Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

धोबीखोलाको खाल्डोमा ढुकुटीको ५२ लाख

\"\"काठमाडौं, १३ असार । वर्षा लागेसँगै काठमाडौंको अनामनगर र बिजुली बजारका स्थानीयबासी कतिखेर धोबीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले त्रस्त छन् । मुसलधारे पानी परेलगत्तै धोबीखोलामा पानीको बहाव माथिसम्म आउने र खोलामा रहेको पुलले पानी खेक्दा स्थानीयको घरघरमा पानी पसेर हिलाम्मे हुने गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ–धोबीखोलामा पक्की पुल निर्माण गर्न भण्डार थोडंगा जिटेक जेभी ठेकेदार कम्पनीले ठेक्का पाएको छ । तर, ठेक्का पाएको तीन वर्ष बितिसक्दा पनि खोलामा पुल निर्माण भउको छैन । ठेकेदार कम्पनीले अहिलेसम्म ५२ लाख रुपैयाँ सकिसकेको छ । तर, उसले खोलाको दुई किनारमा खाल्डो खन्ने बाहेक केही गर्न सकेको छैन । सडक डिभिजन कार्यालय मीनभवनका अनुसार जेभीले २७ माघ २०७१ मा पुल निर्माणको ठेक्का लिएको थियो । १८ महिनामा निर्माण कार्य सक्ने भन्दै जेभीले डिभिजन कार्यालयबाट ५२ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । सम्झौताअनुसार भेजीले पुल निर्माणको काम २७ मंसिर ०७२ भित्रै सक्नुपर्ने हो । तर, उसले खाल्डो खनेर थुपार्नुबाहेक कुनै काम गरेको दखिँदैन । १२ मिटर लामो पुल निर्माण गर्ने सम्झौता धोबीखोलाको साविकको पुल बर्खाको भेलले बगाएपछि पुल निर्माण कार्य अघि बढाएको थियो । तर, ठेकेदार कम्पनीले तीन वर्ष बित्दा पनि पुल बनाउन सकेको छैन । स्थानीय अहिले फलामको फड्केबाट खोला तर्न बाध्य छन् । डिभिजन कार्यालयका अनुसार उक्त खोलामा दुई लेन चौडाइको १२ मिटर लामो पुल निर्माण गर्ने योजना थियो । पुल निर्माणका लागि तीन करोड रुपैयाँ बजेट तोकिएको थियो । डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीले प्राविधिक समस्याका कारण निर्धारित सयमा पुल निर्माण हुन नसकेको बताए । ‘अनामनगरस्थित धोबीखोला पुल निर्माण निर्धारित समयमा नसकिएको साँचो हो । ठेकेदार कम्पनीले ५२ लाख रुपैयाँ लगिसेको छ । ठेकेदारलाई सोध्दा प्राविधिक कारणले काम गर्न नसकिएको भन्छ । अरु कारण के हो बुझ्न सकिउको छैन,’ उनले भने । अनामनगर जलमग्न ठेकेदार कम्पनीले पुल निर्माण गर्न खनेको खाल्डोबाट झिकेको माटो पानीको बहावतर्फ थुपारेपछि खोला थुनिन थालेको छ । थुनिएको खोला सडक तथा स्थानीयको घरमा छिर्न थालेको छ । खोला बढेको समयमा अनामनगर वारी–पारी जलमग्न बन्न पुग्छ । काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीले थुपारिउको माटोले खोला थुनेपछि स्थानीयको घर–घरमा छिर्न थालेको बताए । ‘खोलाकै बहावमा माटो थुपोपछि समस्या आएको छ । पानी प¥यो कि खोला थुनिन्छ । थुनिएको खोलाले अनामनगर नै जलमग्न बनाउँछ । स्थानीयको घरमघरमा खोला छिरेपछि बस्नै नसकिने अवस्था आएको छ,’ उनले भने ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE