काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका दुई वरिष्ठ चिकित्सकले एकै दिन राजीनामा दिएका छन्। डर्माटोलोजी विभागकी प्रमुख डा। लैला लामा र प्रा। डा। अनुपमा कार्की ले १५ माघदेखि लागू हुने गरी राजीनामा दिएको अस्पतालका निर्देशक डा। दिलिप शर्माले जानकारी दिए।
राजीनामाअघि डा. कार्की न्याम्सको कार्यकारी परिषद्का सदस्य तथा प्राध्यापकका रूपमा कार्यरत थिइन्। उनले डर्माटोलोजी एमडी कार्यक्रमको संयोजक, वीर अस्पतालको डेपुटी निर्देशक र विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्।
२५ वर्षअघि इन्टर्नका रूपमा वीर अस्पताल प्रवेश गरेकी डा। कार्कीले न्याम्सबाटै डर्माटोलोजीमा एमडी उत्तीर्ण गरेपछि सोही विभागको नेतृत्व गर्ने अवसर पाएकी थिइन्।
२२ वर्षदेखि वीर अस्पतालमा कार्यरत डा। लैला लामाले पनि राजीनामा दिएकी छिन्। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेकी उनले न्याम्सबाटै डर्माटोलोजीमा एमडी गरेकी थिइन् र राजीनामाअघि एसोसिएट प्रोफेसरको पदमा कार्यरत थिइन्।
डा। शर्मा भन्छन्, “उहाँहरूले पारिवारिक कारण देखाउँदै राजीनामा दिनु भएको हो। दुई दशकभन्दा बढी अनुभव भएका चिकित्सकले राजीनामा दिँदा डर्माटोलोजी विभागको सेवामा प्रभाव पर्ने देखिन्छ।”
छालारोग विभागका यी दुई वरिष्ठ चिकित्सकको बहिर्गमनले वीर अस्पतालको डर्माटोलोजी सेवामा चुनौती थप्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: