Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

यसकारण एक्लिए भट्टराई

\"\"काठमाडौं । डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका डा. बाबुराम भट्टराई पार्टीमा एक्लिँदै गएका छन् । अहिले प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन् । आजको नागरिक दैनिकमा खबर छ– सोमबार नयाँ शक्तिको संघीय परिषद्का करिब सय सदस्यले नयाँ शक्ति छाडी देवेन्द्र पौडेलले गठन गरेको ध्रुवीकरण संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका छन् । यसैगरी आइतबार संघीय परिषद्का दुई सय छ जना सदस्यले विज्ञप्ति जारी गरी संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका थिए । हालै मात्र नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल, पासाङ शेर्पालगायतका नेताले अन्य पाटीृमा प्रवेश गर्न ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् । नयाँ शक्तिमा करिब ९ सय सदस्यीय संघीय परिषद् छ । केन्द्रीय समिति भने गत साउन १३ गतेको निर्णयबाट भंग भएको छ । संघीय परिषद्मा रहेका सदस्यमध्ये आधाजतिले नयाँ शक्ति छाडिसकेका छन् । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया भंग भएपछि नयाँ शक्तिमा पार्टी छाड्ने क्रम बढेको छ । नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा र नेता रामकुमार शर्मा माओवादी केन्द्य्रमा प्रवेश गरेका छन् । यसैगरी देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, तिलक थापालगायत १५ नेता पनि माओवादी केन्द्रमै फर्कने तयारीमा छन् । पौडेलले माओवादी केन्द्रमा फर्कन पासाङ शेर्पाको संयोजकत्वमा वार्ता समिति गठन गरेका छन् । पौडेलले भट्टराईसँग संगठनात्मक व्यवस्थापनको कमजोरी र विचारमा प्रस्ट हुन नसकेको आरोप लगाएका छन् । ‘उहाँ (भट्टराई) विचारमा प्रस्ट हुन सक्नुभएन । संगठनात्मक कार्यशैली पनि चित्त बुझेन । त्यसैले पार्टी छाड्नुपर्ने स्थिति आयो,’ पौडेलले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: