Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

फर्किइन् डोल्मा, जसलार्इ कुवेत सरकारले मृत्युदण्डको फैसला सुनाएको थियो

\"\"काठमाडौं, २५ असार । रोजीरोटीको मीठो सपना लिएर १२ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा जेलनेलको लामो सजाय बेहोर्दै शनिबार साँझ घर फर्केकी छन् । ‘सानो छोरा र श्रीमानलाई घर छाडेर कुवेत गएकी थिएँ, सबै कुरा आफूले भनेजस्तो कसको हुन्छ र ?’,एक फिलिपिनो सहकर्मीको हत्याको आरोपमा १० वर्ष लामो जेल सजाय बेहोर्दै घरफिर्ती केन्द्र (डिपोर्टसेन सेन्टर) बाट घर फर्किएकी ३८ वर्षिया डोल्माले सुनाइन, ‘जसरी भएपनि घर फर्कन पाएँ, म अत्यन्त खुशी छु, इन्साल्ला...।’ अाजको कान्तिपुरमा खबर छ– डोल्मालाई लिन उनका भाइ शेराब लामा बिमानस्थल पुगेका थिए । खाडी मुलुकमा रोजीरोटीको सपनामयी योजना लिएर कुवेत पुगेकी सिन्धुपाल्चोक, क्यानसिङकी डोल्माका श्रीमान आङ तेन्जि शेर्पा अहिले रोजगारीकै क्रममा इराक पुगेका छन् भने उनका एक छोरा आफन्तको सहयोगमा काठमाडौंको विद्यालयमा अध्यनरत छन् । कुवेतमा डोल्मा प्रकरणको चर्चा सुरु भएलगत्तै खाडी मुलुकमा जाने नेपाली महिला कामदारको स्थिति र सरोकारमा बढी नै आवाज उठ्न थालेको हो । बिशेषत घरेलु काममा खाडी मुलुकमा महिलालाई पठाउनु हुन्न भन्ने पक्षमा सरकारी र गैरसरकारी तहमा बहस चलिरहेको भएपनि यो बिषय अझै ‘अनिर्णित’ छ । १० बर्ष लामो जेल सजायको अवधी यो जुन २० (असार ६) मा पूरा भएपछि डोल्मालाई कुवेत सरकारको घर फिर्ती प्रकृया (डिर्पोटेसन) केन्द्रमा राखेको थियो । २००७ को जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ को डिसेम्बर २३ मा सहकर्मी हत्या गरेको पुष्टीसहित मृत्युदण्डको सजाय सुनाएको थियो । लगत्तै नेपाल सरकारले गरेको आग्रह र अन्तर्राष्ट्रिय रुपमा चलेको ‘डोल्मा बचाउ अभियान’का कारण डोल्माको मृत्युदण्ड १० वर्षे जेल सजायमा रुपान्तरण भएको थियो । इस्लामिक कानूनअनुसार पीडित परिवारले ‘ब्लड मनी’ (क्षतिपूर्ति) स्वीकार गरेको अवस्थामा डोल्माले पाएको कठोर सजाय मिनाह भएको थियो । सहमति अनुसारको १० हजार डलरको ब्लड–मनी उठाउन नेपाल सरकारले ४ हजार डलर ‘बीउ पैसा’ राखेर बााकी पैसा अन्र्तराष्ट्रिय तहमा नेपाली समुदायबाट उठाइएको थियो । ‘मलाई देश–विदेशका नेपालीले गरेको सहयोग र जनाएको शुभेच्छाप्रति म धन्यबाद भन्न चाहन्छु,’ छोटो कुरानकानीमाझ डोल्माले भनिन्, ‘यो सहयोग नभएको भए शायद म आज घर फर्कन सक्ने थिइान ।’ डोल्माले कुवेतस्थित नेपाली दुतावासले जेलमा रहेका नेपालीको पक्षमा आवाज उठाउन नसकेको प्रतिक्रिया दिइन् । डोल्मा दुतावासले उपलब्ध गराएको ‘ट्राभल डकुमेन्ट’ लिएर घर फर्केकी हुन् । डोल्मालाई मृत्युदण्ड सुनाइएको खबरलगत्तै खाडी क्षेत्रमा बिना अनुमती वा सरकारी प्रकृयाबिनै जाने नेपाली महिलाहरुको सरोकार नेपालमा सदनदेखि सडकसम्म तातेको थियो । पछिल्लो तथ्यांकमा खाडीको कुवेतमा मात्रै ६१ हजार नेपाली कामदार रहेकोमा २३ हजार घरेलु कामदार महिला छन् । दुतावासका अनुसार कुवेतका जेलमा हाल ५२ जना नेपाली रहेकोमा ३ जनालाई मृत्युदण्ड, १४ जनालाई आजीवन कारावास र अन्यलाई बढीमा १५ बर्षको जेल सजायमा थुनामा राखिएको छ । यसमा १ देखि १५ वर्षसम्मको जेल सजाय बेहोर्ने महिलाको संख्या ८ छ । थुनामा पर्नेमध्ये अधिकांश लागूपदार्थ कारोबारको अभियोग बेहोरिरहेका छन् । कुवेतमा घरेलु कामदारमाथि भएको श्रम शोषण र बढ्दो गैरकानूनी कामकारवाहीलाई आधार मानेर नेपाल सरकारले २०१४ को मार्च महिनादेखि घरेलु काममा श्रम स्वीकृति दिन बन्द गरेको छ । तैपनि लुकिछिपी अथवा भारतको बाटो भएर जाने महिलाहरु उत्तिकै रहेको स्थिति छ । डोल्मा भारतको बाटो हुादै अवैध रुपमा कुवेत गएकी थिइन् । कुवेत पुगेको केही महिनामा कुवेती मालिकको घर फेर्ने क्रममा र भगौडा भएर बस्नुपरेको तनावको अवस्थामा फिलिपिनो युवतीको हत्या प्रकरण उब्जिएको थियो । उनी कुवेत पुगेर बेहोरेको हैरानी र घरपरिवारको कथानक जोडेर निर्देशक केसाङ छेतेनले बनाएको ‘सेभिङ डोल्मा’ वृत्तचित्र निकै चर्चामा रहिआएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending