Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

पुष्कर कार्की, सर्वेन्द्र खनालदेखि दिनेश अमात्यः जसको ‘इन्काउन्टरमा परे यी अपराधी

[caption id=\"attachment_147598\" align=\"alignleft\" width=\"750\"]\"\" महानगर अपराधका तीन प्रमुखः खनाल, कार्कि र अमात्य[/caption] काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंमा चर्चित तीन प्रमुखहरु फेरिए । उनीहरु हन् प्रहरीभित्र चर्चित पुष्कर कार्की, सर्वेन्द्र खनाल र दिनेश अमात्य । उनीहरुले अपराध न्युनिकरणका लागि चर्चित तीन इन्काउन्टरमा गुन्डादेखि लागूऔषध कारोबारीसम्म पारे । काठमाडौं अपराधिको डेरा जमाएर बसेका गण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटेदेखि अर्का गुन्डा नाइके दिनेश अधिकारी उर्फ चरीसम्म प्रहरी इन्काउन्टरमा मारिएका छन् । पछिल्लो समय आज सोमबार नामुद लागूऔषध कारोबारी प्रविण खत्री पनि इन्काउन्टरमा मारिएका छन् । ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा लागूऔषध कारोबारी प्रविण खत्रीको मृत्यु भयो । ठूला लागूऔषध कारोबारीको रुपमा कहलिएका खत्री एक आफैपनि लागूऔषध सेवनबाट बञ्चित भने थिएनन् । सोमबार विहान प्रहरीले बिशेष सुराकीको आधारमा खत्रीसँग लागूऔषध र अबैध हतियार छ भन्ने सूचना पाएपछि सर्च गर्न गएका प्रहरीमाथि खत्रीले नै करिब चार राउण्ड गोली हानेको प्रहरीको भनाई छ । यो घटनामा प्रहरी आफैको बोली बाजिएको छ । ललितपुरका एसपी ईश्वर कार्कीका अनुसार खत्री आफैले कन्चटमा गोली हानेका प्रतिक्रिया यसअघि दिएका थिए । तर महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार जवाफी फायरिङमा घाईते भएकाले उपचारको क्रममा मृत्यु भएको यसअघि प्रतिक्रिया दिएका छन् । [caption id=\"attachment_147599\" align=\"alignleft\" width=\"750\"]\"\" इन्काउन्टरमा मारिएका डन चरी, घैंटे र लागूअाैषध कारोबारी खत्री[/caption] गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैटेंको काठमाडौको कपुराधारामा २०७२ भदौ ३ गते प्रहरी इन्काउन्टरमा मारिए । घैंटे पनि प्रहरीमाथि माथि गोली चलाउँदा जवाफि फायरिङमा मारिएका थिए । तत्कालिन महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल हुँदा घैंटे इन्काउन्टरमा मारिएका हुन् । घैंटेले सामाखुसी क्षेत्रलाई आधार बनाएर अपराधिक काम गर्दै आएका थिए । घैंटे मारिएपछि कांग्रेस नेता जगदीशनरसिंह केसी जुलुस नै लिएर शिक्षण अस्पताल पुगेका थिए । कांग्रेस सभासद जगदीशनरसिंह केसी, धनराज गुरुङ र भीमसेन दास प्रधान घैंटेको समर्थनमा थिए । २०७१ साउन २२ मा अर्का चर्चित गुन्डा नाइके दिनेश अधिकारी उर्फ चरी पनि प्रहरी इन्काउन्टरमै परे । काठमाडौंको भीमढुंगा जंगलमा प्रहरीसँगको मुठभेडका क्रममा चरी मारिएका हुन् । तत्कालिन महानगरीय अपराध महाशाखाका प्रमुख पुष्कर कार्की थिए । ‘चरी’ धादिङ क्षेत्र नम्बर १ का एमाले पूर्व उपाध्यक्षसमेत हुन् । एमाले अध्यक्ष केपी ओलीको संरक्षण पाएको त्यतिबेला चर्चाको बिषय थियो । र, यो पनि प्रहरी ‘इन्काउन्टर’मा गोली लागेर गम्भीर घार्इतेको उपचारको क्रममा मृत्यु प्रविण खत्री प्रकरणमा प्रहरीले भन्योः ‘उनी आफैले दायाँ कन्चटमा गोली हानेका हुन्’  

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy