Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अचम्मः तीन वर्षदेखि पिंजडामा कैद सुगाले पार्‍यो तीनवटा अण्डा !

लखनउ, हेडलाइन पढ्दा तपाईंलाई अचम्म लाग्यो होला तर यो वास्तविक हो । तीन वर्षदेखि लगातार पिंजडामा कैद गरिएको पोथी सुगाले तीनवटा अण्डा पारेको छ । भारतको उत्तर प्रदेशको राजधानीमा बस्ने प्रेमचन्द रस्तोगीको घरमा पालिएको यो सुगाले एक हप्ताभित्र तीनवटा अण्डा दिएको हो । यो सुगालाई हेर्नका लागि मानिसको भीड लागेको छ । प्रेमचन्द श्रीमती सुशीला, छोरा संजीव, बुहारी बरखा र नाती/नातिना प्रजल र एन्जिलसँग बस्दै आएका छन् । प्रेमचन्द सुन–चाँदी व्यापारी हुन् । उनका छोरा संजीवले मंगलबार जानकारी दिए कि उनीहरुले तीन वर्ष पहिले यो सुगा पालेका हुन् जुन पिंजडामा बन्द हुने गर्दछ । यो सुगालाई धेरैजसो कोठाभित्र नै राखिन्छ । एक्लै बस्ने मिटु नामको यो सुगाले गत अप्रिल १२ तारिखका दिन पिंजडा भित्रै एउटा अण्डा दियो । यसलाई देखेर घरका सबै मानिसहरु आश्चर्यचकित भए । त्यतिबेला नै यो सुगा पोथी भएको थाहा भएको थियो । यो कुरा उनीहरुले आफ्नो छिमेकीलाई भन्दा सुरुमा पत्याएनन् । सुगाले १६ अप्रिलमा दोस्रो र १९ अप्रिलमा तेस्रो अण्डा दिएको हो । एक्लो सुगाले तीन अण्डा दिएको खबर एक कान दुई कान मैदान भयो । खबरका अनुसार आजकाल यो सुगालाई हेर्नका लागि दिनभर मानिसहरुको ताँती लाग्ने गर्दछ । प्रेमचन्दकी बुहारी बरखाले यो घटनाले आफूलाई निकै आश्चर्यमा पारेको बताइन् । उनी भन्छिन्, ‘अप्रिल ११ तारिखको राती सुत्ने बेलासम्म पनि सुगाको पिंजडा भित्र केहि पनि थिएन । बिहान उठेर हेर्दा पिंजडा भित्र अण्डा पाइयो । त्यसपछि मिटुले दुईवटा अरु अण्डा पार्यो । यो कसरी भयो हामीलाई यसको बारेमा केहि पनि थाहा छैन । यसलाई चमत्कार भन्ने कि भगवानको लिला ।’ बरखा आफ्नो घरमा आएका मानिसहरुलाई आफ्नो सुगाको कहानी भनेर नथाक्ने बताउँछिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies