Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

वाम गठबन्धनबाट भोलिसम्म बाहिरिने बाबुरामको संकेतः यस्तो छ विवादको 'चुरो कुरो'

\"\"काठमाडौं । नेकपा माओवादी केन्द, नेकपा एमाले र नयाँ शक्ति पार्टीको संयुक्त वाम गठबन्धनमा विवाद उत्पन्न शुरु भएको छ । उत्पन्न विवादसँगै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पर्ख र हेरको स्थितिमा छ । गठबन्धन घोषणा भएको एक सातादेखि विवाद उत्पन्न भएपछि बाबुरामले भोलि विहानसम्म पर्खने त्यसपछि आफुहरुले भनेजस्तो नभए भोलि दिउँसो नै गठबन्धनबाट बाहिरिने निर्णय गरिसकेका छन् । के हो विवाद ? विवादको पहिलो कुरा भनेको बाबुराम गृहजिल्ला गोरखा हो । त्यसपछि दोस्रो विवादको विषय बनेको नयाँ शक्तिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कति प्रतिशत हिस्सा पाउने भन्ने हो । माओवादीले गोरखाको दुबै क्षेत्र नछाड्ने अडान वाम गठबन्धनको एक पार्टी नेकपा एमालेसँग राखेको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ बाट चुनावमा उठ्दैछन् । माओवादीभित्र प्रचण्डपछि दोस्रो वरियताक्रमा श्रेष्ठ नै हुन् । श्रेष्ठले अध्यक्ष प्रचण्ड र सिट बाँडफाट गर्न बनेको त्रिपक्षिय कार्यदलमा दबाब दिइरहेका छन् । त्यसो त गोरखा–१ पनि माओवादीले कुनै हालतमा नछाड्ने उक्त कार्यदलमा कुरा पुगिसकेको छ । माओवादीले गोरखाको कुनै क्षेत्र नछाड्ने भएपछि कार्यदलसमेत समस्या परेको छ । माओवादीबाट फुटेर नयाँ शक्ति गठन गरेका बाबुराम आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने भएपछि माओवादीले गोरखाको कुनै क्षेत्र पनि नछाड्ने निर्णय गरेको माओवादी नेताहरुभित्र चर्चा चल्न थालेको छ । बाबुरामले गोरखाको एक क्षेत्र आफुलाई मिलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । तर बाबुरामले माओवादीसँग भने गोरखामा आफुलाई चाहिने बिषयमा छलफलसमेत गरेका छैनन् । वाम गठबन्धनबाट आफ्नो गृहजिल्लामा आफ्नै लागि सिट नपाएपछि भोलि दिउँसोसम्म बाबुराम बाहिरिन सक्ने सिट बाँडफाँड गर्न गठित कार्यदलका एक सदस्यले खबरडबलीलाई बताए । यस्तो छ नयाँ शक्तिको भनाई सिट बाँडफाँडको अन्तिम टुंगो लागिसकेको छैन् । बाबुरामका एक सहयोगी विश्वदिप पाण्डेले खबरडबलीलाई बताएअनुसार नयाँ शक्ति के कति पाउने भन्ने अझै पनि छलफल भएको छैन् । हामीले भनेजस्तै सिट पाएको खण्डमा नयाँ शक्ति गठबन्धन बस्ने र भनेजस्तै नभए बाहिरिने पाण्डेले बताए । पाण्डेका अनुसार भोलि बिहानसम्म गठबन्धनमा बस्ने कि बाहिरिने भन्ने टुंगो लाग्ने बताए । हदैसम्म गिरेर वाम गठबन्धनमा नबस्ने बाबुरामको मनस्थित छ । वाम गठबन्धनबाट बाबुराम बाहिरिएको खण्डमा आँखा चुनाव चिन्ह लड्दैछन् । ओलीको बाबुरामलाई जवाफः गोरखा त माओवादीले नछाड्ने भो कम्रेड बुधवार हिजो केपी ओलीलाई भेटन बाबुराम बालकोट पुगेका थिए । ओली निवासमा भएको छलफलमा बाबुरामले गोरखा–२ सहित नयाँ शक्तिले प्रतिनिधिसभा १५ र प्रदेशसभामा ३० सिट पाउनुपर्ने माग राखे । यसलाई ओली घुमाउरो शैलीमा अस्विकार गरेका थिए । ओली बाबुरामलाई भने ‘माओवादीले गोरखा कुनै हालतमा नछाड्ने भनेको छ । यसलाई मिलाउन गाह्रो भयो’ ओलीले भेटमा भने । ओलीसँगको भेटपछि निराश भएर फर्केका बाबुराले दिउँसो करिब १२ बजेतिर बबरमहलस्थित कार्यालयमा पार्टीका नेताहरुको बैठक राखेर ओलीसँगको भटको सबै कुरा राखेका थिए । बैठकमा केही नेताहरुले आफ्नो मागलाई एमाले र माओवादीले पूरा नगरे वाम गठबन्धनबाट बाहिरिनुपर्ने बाबुरामलाई सुझाव दिएका थिए ।  

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies