‘भोट हालेर के हुन्छ? जित्ने सांसद वा मन्त्रीले हाम्रो दुःख बुझ्दैन। खेतबारी नबगाए पेट नपुगेको जस्तो छ। कति चुनाव भए तर विकास कहिँ छैन।’ उनले विगतमा जस्तो गाउँमा छलफल र एजेन्डा बनाउने प्रक्रिया पनि अहिलेसम्म नदेखिएको बताए।

जनकपुरधाम–रुपैठाका कारी यादवले पनि हरेक चुनावमा उम्मेदवारले विभिन्न आश्वासन दिए पनि जनजीवनमा सुधार नभएको गुनासो गरे। ‘बाटो उही हो, बिग्रिसकेको छ। ढलान फुटिसकेको, नाला व्यवस्थित छैन,’ उनले भने, ‘अनुदान र ऋणको कुरा छोडौँ, हाम्रो कुरा कसैले सुन्दैन।’

उमेरले माथि भएकी सैदा खातुनले पुराना दलप्रति असन्तोष पोखिन्। ‘विकास भएको छ भने नेताको भएको छ, जनताको होइन। खेतबारीमै काम गर्दा पनि आम्दानी अनुसार फल हुँदैन,’ उनले भनिन्। छोराछोरी विदेश पठाउँदा ठगीको सामना गर्नु परेको र कुनै सहयोग नपाएको पीडा उनले सुनाइन्।

मिथिला नगरपालिका–तारापट्टीका मिथिलेशराम ब्यान्ड बाजा र सिजनल काममा निर्भर छन्। ‘अरु काम छैन, विदेश जाने पैसा पनि छैन,’ उनले बताए। सरकारले रोजगार र विदेश जानको लागि सहयोग नदिएको भन्दै उनले असन्तोष व्यक्त गरे।

धनुषा–३ का सन्तोष चौधरीले भने मतदाता परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताए। ‘बेथिति, भ्रष्टाचार र बेरोजगारीका कारण देश विकास हुन सकेको छैन। विदेशबाट हरेक दिन कसैको लास आइरहेको छ, यस्तो अवस्था कसले बनायो?’ उनले प्रश्न गरे।

चुनावमा उम्मेदवारसँग नमस्कार मात्रै होइन, आफ्ना समस्या र सवाल सोध्ने चौधरीको तयारी छ। ‘अब भोट दिने बेला केवल आश्वासन होइन, कार्यक्षमता हेर्ने समय आएको छ,’ उनले जोड दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...

उपत्यकामा जोखिमपूर्ण सार्वजनिक सवारीविरुद्ध विशेष कारबाही

काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’: रुस

काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...

भदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: