Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

एकै वर्षमा ५० हजार विद्यार्थी विदेशतिर

\"\"काठमाडौं । कुन महिनामा कति ? : ०७३ साउनमा २९८६, भदौमा ४४१७, असोजमा २६६८, कात्तिकमा २२३७, मंसिरमा ४४२९, पुसमा ३८७५, माघमा ३४९६, फागुनमा ६९९५, चैतमा ४७११ र ०७४ वैशाखमा ३५६६, जेठमा ६७७६, असारमा ४४१३ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । विद्यार्थीको भिसा आवेदनमा मात्रै डेढ अर्ब बिदेसियो एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३÷७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ । गत वर्ष ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० जना बढी विद्यार्थीले यस्तो पत्र लिएका छन् । अहिलेसम्म यो पत्रका लागि यति धेरै आवेदन परेको थिएन । अाजको नयाँ पत्रिकामा खबर छ– यस्तो पत्र लिने ५० हजार ६ सय ५९ जनामध्ये झन्डै आधा अर्थात् २४ हजार दुई सय ३३ विद्यार्थीले अस्ट्रेलियाका लागि निवेदन दिएका छन् । अस्ट्रेलिया जान चाहने विद्यार्थीले नो अब्जेक्सन लेटर लिएर मात्र भिसा आवेदन गर्ने व्यवस्था छ । अस्ट्रेलियाका लागि भिसा आवेदन गर्दा ५६० अस्ट्रेलियन डलर अर्थात् करिब ४५ हजार रुपैयाँ शुल्क लाग्छ । वर्षको अघिल्लो ११ महिनामा अस्ट्रेलियाका लागि भिसा भने ११ हजार ६ सय २८ जनाले आवेदन दिएका थिए । यसरी अस्ट्रेलियाको मात्रै हिसाब गर्दा करिब एक अर्ब बिदेसिएको छ । तर, भिसा भने ९ हजार चार सय ६२ ले प्राप्त गरेका छन् । दोस्रो आकर्षक गन्तव्य जापानका लागि १० हजार चार सय १६ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जापानमा भिसा लागिसकेपछि मात्र प्रतिविद्यार्थी दुई हजार नौ सय १० रुपैयाँ शुल्क लाग्छ । जापानका लागि ९५ प्रतिशत आवेदन सफल रहेको कन्सल्टेन्सी व्यवसायीको भनाइ छ । १० हजार विद्यार्थीको भिसा लाग्दा २९ करोडको हारहारीमा पैसा विदेश गएको छ । अमेरिकामा भने भिसा लागिसकेपछि नो अब्जेक्सन लेटर लिने व्यवस्था छ । युएसएमा आवेदन शुल्क १६०, सेभिस शुल्क २००, भिसा ग्यारेन्टी भएपछि थप २०० गरी ५६० अमेरिकी डलर लाग्छ । यसरी अमेरिकाको भिसा प्रक्रियामा एक नेपाली विद्यार्थीको ५८ हजार रुपैयाँ खर्च हुने गरेको छ । गत आर्थिक वर्षमा तीन हजार ४८३ जनाले अमेरिकाका लागि नो अब्जेक्सन लेटर लगेका छन् । ती विद्यार्थीको भिसाका लागि मात्र २० करोड २० लाखको हारहारीमा रकम बाहिरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले पढाइसँगै रोजगारीका अवसर पाइने भएकाले वैदेशिक अध्ययनमा आकर्षण बढिरहेको बताए । अस्ट्रेलिया, जापान र अमेरिका जान चाहनेले भिसा आवेदनबापत औसतमा ३० हजार रुपैयाँ बुझाउँछन् । यसरी पनि नेपाली विद्यार्थीको भिसाकै लागि एक वर्षमा एक अर्ब ५२ करोडको हारहारीमा बिदेसिएको छ । शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर शाखाका अनुसार एक वर्षको अवधिमा ७३ देशका लागि नेपाली विद्यार्थीले पत्र लगेका छन् । भारत जाने विद्यार्थी धेरै भए पनि नो अब्जेक्सन लिनेको संख्या भने कम छ । एक वर्षमा दुई हजार दुई सय नौजनाले भारतका लागि नो अब्जेक्सन लेटर लगेका छन् । एक–एकजना मात्र विद्यार्थी जाने १२ देश आर्थिक वर्ष ०७३-७४ मा १२ देशमा एक–एकजना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लगेका छन् । कतिपय गृहयुद्ध भइरहेका देशमा पनि नेपाली विद्यार्थी अध्ययनका नाममा पुगेका छन् । बेलारुस, गुयना, साउदी अरेबिया, स्विट्जरल्यान्ड, स्लोभाकिया, श्रीलंका, रिपब्लिक अफ पोल्यान्ड, होल्यान्ड, भियतनाम, अर्मेनिया, रोमानिया र बहमासमा एक–एकजना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लगेका छन् । विद्यार्थीबाट नेपाललाई १० करोड राजस्व विदेश अध्ययन गर्न चाहने विद्यार्थीबाट नेपाल सरकारले पनि एक वर्षमा १० करोडभन्दा बढी राजस्व उठाएको छ । ५० हजार ६ सय ५९ विद्यार्थीबाट दुई हजार रुपैयाँ उठाउँदा गत आर्थिक वर्षमा १० करोड १३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । किन बढ्दै छन् विदेश जाने विद्यार्थी ? नेपाली विद्यार्थीको विदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । सो विषयमा अनौपचारिक विश्लेषण मात्र हुने गरेको छ । शिक्षा मन्त्रालयका नो अब्जेक्सन लेटर शाखा प्रमुख डिल्लीश्वर प्रधानले पछिल्लो समय विदेश अध्ययनमा जान चाहनेको संख्या धेरै बढे पनि कारणबारे औपचारिक अध्ययन नभएको बताए । उनका अनुसार विदेश अध्ययनमा आकर्षण बढ्नुका ३ कारण : -विदेशी डिग्री लिएमा अन्तर्राष्ट्रिय श्रमबजारमा पनि बिक्ने अपेक्षा -विदेशमा पढ्दै आफ्नो खर्च जुटाउन र बचाउन पनि सकिने अवस्था -छिमेकी र नातेदारका छोराछोरी विदेशमा पढ्न जाँदा पर्न मनोवैज्ञानिक दबाबले आफ्ना छोराछोरी पनि पठाउने प्रवृत्ति यसकारण बढ्यो विदेश आकर्षण प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद् पढ्ने नाममा गए पनि २–४ प्रतिशतबाहेक सबै पैसा बचाउन जाने हुन् । नेपालीले विदेशमा धेरै कमाउन सक्दैनन्, तर कमाएकोमध्ये थोरै बचाउँदा पनि नेपालमा धेरै हुन्छ । विदेश पढ्ने कुरालाई इज्जतसँग पनि जोड्ने गरेको पाइन्छ । विदेश पढेपछि विशेष हुन्छ भन्ने सोचाइ अभिभावक र विद्यार्थीमा बढ्दो छ । नेपालमा नै धेरै राम्रो गर्न सकिन्छ भन्ने आशा राजनीतिक नेतृत्वले जगाउन नसकेकाले पनि विद्यार्थी बिदेसिन चाहेका हुन् । नेपालमा जतिखेर भर्ना हुने समय आयो त्यही वेला बन्द–हडताल हुन्छ, । त्यसपछि सबैले विदेशकै आशा जगाइदिएर विदेश लैजाने प्रयास गर्दछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending