Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

सेती–मादीको बीचमा तिर्खाएका मतदाता : विकासको वाचा, भरोसाको खडेरी

खबरडबली संवाददाता

तनहुँ । व्यास नगरपालिका–१० की समिना बोटे उमेरले दुईपटक मतदान गर्न योग्य भइसकिन्। तर उनले न मतदाता परिचयपत्र बनाएकी छन्, न त बनाउने जाँगर नै देखाएकी छन्। घरमा आमाबुबाले वर्षौँदेखि मतदान गरेको देखेकी उनलाई भने भोट हालेर जीवनमा केही बदलिन्छ भन्ने विश्वास हराउँदै गएको छ।

उनको प्रश्न सिधा छ “आमाबाउले यत्रो वर्ष भोट हाल्नुभयो। न धारामा पानी आयो, न भरपर्दो रोजगारी। अब मैले किन भोट हाल्नु?” समिनाजस्तै धेरै युवालाई मतदाता बनाउने, मत हाल्न प्रेरित गर्ने प्रयास गाउँमा खासै देखिँदैन। बेरोजगारीले थिचिएका युवा कोही विदेशिएका छन्, कोही डाँडा कटेर कालिगण्डकीतिर बालुवा चाल्न पुग्छन्।

समिनाकै छिमेकी हरिबहादुर थापा चार दशकअघि बागलुङबाट बसाइँ सरेर यता आएका हुन्। जान्ने–बुझ्ने भएदेखि हरेक चुनावमा मतदान गर्दै आएका उनले वर्षौँदेखि एउटै आश्वासन सुन्दै आएका छन् । घरघरै धारा, रोजगारी र विकास। तर उनको यथार्थ फरक छ। पाँच वटा भैंसी पालिरहेका थापाले मादी नदीबाट आफ्नै खर्चमा मोटर जडान गरेर पानी तानेका छन्। उनी भन्छन्, “नेताले भनेको आधामात्र पूरा गरेको भए पनि हामी आज अर्कै अवस्थामा हुन्थ्यौँ। भोट हालेर नै अघाइसक्यौँ।”

तनहुँका धेरै ग्रामीण बस्तीमा खानेपानीको समस्या चरम छ। घरमुनि नदी बग्छ, तर पानी धारा भएर घरसम्म आउँदैन। यही कारण मतदातामा चुनावप्रति उत्साहभन्दा निराशा बढी देखिन्छ। व्यास–८ की गोमा मिश्रको आक्रोश पनि उस्तै छ। “चुनावअघि सपना बोकेर आउने उम्मेदवार जितेपछि पाँच वर्ष देखिँदैनन्। नेतालाई भेट्न चुनाव नै कुर्नुपर्छ,” उनी भन्छिन्। व्यास–८ नै रामचन्द्र पौडेल को पुर्ख्यौली थलो हो। तर स्थानीय भन्छन्, “राष्ट्रपतिको गाउँको बाटो यस्तो छ भने अरूको कस्तो होला?”

रिस्ति जोड्ने सडक स्तरोन्नतिको काम सुरु भए पनि विकासको गति जनताको अपेक्षासँग तालमेल खान सकेको छैन। परम्परागत दललाई मत दिँदै आएकी मनकुमारी ठकुरी यसपटक भने मन फेर्ने सोचमा छिन्। “पुरानालाई दिने बानी परेको छ, तर यसपालि नयाँलाई भोट हालुँ कि जस्तो लागेको छ,” उनी भन्छिन्।

स्थानीय मुद्दासँगै राष्ट्रिय घटनाक्रमले पनि तनहुँका मतदातालाई छोएको छ। भदौ २३ गतेको जेनजी आन्दोलनमा गोली चलेको र त्यसको भोलिपल्ट देशका महत्त्वपूर्ण सम्पदामा आगजनी भएको घटनाले मतदाताको मनोविज्ञानमा असर पारेको उनीहरू बताउँछन्। कसैले दमनको रिस मतपत्रबाट पोख्ने सोच बनाएका छन्, कसैले अराजकताविरुद्ध मतदान गर्ने तयारी।

तनहुँ क्षेत्र नम्बर १ मा अहिले पनि खानेपानी नै प्रमुख एजेन्डा बनेको छ। उम्मेदवारहरू पनि त्यही वाचा दोहोर्‍याइरहेका छन्। तर स्थानीयको एउटै माग छ । सेती र मादी नदीको बीचमा बसेर अझै कति दिन काकाकुल जीवन जिउने? कम्तीमा खानेपानी त ल्याइदिनुस्।

बसाइँसराइले गाउँ रित्तिँदै जाँदा बाँदर आतंक बढेको छ। बाली जोगाउने उपाय र गाउँमै रोजगारी सिर्जना गर्ने माग स्थानीयले उम्मेदवारसँग राखिरहेका छन्। चुनाव नजिकिँदै जाँदा तनहुँमा आश्वासनको भीड बढेको छ, तर मतदाताको मनमा भरोसाको खडेरी अझै उस्तै छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइसीयूबाटै चुनावी मैदानमाः ८० वर्ष कटेका जेष्ठ नागरिककाे युुवाहरुलाई चुनौती

काठमाडौं  । प्रतिनिधिसभा सदस्य निर्वाचनमा युवाप्रतिको उत्साह बढ्दो छ, तर उम्मेदवारी दिनेहरूको उमेर भने धेरै उच्च छ । ८० वर्षभन्दा माथिका कम्तीमा ७ जना...

फेवातालमा भेटीयो १८ राउन्ड गोलीसहित एसएलआर राइफल

कास्की । पोखराको फेवातालमा एक अत्याधुनिक एसएलआर राइफल फेलापरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार यही माघ २९ गते साँझ खपौंदी नजिक स्थानीय ४२ व...

वीर अस्पतालको छालारोग विभागमा शून्यता : दुई वरिष्ठ चिकित्सक एकै दिन राजीनामा

काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका दुई वरिष्ठ चिकित्सकले एकै दिन राजीनामा दिएका छन्। डर्माटोलोजी विभाग...

सेती–मादीको बीचमा तिर्खाएका मतदाता : विकासको वाचा, भरोसाको खडेरी

तनहुँ । व्यास नगरपालिका–१० की समिना बोटे उमेरले दुईपटक मतदान गर्न योग्य भइसकिन्। तर उनले न मतदाता परिचयपत्र बनाएकी छन्, न त बनाउने जाँगर नै देखाएकी छन...

अन्तिमपल्ट चुनाव लड्न रुकुम आएको हुँ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम पूर्व पुगेको बताएका छन् । ३०औँ ‘जनयुद्ध’ द...

ललितपुर ३ का उम्मेदवार राज काजी महर्जनः विद्यार्थी राजनीतिदेखि प्रदेश सभा र संविधान सभासम्मको यात्रा

ललितपुर । राज काजी महर्जन ललितपुरका सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन् । २०३४ असोज १६ गते जन्मिएका महर्जन ललितपुरकै स्थायी बासिन्दा हुन् । उ...

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं: प्रचण्ड

 रुकुम पूर्व ।  नेकपाका  संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवसका अवसरमा अबको संघर्ष आर्थिक आत्मनिर्भरता, उत्पादन वृद्धि र समृद्धितर्फ केन्द्...

दुर्घटनापछि मन्थली रुटमा अरनिकोका ‘क्यू’ बस अनिश्चितकालका लागि बन्द

रामेछाप । रामेछापको मन्थली–मसानटार खण्डमा भएको भीषण दुर्घटनापछि  नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौँ–खुर्कोट हुँदै मन्थली जाने आफ्ना सबै ‘क्यू...

राष्ट्रियसभाको १९औँ अधिवेशन: दिन कम, बैठक कम, तर काम धेरै

काठमाडौं ।  २७ दिनको छोटो अवधिमा नौवटा बैठक। जम्मा १७ घण्टा २५ मिनेटको औपचारिक समय । तर कामको हिसाबले हेर्दा यो अवधि ‘सानो तर सार्थक’ रह्यो। यही छ हाल...

बर्दिया–२: नयाँ ऊर्जा, नयाँ उम्मेदवार र पुराना दलको चुनौती

बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्‍याएर जितेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE