Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राष्ट्र बैंकको नीति : गाडी किन्न प्रोत्साहन, घर किन्न निरुत्साहन

\"\"काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको मौद्रिक नीतिले सर्वसाधारणलाई गाडी किन्न सजिलो, तर घर किन्न गाह्रो बनाएको छ । मौद्रिक नीतिले निजी सवारीसाधन खरिदमा धितो मूल्यांकन बढाएको छ भने घरको धितो मूल्यांकन घटाएको छ । सर्वसाधारणले ३५ प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्नेछन् भने घरका लागि काठमाडौं उपत्यकामा ५० प्रतिशत र बाहिर ६० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ– राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सवारी कर्जाको धितो मूल्यांकनलाई ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्‍याएको हो । अर्थात्, अब सर्वसाधारणले निजी सवारीसाधन खरिद गर्दा ६५ प्रतिशत रकम बैंकबाट ऋण लिन सक्नेछन् । त्यस्तै, व्यक्तिगत विद्युतीय सवारी कर्जाको सीमा बढाएर ८० प्रतिशत पु¥याइएको छ । अर्थात्, विद्युतीय सवारीसाधन खरिद गर्ने व्यक्तिले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ । यसअघि चालू आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत निजी सवारीसाधन कर्जामा ५० प्रतिशत मात्रै ऋण लिन पाउने सीमा लागू गरेको थियो । सवारीसाधन खरिदमा राष्ट्र बैंकले गरिदिएको सहज व्यवस्था सकारात्मक रहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । ‘सवारीसाधन खरिदमा ७० प्रतिशत ऋण दिन पाउने व्यवस्थाको माग गरेका थियौँ, पूरै नभए पनि राष्ट्र बैंकले हाम्रो माग सम्बोधन गरेको छ । यसले आहत भएको क्षेत्रलाई राहत दिन्छ,’ उनले भने । विद्युतीय सवारीसाधन खरिद गर्दा ८० प्रतिशतसम्म ऋण पाइने व्यवस्था अत्यन्तै सकारात्मक रहेको उनको भनाइ छ । मौद्रिक नीतिले काठमाडौं उपत्यकामा आवासीय घरकर्जाको धितो मूल्यांकनलाई ६० प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारेको छ । अर्थात् सर्वसाधारणले घरको धितोमा मूल्यांकनको आधा मात्रै ऋण पाउनेछन् । यद्यपि, उपत्यकाबाहिरका लागि भने यस्तो धितो मूल्यांकनको ६० प्रतिशत ऋण पाउने व्यवस्थालाई निरन्तरता दिइएको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने व्यक्तिगत आवासीय घरमा उपलब्ध गराउने कर्जाको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घरकर्जामा १ करोडको सीमालाई बढाएर १ करोड ५० लाख रुपैयाँ पुर्‍याएको हो । यसअघि १ करोडमाथिको घरकर्जासमेत रियल इस्टेट कर्जामा पर्दै आएकोमा अब व्यक्तिगत घरकर्जामा गणना गर्न पाइनेछ । जग्गा मात्रै खरिद गर्दासमेत काठमाडौंमा धितो मूल्यांकनको ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशत मात्रै ऋण पाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । यसअघि धितो मूल्यांकनको ५० प्रतिशतसम्म ऋण पाउने व्यवस्था थियो । सिसिडी अनुपातमा चोरलाई चौतारो, साधुलाई सुली आर्थिक वर्ष ०७४ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत कर्जा÷प्राथमिक पुँजी–निक्षेप अनुपात गणना गर्दा तोकिएका क्षेत्रमा प्रवाह भएको कर्जाको ५० प्रतिशत घटाउन पाउने सुविधा दिएकोमा त्यो व्यवस्था हटाएको छ । तर, कर्जा/प्राथमिक पुँजी–निक्षेप अनुपात नाघेका बैंक तथा वित्तीय संस्थाहरूले ०७४ असोज मसान्तसम्ममा तोकिएको कर्जा/प्राथमिक पुँजी–निक्षेप अनुपातको सीमाभित्र ल्याइसक्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत उत्पादनशील कर्जा, वाणिज्य बैंकहरूले प्रत्यक्ष प्रवाह गर्ने २ प्रतिशत विपन्न वर्ग कर्जा तथा ब्याज अनुदानमा प्रदान गरिने व्यावसायिक कृषिकर्जाको ५० प्रतिशतसम्मलाई कर्जा निक्षेप अनुपात गणना गर्दा घटाउन पाइने व्यवस्था गरेको थियो । ०७४ असार मसान्तमा वाञ्छित सीमा अर्थात् ८० प्रतिशतमा कर्जा निक्षेप अनुपात ल्याउनैपर्ने सर्तमा राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरेको थियो । तर, केही बैंक तथा वित्तीय संस्थाले त्यसमा अटेर गरी अझै पनि कर्जा निक्षेप अनुपात सो सीमाभित्र ल्याएका छैनन् । अहिले राष्ट्र बैंकको नियम अटेर गर्ने तिनै बैंकलाई प्रोत्साहन गर्ने गरी नीति ल्याएको छ । ‘यस सम्बन्धमा राष्ट्र बैंकको नीति चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै भयो,’ एक बैंकरले भने, ‘नियम पालना गर्नेहरू मुर्खाजस्ता भए, नियम नमान्नेहरूले फाइदा लिए ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending